×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

किन घट्यो युरोपियन लिगको रौनकता ?

३ भाद्र २०८१

३ भदौ, विराटनगर । 

आधुनिक फुटबलका महान खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो जब मैदानमा एक–अर्काविरुद्ध उत्रिन्थे । मेसी नेतृत्वको बार्सिलोना र रोनाल्डोआबद्ध रियल मड्रिडबीचको ‘एल क्लासिको’ विश्वकप फुटबलको फाइनल खेल सरह हुन्थ्यो । विश्वभरबाट यो खेलको त्यतिनै प्रतिक्षा गरिन्थ्यो, जति विश्वकपको हुन्थ्यो ।

Advertisement
Advertisement

त्यसबेला युरोपियन लिग, अझ विशेषगरी ला लिगाको रौनकता छुट्टै थियो, चर्चा–विश्लेषण हुन्थे । तर, सन् २०१८ मा रोनाल्डो रियल छोडेर इटालियन क्लब युभेन्टसमा अनुबन्ध भएपछि एल क्लासिको रौनकता घट्न थाल्यो ।

त्यसको तीन वर्षपछि अर्जेन्टिनी स्ट्राइकर मेसीले पनि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जान बार्सिलोना छोडे । यसपछि त झन्, फुटबल समर्थकले ला लिगाकै स्तर खस्किएको अनुभूति गर्न थाले ।

मेसी र रोनाल्डो ला लिगामा नहुँदा पनि युरोपियन लिगमै थिए । फुबटल ‘फ्यान’ हरूको मन युरोपका शीर्ष पाँच डिभिजनतिरै अडिएको थियो ।

तर, पछिल्लो समय युरोपेली फुटबलका लागि एक खराब समय आयो । जब रोनाल्डो र मेसीसँगै अरू स्टार खेलाडीहरूले भटाभट युरोपेली क्लबहरू छोड्न थाले ।

पोर्चुगिज स्टार खेलाडी रोनाल्डो १ जनवरी २०२३ मा साउदी अरेबियन क्लब अल नासरमा अनुबन्धित भए । रोनाल्डोसँगसँगै उनका समर्थकको रुचि पनि अब अल नासरले खेल्ने लिगहरूतर्फ आकर्षित बन्यो ।

विश्वकप विजेता मेसी १५ जुलाई २०२३ अमेरिकन क्लब इन्टर मियामीमा आबद्ध भएर मेजर सकर लिग खेल्न थाले । मेसीका फ्यानको रोजाइ पनि त्यसतिर ढल्क्यो । इंग्ल्यान्डका पूर्वखेलाडी डेभिड बेकह्यामको क्लब इन्टर मियामीले मेसीलाई मात्र नभएर सर्जियो बुस्क्वेटलाई पनि अघिल्लै वर्ष किन्यो । यसै वर्षको सुरुमा उरुग्वेका स्टार लुइस स्वारेज पनि मेसीसँग खेल्न मियामी पुगे । जोर्डी अल्बाले पनि मियामीबाटै खेल्न बार्सिलोना छोडे ।

गत वर्ष नै ब्राजिलका स्टार खेलाडी नेयमार पिएसजी छोडेर साउदीकै क्लब अल हिलाल हानिए । लिभरपुलबाट चम्किएका सेनेगलका खेलाडी साडियो मानेले पनि बायर्न म्युनिख छोडेर साउदीकै अल नासर रोजे । यस्तै फ्रान्सका विश्वकप विजेता करिम बेन्जेमाले रियल मड्रिड छोडेर साउदीको अल इतिहादबाट व्यवसायिक फुटबल खेल्ने निर्णयमा पुगे । रोबर्टो फिर्मिन्हो, फाबिन्हो, एनगोलो कान्टेले पनि युरोपियन लिग छोडेर साउदीका विभिन्न क्लबहरूमा आबद्ध भए ।

यसरी, स्टार खेलाडीहरू पारिश्रमिकको लोभमा अरू देशका क्लबहरूमा आबद्ध भइहरँदा उनीहरूसँगै समर्थकको चासोसमेत कम भएपछि युरोपियन शीर्ष डिभिजनका लिगको रौनकतामा गिरावट आएको छ ।

विश्वभरिका फुटबल समर्थकले निकै चासोका साथ हेर्ने युरोपियन लिगप्रति चर्चा क्रमश घटिरहेको छ । स्टार खेलाडीहरु आवद्ध हुनुअघि अन्तराष्ट्रिय चर्चा पाउन नसकेका साउदीका लिगहरू अहिले प्रमुख प्राथमितामा परेका छन् ।

युरोपियन राष्ट्रहरूमा आयोजना हुने पाँचवटा लिगमा इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’, जर्मन बुन्डेस लिगा र फ्रेन्च लिग ‘वान’ मा पछिल्लो समय केही स्टार युवा फुटबलरहरू नभएको भने होइन ।

हालै सम्पन्न युरोकपबाट चर्चामा आएका १७ वर्षीय लेमिन यमलले बार्सिलोनाआबद्ध भएर ला लिगा खेलिरहेका छन् । हालैमात्र विश्वकप विजेता किलियन एम्बाप्पे पिएसजी छोडेर रियल मड्रिड आए ।

भेट्रान फुटबलर रोबर्ट लेवान्डोस्कीले अझै बार्सिलोनाका लागि खेलिरहेका छन् । नर्वेका इयर्लिङ हालान्डले म्यानचेस्टर सिटीबाट प्रिमियर लिगमा तहल्कै पिटिरहेका छन् ।

प्रिमियर लिगमै मोहम्मद सालाह, ह्यारी केन, केभिन डी ब्रुयनलगायत खेलाडीहरू पनि छन् । तथापि, यी लिगहरूमा पहिलेको तुलनामा रोमाञ्चकता खस्किएको आभास पाउन सकिन्छ ।

फ्रेन्च लिग वान क्लब पिएजीकै कुरा गर्नुपर्दा कुनै बेला ब्राजिलियन नेयमार, फ्रान्सका किलियन एम्बाप्पे, अर्जेन्टिनाका लियोनल मेसी, स्पेनका सर्जियो रामोसलगायत खेलाडीलाई एकसाथ मैदान उतार्ने सामर्थ्य राख्थ्यो ।

‘ड्रिम प्रोजेक्ट’ भन्दै कतारको लगानीबाट सञ्चालित फ्रान्सेली क्लब पिएसजीका मालिक नासर अल खिलाइफीले युरोपियन शीर्ष पाँच लिग खेल्ने स्टार खेलाडी थुपारेका थिए । मैदानमा त्यसबेला स्टार खेलाडीले भरिपूर्ण हुन्थ्यो पिएसजी ।

फरवार्ड लाइनमा मेस्सी, नेयमार र एम्बाप्पे अथवा डी मारिया अनि डिफेन्सिङ लाइनमा रामोस, अच्राफ हाकिमीलगायत । तर, विस्तारै पिएसजी अहिले स्टार खेलाडीविहीन बन्दै गइरहेको छ ।

Advertisement

सर्वाधिक धेरै २५६ गोल गरेका एम्बाप्पेको बहिर्गमनपछि त झन् पिएसजीमा शून्यताकै अवस्था नै ल्याएको छ । स्टार खेलाडीहरु पलायन भएपछि पिएसजीको ‘सान’ त ढल्यो नै फ्रेन्च लिगकै रोमाञ्चकता खस्किने अनुमान छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top