साफ यू २० च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा

२६ साउन ८१, शनिबार
Share this
705shares

२६ साउन, काठमाण्डौ ।
साफ यू २० च्याम्पिनसिप फुटबल प्रतियोगिताका लागि नेपाली टिम घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले काठमाडौंमा यही अगस्ट १८ देखि २८ सम्म हुने प्रतियोगिताका लागि २३ सदस्यीय टिम घोषणा गरको हो । प्रतियोगिताको पहिलो खेलमा नेपाल र श्रीलंका १८ अगस्टमा भिड्नेछन् ।

Advertisement

नेपालको दोस्रो खेल बंगलादेशसँग २२ अगस्टमा हुनेछ । प्रतियोगितामा दक्षिण एसियाका ६ टिम छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, श्रीलंका र बंगलादेश छन् भने समूह बी मा भारत, माल्दिभ्स र भुटान छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

पाकिस्तान भने यो प्रतियोगितामा सहभागी छैन । आज घोषणा भएको नेपाली टोलीमा जियारथ शेख, कृसल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुस तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निन्सांग लिम्बु, कुशल देउवा, अभिनास स्याङतान, जनप्रकाश बाम, लछु थापा, निरज कार्की, हरिस राज भट्ट, धरबेन्दर कुँबर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, रोहन खड्गी रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top