×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

मुकुललाई रास्वपा होइन, एमालेको छ चिन्ता

३२ श्रावण २०८१

३२ साउन, विराटनगर ।

छोटो समयमा जनताको भरोसा जितेर देशको चौथो शक्ति बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक विवादका कारण पछिल्लो समय छबि धमिलिँदै गएको हो कि अन्ने अड्कल काट्न गाह्रो पर्दैन । पछिल्ला केही घटनाक्रमले गर्दा पनि रास्वपाका कार्यकर्ताहरूमा निराशापन उत्पन्न भएको छ भने विरोधीहरूमा उत्साह छाएको छ ।

Advertisement
Advertisement

मूलधारका दलहरूमाथि बढ्दै गएको निराशाका बीच स्थापना भएको कान्छो दल रास्वपाले चुनाव चिह्न घण्टी लिएर जेठा र ठूला भनिएका दलहरूसमक्ष चुनौती पस्कियो ।

दोस्रो संसदीय निर्वाचनको ६ महिनाअघि मात्र खुलेको रास्वपा २०७९ को चुनावमा प्रत्यक्षतर्फ ७ वटा र समानुपातिकतर्फ १३ गरी कुल २० सिटमा ऐतिहासिक जित हासिल गरेर संसद र सरकारमा आफ्नो प्रभावकारी उपस्थिति जनाउन सफल भयो । जसले उपनिर्वाचनमा थप एक सिट थपेर सांसदको संख्या २१ पुर्‍यायो ।

‘सरकारमा गइहाल्न हुन्थेन कि’ भन्ने जनभावनालाई कुल्चिएर गत वर्षको पुस १० गते माओवादी–एमाले समीकरणमा बनेको सत्ताको फेरो समातेपछि तत्काल आलोचना नभएको होइन । सत्तामा पुगेपछि प्रदूषित भइन्छ भन्ने सर्वमान्य सिद्धान्त बुझ्नेहरूले त्यसबेलै टीका–टिप्पणी गरेकै हुन् ।

तर, त्यस्ता आलोचना, टीका–टिप्पणी पखाल्ने प्रयत्न रास्वपाबाट मन्त्री हुनेहरूले आफ्नो काम–कारबाहीको गतिमार्फत गरे । छोटो समयमा नै भएपनि उनीहरुले आलोचना गर्नेहरुलाई काम गरेरै जवाफ दिने प्रयास गरे । तर, सत्ताच्युत भइसकेपछि रास्वपाको ‘शान’ आन्तरिक विवादकै कारण ओरालो लागिरहेको छ ।

पछिल्लो समय झन् पार्टीभित्रको विवाद यसरी चुलिएर गएको छ कि विरोधीहरूलाई काखी बजाउने मौका मिलेको छ ।‘मिसन ८४’ को नारा दोहोर्‍याउने रास्वपाका सभापति रवि लामिछाने र निलम्बित महामन्त्री डा. मुकुल ढकालबीचको चिसिएको सम्बन्धले गर्दा आगामी निर्वाचनसम्ममा त पार्टी विभाजन पो हुन्छ कि भन्ने आशंका निम्तिएको छ ।

रास्वपाभित्रका समस्या र विकृति पनि पार्टीको बैठकमा राख्न नपाउनेसभापति लामिछानेको अडान मिचेर अगाडि बढेका मुकुललाई रोक्न हम्मे–हम्मे परेको अवस्था छ । रास्वपाभित्र मुकुलको विद्रोह किन हो भन्नेमा पार्टी नेतृत्वदेखि कार्यकर्तासम्म अनभिज्ञ छन् ।

पार्टीविरुद्ध हात धोएरै लागेझैं गर्ने मुकुलको यो जिद्दिपना एक्लिएर हो वा नियोजित हो भन्नेबारे निर्क्लौछ छैन् । यस्तै भइरहे सभापति लामिछानले फेहरिस्त लगाएको मिसन ८४ सम्ममा रास्वपाको हालत के होला ? भन्ने कुनै ठेगान छैन ।

आन्तरिक विवादको मुल जड

आन्तरिक रूपमा रास्वपाभित्र ‘खतराको घण्टी’ बजाउने काम पार्टी सभापति र निलम्बनमा परेका महामन्त्रीबीचको टकरावबाटै सिर्जित भएको सहजै अनुमान लगाउन सकिन्छ ।

समस्या सतहमा आउनुको कारण पनि रास्वपाको अवस्थाबारे मुकुलले गत असारमा बनाएको प्रतिवेदन हो । गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा भोगेको निराशाजनक परिणाम र पार्टीको अवस्था संकटग्रस्त चित्रण गर्ने उक्त प्रतिवेदनपछि रुष्ट बनेका रवि र मुकुलबीच त्यसपछि मतभेदको अवस्था सिर्जना भयो । त्यसपछि मुकुललाई एक्ल्याएर काबुमा राख्न खोज्ने काममा खटिन थाल्यो रविको टिम ।

घेरावन्दीले आजित बनेपछि उनी गत असार १९ गतेको केन्द्रीय समितिको बैठकमा प्रतिवेदन प्रस्तुत गर्न नदिइएको भन्दै कालो टेप लगाएर उपस्थित भएका थिए । बैठकमा नबोलेका मुकुल पहिलो पटक रवि र अन्य नेतृत्वविरुद्ध घण्टीघरकै परिसरमा विद्रोहको शैली प्रस्तुत भए ।

त्यसपछि रास्वपा र मुकुल दुई कित्तामा देखिए । असार १९ गते मुकुललाई पहिला पार्टीको महामन्त्री र प्रवक्ताबाट निलम्बन गरियो । फेरि पार्टीको सदस्यबाट निष्कासन गर्नेगरी स्पष्टीकरण सोधियो । यसबीचमा मुकुल पनि प्रतिवादमा नउत्रिएका होइनन् । उनले पनि सभापति लामिछानेको राजीनामा मात्र मागेनन्, सहकारी ठगी र दुई वटा पासपोर्ट प्रयोगबारे अनुसन्धान गर्नुपर्ने पनि माग गरे ।

दुई उपसभापतिविरुद्ध पनि उनले गम्भीर आरोप लगाए । डा स्वर्णिम वाग्लेविरुद्ध त मुकुलले देशद्रोहसम्मको आरोप लगाउन भ्याए ।सायद पार्टीभित्र एक्लिएर मुकुलको विद्रोहले निरन्तरता पाएको आँकलन धेरैको छ ।

Advertisement

तर, केही दिन अघिमात्र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १५ बुँदे सुझावपत्र बुझाएपछि मुकुल थप शंकाको घेरामा परेका छन् । पार्टीका आर्थिकदेखि राजनीतिक रणनीतिसहितका आन्तरिक विषयहरु छताछुल्ल पारेर अन्य दल र विपक्षी गठबन्धनको सरकार सुधार्नतिर लागेको अनुमान लगाउँदै धेरैले मुकुललाई रास्वपाविरुद्ध नियोजित रूपमा खटाइएको व्यक्ति पो हो कि ! भन्ने दृष्टिकोणबाट पनि हेर्न थालेका छन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top