भारतले टी–२० विश्वकप आयोजना नगर्ने

३० साउन ८१, बिहीबार

साउन ३१ ,एजेन्सी ।

अन्तर्राष्ट्रिय क्रिकेट संघ(आईसीसी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)बीच टकराव देखिएको छ । आईसीसीले महिला टी–२० विश्वकप आयोजना गर्ने बीसीसीआईलाई प्रस्ताव गरेको थियो । जसलाई बीसीसीआईले अस्वीकार गरेको छ । आईसीसीले अब अगस्ट २० मा आयोजना गर्ने अन्तिम निर्णय लिनुपर्नेछ ।

अक्टोबर ३ देखि २० सम्म आयोजना हुने प्रतियोगिताको आयोजकत्वबाट पछि हटेपछि श्रीलंका र युएई दुई विकल्प बचेका छन् । बीसीसीआई सचिव जय शाहले टाइम्स अफ इन्डियासँगको कुराकानीमा भनेका छन् , ‘उनीहरूले अर्थात आईसीसीले हामीलाई विश्वकप आयोजना गर्ने प्रस्ताव राखेका थिए । तर मैले स्पष्ट रूपमा अस्वीकार गरेँ, यो हाम्रो देशमा वर्षाको मौसम हो । त्यो भन्दा महत्त्वपूर्ण विषय भनेको हामीले अर्को वर्ष महिला विश्वकप आयोजना गर्दैछौं । हामी कसैलाई पनि भारतले लगातार दुई विश्वकप आयोजना गर्न चाहेको भन्ने सन्देश दिन चाहँदैनौं।’

बंगलादेश अहिले सरकार विरोधी आन्दोलनका कारण हिंसा र सुरक्षा चुनौतीसँग जुधिरहेको छ । त्यही कारणले बंगलादेशको ठाउँमा आईसीसीले अन्य देशलाई प्रतियोगिता आयोजना गर्न दिन चाहिरहेको छ । आईसीसीका एक अधिकारीले यस हप्ताको सुरुमा बंगलादेशको अवस्थाको अनुगमन भइरहेको र सबै विकल्प खुला राखिएको बताएका थिए ।

आईसीसीको विज्ञप्तिमा भनिएको छ, ‘हामी बंगलादेश क्रिकेट बोर्ड (बीसीबी), उनीहरूको सुरक्षा एजेन्सीहरू र हाम्रा आफ्नै सुरक्षा सल्लाहकारहरूसँगको समन्वयमा त्यहाँ भइरहेको घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेका छौँ । हाम्रो प्राथमिकता सबै सहभागीहरूको सुरक्षा हो र यो राम्रो छ।’

बंगलादेशको नयाँ अन्तरिम सरकारले टूर्नामेन्ट हातबाट उम्कन नदिन अन्तिम प्रयास गरिरहेको बेला, इङ्ल्यान्ड, अष्ट्रेलिया र भारतलगायत धेरै सहभागी टोलीहरूको सरकारले जारी गरेको ट्राभल एडभाइजरी बीसीबीका लागि सबैभन्दा ठूलो बाधा बनेको छ । सुरक्षा चुनौतीबाहेक बीसीबी पनि समस्यामा छ ।

उनका अध्यक्ष तथा पूर्व खेलकुद मन्त्री नजमुल हसन ५ अगस्टमा अवामी लिग सरकारको पतनपछि प्रभावकारी रूपमा पदबाट बाहिर छन् । राजनीतिक सम्बन्ध भएका धेरै बोर्ड सञ्चालक पनि सम्पर्कमा छैनन् । यस्तो अवस्थामा विश्वकप कसरी आयोजना हुन्छ भन्ने अन्यौलता उत्पन्न भएको छ । बंगलादेशको अन्तरिम सरकारले भने यसका विषयमा अहिलेसम्म बोलेको छैन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top