×

NEPAL TIMES UPDATES

Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026

रुसी शहरमा युक्रेनी सेना, जेलेन्स्कीले गरे हमलाको हुँकार

२७ श्रावण २०८१

२७ साउन,विराटनगर ।

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पहिलो पटक आफ्नो सेनाले रुसको कर्स्क क्षेत्रमा आक्रमण गरेको स्वीकार गरेका छन् । शनिबार राति एक टेलिभिजन सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले युक्रेनको सेनाले युद्धलाई आक्रामक क्षेत्रमा धकेलिरहेको बताएका हुन् ।

Advertisement
Advertisement

युक्रेनले रुसविरुद्ध अभियान सुरु गरेको पाँच दिनपछि जेलेन्स्कीको यस्तो अभिव्यक्ति आएको हो । यस आक्रमणले रुसलाई स्तब्ध बनाएको छ । युक्रेनको आक्रमणपछि रुसले सीमामा ठूलो संख्यामा मानिसहरूलाई स्थानान्तरण गर्ने प्रयास गरिरहेको छ ।

शनिबारको सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले आफ्नो सेनालाई धन्यवाद दिँदै रुसी भूमिमा भइरहेको कारबाहीका बारेमा वरिष्ठ सेना कमाण्डर ओलेक्सान्डर सिर्स्कीसँग छ। लफल गरेको जानकारीसमेत दिएका छन् । उनले युक्रेनले न्याय सुनिश्चित गर्न र आक्रमणकारीलाई दबाब दिन सक्ने प्रमाणित गरिरहेको दाबी पनि गरे ।

यसलगत्तै आज बिहान भने युक्रेनको कीभ र सुमी क्षेत्रमा ठूलो विस्फोट भएको समाचार प्राप्त भएको छ । यसअघि शनिबार पनि युक्रेनी वायुसेनाले देशमा रातभरको आक्रमणमा रुसले प्रक्षेपण गरेको २७ लडाकू ड्रोन खसालेको बताएको थियो ।

सामाजिक सञ्जालमा जारी गरिएको विज्ञप्तिअनुसार साहेद–१३६ र शाहेद–१३१ ड्रोनलाई युक्रेनको उत्तरी, मध्य, दक्षिणी र पूर्वी युक्रेनका सात क्षेत्रमा रोकिएको थियो । किभ क्षेत्रमा वायु प्रतिरक्षा प्रणाली परिचालन गरिएको थियो, तर उक्त क्षेत्रमा कुनै हताहत वा क्षति नभएको किभ क्षेत्रीय सैन्य प्रशासनले जनाएको छ ।

क्षेत्रीय गभर्नर सर्गेई लिसाकले मध्य निप्रोपेट्रोभस्क क्षेत्रमा दुई वटा ड्रोनलाई नष्ट गरिएको र पूर्वाधारमा क्षति पुगेको बताए । यो हेर्दा पछिल्लो पटक युक्रेन रुसी आक्रमणलाई रोक्न र प्रतिआक्रमण गर्न निकै चुस्त देखिएको छ । अमेरिकासहित पश्चिमाबाट पाएको हतियारको बलमा युक्रेनले युद्धलाई अगाडी बढाएको छ ।

युक्रेनले धावा बोलेपछि यता रुसले पनि युक्रेनविरुद्ध नयाँ अभियान सुरु गरेको छ । युक्रेनसँग जोडिएका तीनवटा सीमा क्षेत्रमा साढे दुई वर्षको द्वन्द्वमा किभले सबैभन्दा ठूलो सीमापार आक्रमण गर्न लागेको भन्दै यसबाट हुने क्षति रोक्न शनिबार नयाँ अभियान सुरु गरेको छ ।

युक्रेनी आक्रमणबाट बच्न रूसले ट्याङ्क, रकेट लन्चर र एभिएसन युनिटलगायत थप सैनिक र उपकरणहरू तैनाथ गरेको छ भने उक्त क्षेत्रमा सम्भावित आक्रमणबाट नागरिकहरूको हताहत हुनसक्ने भन्दै झण्डै ७५ हजार व्यक्तिलाई अन्य सुरक्षितस्थलमा सारिएको छ ।

नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न र शत्रुका विध्वंसकारी समूहहरूद्वारा गरिएका आतङ्कवादी कार्यहरूको खतरालाई रोक्न भन्दै रुसको राष्ट्रिय आतङ्कवाद विरोधी समितिले शुक्रबार अबेर बेल्गोरोड, ब्रायन्स्क र कुस्र्क क्षेत्रमा ‘आतङ्कवाद विरोधी अभियान’ सुरु गर्न लागेको जनाएको छ ।

रुसी कानुनअनुसार सुरक्षा बल र सेनालाई ‘प्रतिआतङ्कवाद’ अभियानका क्रममा आपतकालीन अधिकार दिइएको छ । यस आपतकालीन अधिकारको प्रावधान अनुसार आवागमनमा प्रतिबन्ध लगाउन सकिने र फोन कलहरू निगरानी गर्न सकिने बताइएको छ ।

अभियानअन्तर्गत आक्रमण हुनसक्ने क्षेत्रहरूलाई प्रवेश निषेध क्षेत्र (नो–गो जोन) घोषणा गरी सुरक्षा जाँच केन्द्रहरू सञ्चालन गरिएको छ र प्रमुख पूर्वाधारस्थलहरूमा सुरक्षा कडा पारिएको छ । आतङ्कवाद विरोधी समितिले युक्रेनले ‘रूसका धेरै क्षेत्रहरूमा स्थितिलाई अस्थिर पार्ने अभूतपूर्व प्रयास’ गरेको बताएको छ ।

रुसले युक्रेनको आक्रमणलाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिँदै किएभका सेनाले सर्वसाधारणलाई घाइते बनाएको र आवासीय भवनहरू ध्वस्त पारेको बताएको छ । युक्रेनी नेताहरू यस अभियानको बारेमा मौन छन् र किभको सबैभन्दा नजिकको सहयोगी संयुक्त राज्य अमेरिकाले योजनाबारे पूर्वजानकारी नदिएको बताएको छ ।

तर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ताको सुरुमा रूसले युक्रेनविरुद्ध सन् २०२२ को फेब्रुअरीदेखि सुरु गरेको आक्रमणको परिणाम ‘महसुस’ गर्नुपर्ने बताएका थिए । रुसको रक्षा मन्त्रालयले शनिबार कुस्र्क क्षेत्रमा रहेको युक्रेनी चौकीमा ट्यांक चालक दलले गोली चलाएको र रातभर हवाई आक्रमण गरेको फुटेज सार्वजनिक गरेको छ।

रुसले उक्त क्षेत्रमा युक्रेनी सेनाले रातिको समयमा आक्रमण गर्ने प्रयासमा प्रयोग भएका २६ वटा ड्रोन खसालेको पनि जनाएको छ । रिपोर्टका अनुसार यूक्रेनी सैनिक रूसको दस किलोमिटर भित्रसम्म प्रवेश गरिसकेको छ र केही क्षेत्र कब्जा गर्नेतर्फ अघि बढिरहेको पनि बताइएको छ ।

रिपोर्टका अनुसार, रूसभित्र पसेर युक्रेनी सेनाले कयौं गाउँहरु कब्जामा लिएको छ । फेब्रुअरी २०२२ मा रूसले यूक्रेनमा अचानक हमला गरेपछि रूसभित्रै पसेर युक्रेनले गरेको यो कारबाही अहिलेसम्मै ठूलो हो ।

शुक्रवार सार्वजनिक भिडियोमा यूक्रेनका सैन्यबल रुसी शहरमा हिडिरहेको देखिएको छ । ती सैनिकहरुले शहर र नजिकैको रूसी कंपनी गैजप्रोमकोे एक ग्यास फ्यासिलिटीमा पनि कब्जा गरेको दाबी गरिएको छ । यो सुद्जा शहरको उत्तर–पश्चिममा यूक्रेनसंगको सीमाबाट करिब सात किलोमीटर पर रहेको छ ।

यद्यपी सार्वजनिक भिडियोहरुले युक्रेनले पुरै शहर कब्जा गरेको भन्ने चाँही पुष्टि गर्दैन । यता रूसी सेनामाथि नजर राख्ने ब्लगर्सले सो शहर अहिले पनि रुसकै नियन्त्रणमा रहेको दाबी गरेको छ । यसबीच शुक्रवारै संयुक्त राष्ट्रको परमाणु एजेंसीले रूस र यूक्रेन दुवैलाई हरसम्भव धैर्यता अपनाउन अपिलसमेत गरेको छ ।

किनभने पछिल्लो पटक जुन क्षेत्रमा लडाइँ चलिरहेको छ सो कुर्स्क परमाणु संयंत्र नजिकै रहेको छ । यो पावर प्लांट रूसको सबैभन्दा ठूलो परमाणु संयंत्रहरुमध्ये एक हो ।यस्तोमा अंतर्राष्ट्रिय परमाणु ऊर्जा एजेंसी (आईएईए) का प्रमुख राफेल ग्रसीले परमाणु दुर्घटना रोक्ने प्रयास गरिनु पर्ने बताएका छन् ।

यदी त्यसो भएन भने गंभिर परिणाम हुनसक्ने चेतावनी दिएका छन् । यो स्थितिमा रुस–युक्रेनबीचको युद्ध अब कुन स्तरमा जाला ? यसमा तपाइँका टिप्पणी के छन् अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top