NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

मुकुललाई रास्वपा होइन, एमालेको छ चिन्ता

शुक्रबार साउन ३२ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
मुकुललाई रास्वपा होइन, एमालेको छ चिन्ता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३२ साउन, विराटनगर ।

छोटो समयमा जनताको भरोसा जितेर देशको चौथो शक्ति बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक विवादका कारण पछिल्लो समय छबि धमिलिँदै गएको हो कि अन्ने अड्कल काट्न गाह्रो पर्दैन । पछिल्ला केही घटनाक्रमले गर्दा पनि रास्वपाका कार्यकर्ताहरूमा निराशापन उत्पन्न भएको छ भने विरोधीहरूमा उत्साह छाएको छ ।

मूलधारका दलहरूमाथि बढ्दै गएको निराशाका बीच स्थापना भएको कान्छो दल रास्वपाले चुनाव चिह्न घण्टी लिएर जेठा र ठूला भनिएका दलहरूसमक्ष चुनौती पस्कियो ।

Advertisement

दोस्रो संसदीय निर्वाचनको ६ महिनाअघि मात्र खुलेको रास्वपा २०७९ को चुनावमा प्रत्यक्षतर्फ ७ वटा र समानुपातिकतर्फ १३ गरी कुल २० सिटमा ऐतिहासिक जित हासिल गरेर संसद र सरकारमा आफ्नो प्रभावकारी उपस्थिति जनाउन सफल भयो । जसले उपनिर्वाचनमा थप एक सिट थपेर सांसदको संख्या २१ पुर्‍यायो ।

‘सरकारमा गइहाल्न हुन्थेन कि’ भन्ने जनभावनालाई कुल्चिएर गत वर्षको पुस १० गते माओवादी–एमाले समीकरणमा बनेको सत्ताको फेरो समातेपछि तत्काल आलोचना नभएको होइन । सत्तामा पुगेपछि प्रदूषित भइन्छ भन्ने सर्वमान्य सिद्धान्त बुझ्नेहरूले त्यसबेलै टीका–टिप्पणी गरेकै हुन् ।

तर, त्यस्ता आलोचना, टीका–टिप्पणी पखाल्ने प्रयत्न रास्वपाबाट मन्त्री हुनेहरूले आफ्नो काम–कारबाहीको गतिमार्फत गरे । छोटो समयमा नै भएपनि उनीहरुले आलोचना गर्नेहरुलाई काम गरेरै जवाफ दिने प्रयास गरे । तर, सत्ताच्युत भइसकेपछि रास्वपाको ‘शान’ आन्तरिक विवादकै कारण ओरालो लागिरहेको छ ।

पछिल्लो समय झन् पार्टीभित्रको विवाद यसरी चुलिएर गएको छ कि विरोधीहरूलाई काखी बजाउने मौका मिलेको छ ।‘मिसन ८४’ को नारा दोहोर्‍याउने रास्वपाका सभापति रवि लामिछाने र निलम्बित महामन्त्री डा. मुकुल ढकालबीचको चिसिएको सम्बन्धले गर्दा आगामी निर्वाचनसम्ममा त पार्टी विभाजन पो हुन्छ कि भन्ने आशंका निम्तिएको छ ।

रास्वपाभित्रका समस्या र विकृति पनि पार्टीको बैठकमा राख्न नपाउनेसभापति लामिछानेको अडान मिचेर अगाडि बढेका मुकुललाई रोक्न हम्मे–हम्मे परेको अवस्था छ । रास्वपाभित्र मुकुलको विद्रोह किन हो भन्नेमा पार्टी नेतृत्वदेखि कार्यकर्तासम्म अनभिज्ञ छन् ।

पार्टीविरुद्ध हात धोएरै लागेझैं गर्ने मुकुलको यो जिद्दिपना एक्लिएर हो वा नियोजित हो भन्नेबारे निर्क्लौछ छैन् । यस्तै भइरहे सभापति लामिछानले फेहरिस्त लगाएको मिसन ८४ सम्ममा रास्वपाको हालत के होला ? भन्ने कुनै ठेगान छैन ।

आन्तरिक विवादको मुल जड

आन्तरिक रूपमा रास्वपाभित्र ‘खतराको घण्टी’ बजाउने काम पार्टी सभापति र निलम्बनमा परेका महामन्त्रीबीचको टकरावबाटै सिर्जित भएको सहजै अनुमान लगाउन सकिन्छ ।

समस्या सतहमा आउनुको कारण पनि रास्वपाको अवस्थाबारे मुकुलले गत असारमा बनाएको प्रतिवेदन हो । गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा भोगेको निराशाजनक परिणाम र पार्टीको अवस्था संकटग्रस्त चित्रण गर्ने उक्त प्रतिवेदनपछि रुष्ट बनेका रवि र मुकुलबीच त्यसपछि मतभेदको अवस्था सिर्जना भयो । त्यसपछि मुकुललाई एक्ल्याएर काबुमा राख्न खोज्ने काममा खटिन थाल्यो रविको टिम ।

घेरावन्दीले आजित बनेपछि उनी गत असार १९ गतेको केन्द्रीय समितिको बैठकमा प्रतिवेदन प्रस्तुत गर्न नदिइएको भन्दै कालो टेप लगाएर उपस्थित भएका थिए । बैठकमा नबोलेका मुकुल पहिलो पटक रवि र अन्य नेतृत्वविरुद्ध घण्टीघरकै परिसरमा विद्रोहको शैली प्रस्तुत भए ।

त्यसपछि रास्वपा र मुकुल दुई कित्तामा देखिए । असार १९ गते मुकुललाई पहिला पार्टीको महामन्त्री र प्रवक्ताबाट निलम्बन गरियो । फेरि पार्टीको सदस्यबाट निष्कासन गर्नेगरी स्पष्टीकरण सोधियो । यसबीचमा मुकुल पनि प्रतिवादमा नउत्रिएका होइनन् । उनले पनि सभापति लामिछानेको राजीनामा मात्र मागेनन्, सहकारी ठगी र दुई वटा पासपोर्ट प्रयोगबारे अनुसन्धान गर्नुपर्ने पनि माग गरे ।

दुई उपसभापतिविरुद्ध पनि उनले गम्भीर आरोप लगाए । डा स्वर्णिम वाग्लेविरुद्ध त मुकुलले देशद्रोहसम्मको आरोप लगाउन भ्याए ।सायद पार्टीभित्र एक्लिएर मुकुलको विद्रोहले निरन्तरता पाएको आँकलन धेरैको छ ।

तर, केही दिन अघिमात्र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १५ बुँदे सुझावपत्र बुझाएपछि मुकुल थप शंकाको घेरामा परेका छन् । पार्टीका आर्थिकदेखि राजनीतिक रणनीतिसहितका आन्तरिक विषयहरु छताछुल्ल पारेर अन्य दल र विपक्षी गठबन्धनको सरकार सुधार्नतिर लागेको अनुमान लगाउँदै धेरैले मुकुललाई रास्वपाविरुद्ध नियोजित रूपमा खटाइएको व्यक्ति पो हो कि ! भन्ने दृष्टिकोणबाट पनि हेर्न थालेका छन् ।

Tags: #केपी शर्मा ओली#नेकपा एमाले#मुकुल ढकाल#रवि लामिछाने#राष्ट्रिय स्वतन्त्र पार्टी#रास्वपा

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.