अमेरिकी डलर हालसम्मकै उच्च भाउमा

१३ साउन, एजेन्सी ।
विदेशमा अध्ययन गर्न जाने विद्यार्थीका कारण नेपालमा बढी अमेरिकन डलर, अष्ट्रेलियन, क्यानेडियन डलर, त्यस्तै युरो, पाउन्डको चर्चा धेरै हुने गरेको छ । विद्यार्थीहरुले गन्तब्य देशको मुद्रा सटही गरेर लैजाने गरेका कारण पनि ति देशका मुद्राको चर्चा बढेको हो ।

यता वैदेशिक रोजगारीमा जाने नेपालीले भने रोजगारदाता मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याइरहेका छन् । यसबीच नेपालमा अमेरिकी डलर, बेलायती पाउन्ड र युरोभन्दा पनि महँगो अर्कै मुद्राले धेरैको ध्यान खिच्ने गरेको छ । त्यो हो कुबेतको दिनार हो ।

नेपाल राष्ट्र बैंकले कुबेती दिनारको बिक्रीदर ४३८ रुपैयाँ ९१ पैसा तोकेको छ । कुवेती दिनार एकको खरिदमा ४३६ रूपैयाँ ९४ पैसा रहेको छ । यसपछिको सबैभन्दा महँगो मुद्रा बहराइनको दिनार रहेको छ ।

आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३५६ रूपैयाँ १६ पैसा तोकिएको छ । नेपालमा मात्रै नभएर दिनार विश्व बजारमै महँगो मुद्राका रूपमा स्थापित भएको छ ।

तेल उत्पादन मुलुक कुबेत खाडीमुलुक रहेको छ । क्षेत्रफलका हिसावले कुबेत नेपालभन्दा धेरै सानो छ । आर्थिक वृद्धि र प्रतिव्यक्ति आयाको हिसावमा कुबेतसँग नेपालको तुलना नै हुन सक्दैन ।

आइतबारका लागि राष्ट्र बैंकले अमेरिकी १ डलर बराबर हालसम्मकै महंगो भाउ खरिददर १३३ रुपैयाँ ६७ पैसा र विक्रिदर १३४ रुपैयाँ २७ पैसा तोकेको छ । यो हालसम्मकै उच्च भाउ हो । अमेरिकी डलरको भाउ बढ्ने क्रममा रहेको छ ।

यस्तै आइतबार युरोपियन युरो एकको खरिदमा भने १४५ रूपैयाँ ११ पैसा र बिक्रीमा १४५ रूपैयाँ ७६ पैसा पाइन्छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७१ रूपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रूपैयाँ ७५ पैसा तोकिएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ६६ पैसा र बिक्रीमा ८८ रूपैयाँ ०५ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ७३ पैसा र बिक्रीमा ९७ रूपैयाँ १६ पैसा पाइन्छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८२ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७९ पैसा तोकेको छ ।

कुनै पनि मुद्राको सामथ्र्य आधारभूत रूपमा एउटै मात्र तत्वले निर्देश गर्छ । जसलाई क्रयशक्ति (पीपीपी) भनिन्छ । यसको साइनो मुद्रास्फीति अर्थात् बजार महँगीसँग रहेको हुन्छ । कुनै पनि मुद्राको विनिमय दर निर्धारण गर्ने आधार त्यो मुद्राको खरिद गर्ने शक्ति बराबर हुन्छ ।

त्यसलाई सोझो हिसाबले भन्दा १ दिनारको ४ डलर पर्छ भन्नुको अर्थ कुवेतमा १ दिनारमा कुनै वस्तु पाइन्छ भने अमेरिकामा त्यसको लागत ४ डलर पर्छ भन्ने हो । दक्षिण कोरिया नेपालभन्दा धेरै विकसित छ । तर, सटही दर त्यति बलियो छैन ।

कुनै पनि मुद्रा बलियो हुनमा उक्त मुलुकको ब्याजदर र बजार महँगीको प्रभावमा आधारित रहने बताइन्छ । अर्जेन्टिनाको पेसो र टर्कीको लिरा धेरै कमजोर भएका छन् । ती मुद्रा कमजोर हुनुको कारण उच्च मुद्रास्फीति रहेको बताइएको छ ।

उच्च मुद्रास्फीतिले मुद्रालाई कमजोर बनाउँदै लैजान्छ । नेपाली रुपैयाँको दर निर्धारण भारतीय रुपैयाँ (भारु) का आधारमा हुने गर्छ । नेपाल रुपैयाँको भारुसँग स्थिर विनिमयदर (फिक्सड पेग) छ ।

भारु बलियो हुँदा नेरु पनि हुन्छ, कमजोर हुँदा यसको असर नेरुमा पनि पर्छ । भारतमै कुवेती दिनार बलियो भएकाले नेपालमा यसको असर देखिएको हो ।

विश्वमा अमेरिकी डलरसँगको विनिमय दरमा आधारित भएर अन्य मुद्राको भाउ निर्धारित गरिन्छ । नेपालका लागि दिनार आर्जन गर्ने एउटा स्रोत निर्यात हो । तर, निर्यातको आकार भने ठूलो छैन ।

नेपालले आवश्यकता परेको बेला मात्रै कुवेतको मुद्रा खरिद गरेर आफ्नो आवश्यकता पूरा गर्दै आएको छ । पछिल्ला वर्षहरूमा कुवेतमा काम गर्ने श्रमिकहरूको संख्या पनि बढ्न थालेसँगै नेपालको आउने विदेशी मुद्राको अनुपात पनि बढिरहेको छ ।

कुवेतबाट मासिक ३ करोड बढी अमेरिकी डलर रेमिट्यान्सका रूपमा नेपाल भित्रिन्छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top