×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बंगलादेशको नरिबल टापुमा अमेरिकाको गिद्धे दृष्टि !

२८ श्रावण २०८१

२८ साउन, विराटनगर । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो सरकारको पतनमा अमेरिकाको हात रहेको आरोप लगाएकी छन् । हसिनाले सेन्ट मार्टिन टापु अमेरिकालाई नदिएका कारण आफूलाई विस्थापित गरिएको बताइन् ।

उनका अनुसार सेन्ट मार्टिन टापु दिएको भए अमेरिका बंगलको खाडीमा आफ्नो प्रभूत्व कायम गर्न सक्षम हुने थियो । उनले बंगलादेशी नागरिकलाई कट्टरपन्थीको भ्रममा नपर्न आग्रह गरेकी छन् ।

Advertisement
Advertisement

शेख हसिना हाल भारतमा छिन् । इकोनोमिक टाइम्सको रिपोर्टका अनुसार आफ्ना नजिकका सहयोगीहरूमार्फत पठाइएको सन्देशमा हसिनाले भनेकी छन्, ‘मैले शवको जुलुस हेर्नु नपरोस् भनेर राजीनामा दिएँ । उनीहरू विद्यार्थीको शवमाथि चढेर सत्तामा आउन चाहन्थे तर मैले त्यसो हुन नदिन प्रधानमन्त्री पदबाट राजीनामा दिएँ । यदि मैले सेन्ट मार्टिन टापुको सार्वभौमसत्ता संयुक्त राज्य अमेरिकालाई समर्पण गरी बंगालको खाडीमा उसको प्रभूत्व स्थापित गर्न दिएको भए म सत्तामा रहन सक्थें । म मेरो देशका जनतालाई आग्रह गर्दछु, कृपया कट्टरपन्थीहरूको भ्रममा नपर्नुहोस् ।’

उनले प्रष्टसँग बंगलादेशको खाडीमा रहेको सेन्ट मार्टिन टापुको सार्वभौमसत्ता संयुक्त राज्य अमेरिकालाई हस्तान्तरण गरेको भए आफू सत्तामा रहिरहन सक्ने बताएकी छन् ।

हसिनाको यो दाबीपछि यो सेन्ट मार्टिन टापु किन यति महत्त्वपूर्ण छ, जुन अमेरिका जस्तो शक्तिशाली देशले पनि बंगलादेशबाट प्राप्त गर्न चाहेको थियो भन्ने चासो बढेको छ ।

सेन्ट मार्टिन टापु, जसलाई नारिकेल जिन्जिरा (नरिबल टापु) र दारुचिनी टापु (दालचिनी द्वीप) पनि भनिन्छ ।

बंगालको खाडीको उत्तरपूर्वी भागमा अवस्थित यो टापु केवल ३ किलोमिटर वर्ग क्षेत्रमा फैलिएको एउटा सानो टापु हो । यो काश बजार टयाककुफ प्रायद्वीप को लगभग ९ किमी दक्षिणमा अवस्थित छ ।

बंगलादेशको एकमात्र प्रवलद्धीप भएकोले यो प्राकृतिक सौन्दर्यको लागि परिचित छ । यसले स्पष्ट निलो पानी र कोरल जस्ता विविध समुद्री जीवनहरू देखाउँछ ।

यस टापुको क्षेत्रफलमात्र तीन वर्ग किलोमिटर छ र लगभग ३७ सय बासिन्दाहरू छन् । जसले मुख्यतया माछा मार्ने, धान खेती, नरिवल खेती र समुद्री लहरा काट्ने काम गर्दछन् ।

यी सबै बालीहरू यस टापुबाट म्यानमारमा निर्यात गरिन्छ । यस टापुलाई बंगालीमा ‘नारिकेल जिन्जिरा’ वा नरिवल टापु भनिन्छ । यहाँ नरिवलको रुख प्रशस्त रहेका छन् ।

यसलाई ‘दारुचिनी टापु’ वा दालचिनी द्वीप पनि भनिन्छ । यो टापु कुनै समय टेकनाफ प्रायद्वीपको विस्तार थियो, तर प्रायद्वीपको एक भाग डुबेको कारणले यो पृथक भयो ।

यद्यपि, यसले प्रायद्वीपको दक्षिणी भागलाई एउटा टापुमा परिणत ग¥यो, जुन अहिले मुख्य भूमि बंगलादेशबाट छुट्टिएको छ । यस टापुको लामो समृद्ध इतिहास छ, जुन अठारौं शताब्दीको हो जब यहाँ पहिलो पटक अरब व्यापारीहरूले बसोबास गरेका थिए ।

उनीहरूले यसलाई ‘जजिरा’ नाम दिएका थिए । १९०० मा ब्रिटिश भूमि सर्वेक्षण टोलीले सेन्ट मार्टिन टापुलाई ब्रिटिश भारतको भागको रूपमा समावेश गर्‍यो र यसलाई सेन्ट मार्टिन नामका एक ईसाई पादरीको नामबाट नामाकरण गर्‍यो ।

सन् १९३७ मा म्यानमार अलग भएपछि यो टापु ब्रिटिश भारतको हिस्सा रह्यो । यो सन् १९४७ को विभाजनसम्म पाकिस्तानको नियन्त्रणमा पर्दासम्म कायम रह्यो । पछि, १९७१ को मुक्ति युद्धपछि, यो कोरल टापु बंगलादेशको हिस्सा भयो ।

सन् १९७४ मा बंगलादेश र म्यानमारबीच कोरल टापुहरू बंगलादेशको भूभागमा पर्ने सम्झौता भएको थियो । सन् १९७१ मा बंगलादेश अस्तित्वमा आएदेखि सेन्ट मार्टिन टापुले बंगलादेशको राजनीतिमा प्रभूत्व जमाउँदै आएको छ ।

बंगालको खाडीसँग यसको निकटता र म्यानमारसँगको समुद्री सीमाले यस टापुमा विशेषगरी अमेरिका र चीनको चासो बढेको छ ।

अमेरिका र चीनले यस क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउन टापुमा आफ्नो प्रभुत्व स्थापित गर्ने प्रयास गरेका छन् ।

गत वर्ष जुनमा शेख हसिनाले चुनावमा बिएनपीको जितको बदलामा अमेरिकाले सेन्ट मार्टिन टापु कब्जा गर्ने र सैन्य अड्डा बनाउने आफ्नो मनसाय व्यक्त गरेको आरोप लगाएकी थिइन् ।

उनले बिएनपी सत्तामा आएमा उक्त टापु अमेरिकालाई बेच्ने दाबीसमेत गरेकी थिइन् । अमेरिका पनि यस टापुलाई आफ्नो कब्जामा लिन चाहन्छ, किनभने अमेरिका यस टापुमा आधार निर्माण गरेर चीनलाई चुनौती दिन चाहन्छ ।

Advertisement

चीनको बढ्दो खतराविरुद्ध अमेरिका पनि यस क्षेत्रमा आफ्नो उपस्थिति चाहन्छ । यदि यस क्षेत्रमा अमेरिकाको सैन्य उपस्थिति स्थापित भयो भने, यसले उसलाई चीनभन्दा माथि उठाउन मद्दत गर्नेछ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top