ट्रम्पले अमेरिकालाई क्रिप्टोकरेन्सीको पावरहाउस बनाउने

१३ साउन, एजेन्सी ।

पूर्व अमेरिकी राष्ट्रपति तथा आगामी नोभेम्बरमा हुने चुनावमा रिपब्लिकनबाट राष्ट्रपतिका उमेद्वार डोनाल्ड ट्रम्पले अमेरिकालाई क्रिप्टो माइनिङ पावरहाउस बनाउने र अमेरिकामा क्रिप्टोको ठूलो भण्डारण गर्ने योजना बताएका छन् । शनिबार आयोजित नाशभिल्ले बिटक्वाइन सम्मेलन २०२४ लाई सम्बोधन गर्दै ट्रम्पले यस्तो बताएका हुन् । उक्त अवसरमा ट्रम्पले यदि आफूले आगामी निर्वाचन जिते अमेरिकामा रणनीतिक बिटक्वाइन रिजर्भको व्यवस्था गर्ने समेत बताए ।

उनले अहिले अमेरिकी सरकारले होल्ड गरेको र भविष्यमा प्राप्त गर्ने बिटक्वाइन शतप्रतिशत रिजर्भ गरिने बताए । अहिले अमेरिकी सरकारसँग २ लाख १० हजारभन्दा बढी अवैध बिटक्वाइन रहेको छ । यी बिटक्वाइन अनलाइन डार्क मार्केट ‘सिल्क रोड’ र ‘पान्जी स्किम बिटकनेक्ट’ जस्ता अवैधानिक रुपमा कारोबार भएकाले जफत गरिएको हो ।

यी बिटक्वाइनको मूल्य १४ बिलियन अमेरिकी डलरबराबर रहेको छ । ट्रम्पको यस्तो घोषणाले बिटक्वाइनको रिजर्भका कारण क्रिप्टोकरेन्सीको मूल्यमा उछाल आउने अफवाहरुलाई बल पुगेको छ । यस्तै ट्रम्पले बिटक्वाइन र क्रिप्टो एड्भाइजरी काउन्सिल समेत गठन गरिने बताएका छन् । ट्रम्पले चुनावी प्रचारप्रसारका बेला यस्ता घोषणाहरु गरेर भोट तान्ने प्रयास जारी राख्दा यता उनकी प्रतिद्वन्दी कमला ह्यारिसले आफ्नो जनाधार झनै बलियो बनाउँदै लगेकी छिन् ।

बाइडेनको स्थानमा कमला आएसंगै डेमोक्रेट पार्टीको जनाधार तिव्ररुपले बढीरहेको छ र ट्रम्ले यसअघि जुन लिड लिएका थिए त्यो अब तिव्र गतिमा नै ओरालो लाग्न थालेको छ । चुनाव पूर्व सर्वेक्षणहरुका अनुसार कमला र ट्रम्पका बीच टक्करको प्रतिस्पर्धा चलिरहेको छ । वाल स्ट्रीट जर्नलको सर्वेक्षणहरुमा कमला र ट्रम्पबीच कडा मुकाबिला चलिरहेको छ ।

र यो महिनाको शुरुवातमा ट्रम्प ६ अंकले अगाडि थिए तर अब कमला ह्यारिस चुनावी मैदानमा उत्रिएपछि ट्रम्पलाई आफ्नो अग्रता जोगाउन हम्मे हम्मे परिरहेको छ । पछिल्लो पटक प्रतिशतमा हेर्नेै हो भने ट्रम्पलाई ४८ र ह्यारिसलाई ४७ प्रतिशत मानिसहरुको समर्थन प्राप्त भएको छ । खासगरी अश्वेत मतदाताहरुको समर्थनमा निकै बढोत्तरी भएको छ ।

न्यूयोर्क टाइम्सकोे सर्वेक्षणअनुसार, जो बाइडेन राष्ट्रपति पदको रेसमा रहँदा डेमोक्रेट पार्टीलाई ५९ प्रतिशत अश्वेत मतदाताहरुले समर्थन दिएका थिए अहिले कमला आएपछि यो समूहबाट ६९ प्रतिशतले समर्थन जनाएका छन् । साथै हिस्प्यानिक मूलका मतदाताहरुको पनि डेमोक्रेट पार्टीका लागि समर्थन ४५ प्रतिशतबाट बढेर ५७ प्रतिशत पुगेको छ । ३० वर्षभन्दा कम उमेरका मतदाताहरुको समर्थन पनि डेमोक्रेट्सका लागि ४६ प्रतिशतबाट बाढेर ५६ प्रतिशत भएको छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top