×

NEPAL TIMES UPDATES

Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026

आज दिउँसो मुसलधारे पानी पर्ने

२७ श्रावण २०८१

२७ साउन, काठमाण्डौ ।

देशका विभिन्न भागमा आजदेखि तीन दिनसम्म मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो मधेसबाहेक छ प्रदेशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ । देशभर नै मौसम आशिंकदेखि पूर्ण बदली भएर धेरै ठाउँमा पानी पर्ने र मधेसबाहेकका सबै प्रदेशका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Advertisement
Advertisement

मधेस प्रदेशका केही ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानमै रहे पनि भारतको उत्तर प्रदेशमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालमा धेरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै आज राति पनि कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

महाशाखाले आउँदो तीन दिनसम्म नै देशका धेरैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै सावधानी अपनाउन भनेको छ । यसैबीच बाढी पूर्वानुमान् महाशाखाले सूचना निकालेर आउँदो तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली नदी तथा ती नदीका सहायक नदीका साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्ने जनाएको छ ।

ती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ः१६ बजे अद्यावधिक गरेको विवरणअनुसार त्यसअघिको २४ घण्टामा नवलपरासीपूर्व र बाराका एक÷एक स्थानमा धेरै भारी वर्षा भएको छ । महाशाखाको तथ्यांकअनुसार नवलपरासीपूर्वको दुम्कौली र बाराको सिमरा विमानस्थलमा बराबर १०३.६ मिलिमिटर वर्षा भएको हो ।

सय मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद् धेरै भारी वर्षा भन्छन् । यस अवधिमा ५० मिलिमिटरभन्दा माथिको भारी वर्षा मुलुकका धेरै ठाउँमा भएको महाशाखाको विवरणले देखाएको छ । मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षा भनिन्छ ।

Advertisement
Advertisement

यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षालाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top