×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विदेश भागेका १८ सहकारी ठग खोज्ने जिम्मा गृहमन्त्रीलाई

१४ श्रावण २०८१

१४ साउन, काठमाण्डौ ।

नेपालको पछिल्लो राजनीतिक घटना क्रममा सबैभन्दा पेचिलो भनेको विषय हो सहकारी ठगी प्रकरण । यसमा के सत्तारुढ के प्रतिपक्ष चर्चित नेताहरु नै जोडिएपछि यसले सडक देखि सदन र सरकारसम्मलाई तताएको छ ।

Advertisement
Advertisement

सदनमा लामो समयको अवरोध पछि सहकारी छानविनका लागि संसदीय विशेष छानबिन समितिले यसमा छानविनको काम गरिरहेको छ। आज मात्रै बचतकर्ताको बचत ठगेर विदेशमा लुकेका १८ जनालाई खोज्न गृह मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।

सोमबारको बैठकमा गृहमन्त्री रमेश लेखकलाई सहकारी ठगीमा संलग्न रहेर फरार हुँदै विदेशमा रहेका १८ जनालाई स्वदेश फर्काउन निर्देशन दिएको हो । समितिको निर्देशन अनुशार अब जिवी राईसहित सहकारीको वचत अपचलन गरी विदेश भागेकाहरुलाई पक्राउ गरेर स्वदेश ल्याउने जिम्मेवारी गृहमन्त्री लेखकको काँधमा आएको छ ।

मन्त्री लेखकका लागि यो अवसर पनि हो । यसअघि रविलाई सहकारी ठगी करार गर्ने काग्रेसका नेता भित्र स्वयम लेखक पनि पर्दछन् । अब उनीमाथि नै रविले जीबी राई लगायतलाई पक्राउ गरेर स्वदेश ल्याउन नसकेको कमजोरी सुधार गरी रविलाई असफल सावित गर्ने सुनौलो अवसर प्राप्त भएको छ ।

जसरी उनी लगायतले रविमाथि गृहमन्त्री रहदा प्रश्न उठाएका थिए त्यही प्रश्न लेखकमाथि नै उठ्नेछ । समितिको कार्यविधिको अनुसूची १ र २ मा भएका २९ वटा संस्थाका १८ जना व्यक्तिले बचतकर्ताको बचत अपचलन तथा दुरुपयोग गरेर विदेशमा लुकेर बसेका छन् ।

उनीहरुले बचत फिर्ताका विषयमा समितिलाई के भन्छन् भन्ने महत्त्वपूर्ण रहेको समिति सभापति सूर्य थापाले बताए । सबै जना छानबिनको दायरामा आउन आवश्यक रहेको उनको भनाइ छ ।

समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका व्यवसायीक साझेदार समेत रहेका सानो पाइला, सहारा, सूर्य दर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको बचत दुरुपयोग गर्ने गितेन्द्र बहादुर (जिबी राई) लगायत १८ जनालाई जुन देशमा भए पनि स्वदेश ल्याउन निर्देशन दिएको हो ।

यस्तै सुमेरु सहकारी कालिमाटी र पुल्चोकका भरत महर्जन तथा उनकी श्रीमती राजमाया महर्जन, छोरा सचिन महर्जन र छोरी सरला महर्जनको खोजी गर्न समितिले निर्देशन दिएको छ ।

१ करोड ५४ लाख बचत फिर्ता नगरेका सूर्यदर्शन सहकारी पोखराको अध्यक्ष बनिसकेका ज्ञानबहादुर बम्जन जो हाल अमेरिकामा रहेका छन् ।

सूर्यदर्शन सहकारीका पछिल्ला अध्यक्ष थान बहादुर बुढामगर, भुपेन्द्र राई, शिवशिखर बहुउद्देश्यीय सहकारीका सचिव तेज बहादुर बम्जन तामाङ, इमेज सहकारीका देव कुमार नेपाली र उनकी श्रीमती छेदा नेपाली, सानो पाइला सहकारीको तस्विरन खातुन र असरफ अली, सहारा सहकारी चितवन तथा सुप्रिम सहकारी बुटवलसँग सम्बन्धित सुवास केसी फरार छन् ।

इमेज सहकारीका प्रबन्धक दिपक पौडेल, शिवशिखर सहकारीका सीईओ लिलानाथ गौतम, कान्तिपुर सहकारीका प्रेमध्वज लामा, मेगा ड्रिम सहकारीका महाशंकर रेग्मी पनि विदेश फरार रहेका छन् ।

सहकारीको नाममा बचतकर्ता ठगीको आरोप लागेका उनीहरु मध्ये कोही अमेरिका, केही बेलायत, केही मलेसिया, केही भारत, केही यूरोप र केहीको अवस्था अज्ञात रहेको समितिका सभापति थापाले बताए ।

उनीहरुको खोजीका लागि गृहमन्त्रीलाई निर्देशन दिइएको थापाले बताए । उनीहरुलाई सम्पर्कमा ल्याएपछि मात्रै समितिले गरेको छानबिन निष्कर्षमा पुग्ने थापाको भनाइ छ । केही सहकारीका ठगहरु कारागारमा रहेका छन् ।

समितिले पोखरा, विराटनगर, काठमाडौं लगायतमा ठाँउमा कारागारमा रहेकाहरुसँग सोधपुछ गर्ने थापाले बताए । उनीहरुको सोधपुछका लागि आवश्यक जनशक्ति, स्रोत, साधनको व्यवस्था गर्न समितिले सरकारसँग आग्रह गरेको छ ।

गृहमन्त्रीले त्यसका लागि सहयोग गर्ने वचन दिएको थापाले जानकारी दिए । विदेशमा रहेका र हिरासतमा रहेका २५ जना मध्ये २४ जनासँग सोधपुछ गर्ने थापाको भनाइ छ । १ जनालाई सक्सेस स्टोरीको रुपमा हेरिने उनको भनाइ छ ।

सोधपुछ गर्ने नाम गृह प्रशासनलाई दिएको थापाले बताए । छलफलमा मन्त्री लेखकले समितिलाई आवश्यक सहयोग गर्ने बताएका छन् । समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

बैठकमा गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि सहभागी थिए ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top