NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

सहकारीका फरार १८ अभियुक्त को कुन् देशमा छन् ?

मङ्लबार साउन १५ , २०८१
Reading Time: 1 min read
A A
रविलाई कांग्रेसले बोल्नै दिएन ,किन लाग्यो पछि?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१५ साउन, काठमाण्डौ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय समितिमा गएर बयान दिनुपर्ने भएको छ । उनलाई सहकारीको बचत अपचलन, हिनामिना र ठगीको छानबिन गरिरहेको संसदीय विशेष समितिले सोधपुछका लागि बोलाउने भएको छ ।

लामिछानेलाई रकम हिनामिनाको आरोप लागेको तत्कालीन गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाउन लागेको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

‘गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकका हिसाबले र एक जना सदस्यका हिसाबले पूर्वगृहमन्त्री समितिको सोधपुछमा हुनुहुन्छ’, थापाले भने, ‘यो स्वाभाविक हो ।’ उनले कानुन र कार्यविधिअनुसार समितिले अनुसन्धान गर्ने भन्दै सोधपुछका लागि समितिमा आउने हरेक व्यक्तिलाई दोषी प्रमाणित गरेर सोधपुछ गर्न नखोजेको बताए।

‘सोधपुछमा आउने हरेक व्यक्तिलाई दोषी प्रमाणित गरेर सोधपुछ गर्न खोजेका भने होइनौँ’, थापाको भनाइ छ । लामिछाने सूर्य दर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा सहकारीको बचत रकम हिनामिनामा मुछिएको आरोप छ । ती सहकारीबाट उनले करोडौ रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको बताइन्छ ।

लामिछानेलाई सोधपुछ गर्ने भनिए पनि समय तय भैनसकेको समितिका एक सदस्यले जानकारी दिए । ‘लामिछानेजीलाई सोधपुछका लागि बोलाउने कुरा भएको हो । तर समय निश्चित भैसकेको छैन । सम्भवतः बुधवारको बैठकमा पनि हुनसक्छ । कुराकानी भइरहेको छ’, ती सदस्यले बताए ।

यसैबीच सहकारीबाट हजारौँ बचतकर्ताको रकम अपचलन गरी विदेश फरार अभियुक्तहरूलाई पक्राउ गर्न गृह मन्त्रालयले आवश्यक तयारी सुरु गरेको छ । संसदीय छानबिन विशेष समितिले त्यस्ता १८ अभियुक्तलाई पक्राउ गर्न निर्देशन दिएपछि गृहले तयारी थालेको हो ।

गृहप्रवक्ता नारायणप्रसाद भट्टराईले संसदीय समितिको निर्देशनअनुसार तयारी थालिएको बताए । सोमबार संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले विदेशबाट ल्याउनुपर्ने अभियुक्तको सूची नै बैठकमा पेस गरेका थिए । जसमा सूर्यदर्शन सहकारीका जिबी राई, ज्ञानबहादुर बमजन, भूपेन्द्र राई र थानबहादुर बुढामगर छन् ।

जिबी र बमजन अमेरिकामा रहेको सूचना रहेको भन्दै समितिले जानकारी गराएको छ । सूर्यदर्शनमा मात्रै १८ हजार सात सय बचतकर्ताको एक अर्ब ११ करोड ५३ लाख रुपैयाँ डुबेको छ । त्यस्तै, सुमेरू सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, सरला महर्जन फरार रहेको भन्दै पक्राउ गरेर ल्याउन समितिले निर्देशन दिएको छ ।

समितिलाई प्राप्त सूचनाअनुसार उनीहरू सबै बेलायतमा छन । उनीहरूले सुमेरूका ३७ हजार बचतकर्ताको १० अर्ब ३४ करोड सात लाख ३९ हजार रुपैयाँ अपचलन गरेका छन । शिव शिखर सहकारीका तेजबहादुर बमजन र लीलानाथ गौतम पनि क्रमशः बेलायत र भारतमा लुकेको सूचना समितिलाई छ ।

उनीहरूले ३२ हजार ६१२ बचतकर्ताको नौ अर्ब ४९ करोड २२ लाख ८९६ रुपैयाँ डुबाएका छन । संसदीय छानबिन समितिले पक्राउ गर्न भनेका इमेज बचत सहकारीका देवकुमार नेपाली, छेदा नेपाली र दीपक पौडेल पनि भारतमै लुकेर बसेको बताइएको छ ।

उनीहरूले एक हजार ४८१ बचतकर्ताको तीन अर्ब रुपैयाँ अपचलन गरेका छन । त्यस्तै, सानोपाइला सहकारीका तस्बिरन खातुन, असरफ अली, सहारा सहकारीका सुवास केसी, मेघा ड्रिम सहकारीका महाशंकर रेग्मी र कान्तिपुर कोअपरेटिभका प्रेमध्वज लामा पनि भारतमै लुकेर बसेको सूचना छ ।

सानोपाइलाले आठ सय बचतकर्ताको तीन करोड ३४ लाख ७४ हजार १५४, सहाराले आठ हजार बचतकर्ताको ११ करोड ७१ लाख र कान्तिपुरले ६ हजार १८५ बचतकर्ताको ६ अर्ब ७८ करोड ५१ लाख पाँच हजार ४५४ रुपैयाँ अपचलन गरेका छन ।

संसदीय समितिको निर्देशनपछि गृहमन्त्री लेखकले समितिबाट विधिवत् रूपमा आएको अपेक्षा र निर्देशनलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

Tags: #सहकारी प्रकरणमा अब रविसँग सोधपुछ#सहकारीका फरार १८ अभियुक्त

लोकप्रीय

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु

मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२

विचार

थप समाचार

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु
अन्तर्राष्ट्रिय

 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु

मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि
ताजा समाचार

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए
ताजा समाचार

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश
अन्तर्राष्ट्रिय

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: प्रहरीकै ह*त्या, एप्पल र ओपनएआइविरुद्ध Muskले हाले मुद्दा || Nepal Times

World News: प्रहरीकै ह*त्या, एप्पल र ओपनएआइविरुद्ध Muskले हाले मुद्दा || Nepal Times

00:15:07

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

00:19:31

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु

मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.