शरणार्थीको फाइल खोल्ने डीआईजी मनोजको सरुवा

१२ साउन ८१, आइतबार

१३ साउन, काठमाण्डौ ।

जो सुकै भएपनि भ्रष्टचारी भएपनि कारबाहीको दायरामा ल्याउने र देशमा सुशासनको प्रत्याभूति दिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग प्रतिबद्धता जनाएको एक साता नपुग्दै नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेका प्रहरी अधिकृतको सरुवा गरिएको छ। पूर्व विशिष्ठ पदाधिकारीहरुलाई कानूनी कठघरमा उभ्याउन सफल भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीलाई विशेष ब्युरोको प्रमुखबाट हटाइएको छ।

केसी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख भएका बेला उनले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेका थिए। यो मुद्दामा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायामाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण समेत पक्राउ परेका थिए। त्यसबाहेक बहालवाला सचिव र उच्च राजनीतिक तहका व्यक्तिहरु पक्राउ परेका थिए।

Advertisement

खाँण भने अहिले हिरासतमुक्त भईसकेका छन् भने रायामाझी लगायत अझै पूर्पक्षका लागि कारागारमै रहेका छन् । अदालतबाट समेत यो मुद्धाको अन्तिम किनारा लागिसकेको छैन् भने प्रहरीले समेत यसको अनुशन्धान अझै पूरा भईनसकेको बताउने गरेको छ । पछिल्लो समय पक्राउ परेका बेचन झालाई केसीले नै पक्राउ गरेर नेपाल ल्याएको र तत्कालिन प्रतिपक्षी नेपाली कांग्रेसलाई हल्लाउन खोजेको आशंका रहँदै आएको थियो।

ब्यूरो इन्चार्ज भएर उनले २ महिना मात्र काम गरेका छन् । सो अवधिमा केसीले भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी प्रतिक थापा र बेचन झालाई पक्राउ गरेका थिए । उनलाई ब्यूरोबाट हटाएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको हो । । उनको स्थानमा महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डीआईजी राजन अधिकारीलाई पठाइएको छ ।

अधिकारी प्रधानमन्त्री केपी शर्मा ओलीनिकट अफिसर मानिन्छन् । जबकी डीआईजीमा बढुवा भएपछि केसी डेढ महिनाअघि मात्रै विशेष ब्युरोमा सरुवा भएका थिए। विशेष ब्युरो प्रतिआतङ्कवाद हेर्ने प्रहरीको विशिष्ट युनिट हो। बेचन झामाथि भने अहिलेपनि अनुशन्धान जारी छ । हिरासतमुक्त हुन्का लागि उनले दिएको निवेदन सर्वाेच्च अदालतले खारेज गरिदिएको छ ।

न्यायाधीश न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै थुनामा रहेका बेचन झालाई रिहा गर्ने आदेश दिन अस्वीकार गरेको हो । जिल्ला अदालत काठमाडौँले संगठित अपराधमा अनुसन्धान गर्न पटक–पटक म्याद थप गरेर थुनामा राखेपछि झाका छोरा दिब्यान्सु शेखर झाले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणमा पूरक अभियोग पत्र दायर गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ। अनुसन्धानकै क्रममा झाको बयान सकिएको छ। संगठित अपराधमा अनुसन्धानका लागि ६० दिनसम्मको अवधि पाउने भएकाले अझै केही समय प्रहरीले अनुसन्धानका लागि थुनामै राख्न चाहेमा म्याद थप गर्न सक्ने छ।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित झा असार १४ गते पक्राउ परेका थिए । पूर्व गृहमन्त्री रवि लामिछानेसहित पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत झा पक्राउ परेकै कारण सरकार ढलेको बताउदै आएका छन् । झा शरणार्थी प्रकरणमा सबै अभियुक्तहरुसँग जोडिएका प्रमुख अभियुक्त भएको प्रहरीले बताउने गरेको छ ।

भर्खरको समाचार

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

सम्बन्धित समाचार

Scroll to Top