एशिया कपः श्रीलंकासंग हार्यो पाकिस्तान

११ साउन ८१, शनिबार

१२ साउन , एजेन्सी ।
एसीसी एशिया कप महिला क्रिकेटमा भारतलाई परास्त पार्दै उपाधि घर लैजाने पाकिस्तानको सपना चकनाचुर भएको छ । गएराती श्रीलंकासंग पराजित भएसंगै पाकिस्तान सेमिफाइनलमै रोकिएको हो । यता आयोजक श्रीलङ्का भने फाइनलमा पुगेको छ । हिजो भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई तीन विकेटले हराउँदै घरेलु टोली उपाधि नजिकै पुगेको हो ।

पाकिस्तानले दिएको एक सय ४१ रनको लक्ष्य श्रीलङ्काले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टायो । उसका कप्तान चमारी अथापथ्थुले सर्वाधिक ६३ रन बनाइन । उनले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा ६३ रन बनाएकी हुन् । अनुष्का सन्जिवनीले २२ बलमा २४ रन जोडिन् । पाकिस्तानका लागि सादीया इकवालले ४ ओभरमा १६ रन खर्चिएर ४ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो । पाकिस्तानका लागि ओपनर मुनिबा अलिले ३४ बलमा सर्वाधिक ३७ रन बनाउँदा अर्का ओपनर गुल फिरोजाले २४ बलमा २५ रन थपिन् । कप्तान निदा दार र फतिमा सानाले समान २३ रन बनाउँदा अलिया रियाजले १५ बलमा अविजित १६ रन बनाइन् ।

श्रीलंकाका कविशा दिलहरी र उडिशिका प्रबोधानीले समान २ विकेट लिए । अब श्रीलंकाले आइतबार भारतसँग एसिया कपको उपाधिका लागि खेल्नेछ । साविक विजेता भारतले हिजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशमाथि १० विकेटको जितका साथ फाइनलमा स्थान पक्का गरेको थियो । भारत ८ मध्ये ७ संस्करण को च्याम्पियन हो । सन् २०१८ मा बंगलादेशले उपाधि जितेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top