NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने सोमवार कार्तिक १७ , २०८२
खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ? सोमवार कार्तिक १७ , २०८२
अफगानिस्तानमा मध्यरातमा शक्तिशाली भूकम्प, ४ देशमा कम्पन सोमवार कार्तिक १७ , २०८२
पश्चिमी वायुको प्रभाव कायमै,२ प्रदेशमा वर्षाको संभावना सोमवार कार्तिक १७ , २०८२
Next
Prev

समाचार

किन घट्यो युरोपियन लिगको रौनकता ?

सोमवार भदौ ३ , २०८१
Reading Time: 1 min read
A A
किन घट्यो युरोपियन लिगको रौनकता ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३ भदौ, विराटनगर । 

आधुनिक फुटबलका महान खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो जब मैदानमा एक–अर्काविरुद्ध उत्रिन्थे । मेसी नेतृत्वको बार्सिलोना र रोनाल्डोआबद्ध रियल मड्रिडबीचको ‘एल क्लासिको’ विश्वकप फुटबलको फाइनल खेल सरह हुन्थ्यो । विश्वभरबाट यो खेलको त्यतिनै प्रतिक्षा गरिन्थ्यो, जति विश्वकपको हुन्थ्यो ।

त्यसबेला युरोपियन लिग, अझ विशेषगरी ला लिगाको रौनकता छुट्टै थियो, चर्चा–विश्लेषण हुन्थे । तर, सन् २०१८ मा रोनाल्डो रियल छोडेर इटालियन क्लब युभेन्टसमा अनुबन्ध भएपछि एल क्लासिको रौनकता घट्न थाल्यो ।

LS Auto

त्यसको तीन वर्षपछि अर्जेन्टिनी स्ट्राइकर मेसीले पनि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जान बार्सिलोना छोडे । यसपछि त झन्, फुटबल समर्थकले ला लिगाकै स्तर खस्किएको अनुभूति गर्न थाले ।

मेसी र रोनाल्डो ला लिगामा नहुँदा पनि युरोपियन लिगमै थिए । फुबटल ‘फ्यान’ हरूको मन युरोपका शीर्ष पाँच डिभिजनतिरै अडिएको थियो ।

तर, पछिल्लो समय युरोपेली फुटबलका लागि एक खराब समय आयो । जब रोनाल्डो र मेसीसँगै अरू स्टार खेलाडीहरूले भटाभट युरोपेली क्लबहरू छोड्न थाले ।

पोर्चुगिज स्टार खेलाडी रोनाल्डो १ जनवरी २०२३ मा साउदी अरेबियन क्लब अल नासरमा अनुबन्धित भए । रोनाल्डोसँगसँगै उनका समर्थकको रुचि पनि अब अल नासरले खेल्ने लिगहरूतर्फ आकर्षित बन्यो ।

विश्वकप विजेता मेसी १५ जुलाई २०२३ अमेरिकन क्लब इन्टर मियामीमा आबद्ध भएर मेजर सकर लिग खेल्न थाले । मेसीका फ्यानको रोजाइ पनि त्यसतिर ढल्क्यो । इंग्ल्यान्डका पूर्वखेलाडी डेभिड बेकह्यामको क्लब इन्टर मियामीले मेसीलाई मात्र नभएर सर्जियो बुस्क्वेटलाई पनि अघिल्लै वर्ष किन्यो । यसै वर्षको सुरुमा उरुग्वेका स्टार लुइस स्वारेज पनि मेसीसँग खेल्न मियामी पुगे । जोर्डी अल्बाले पनि मियामीबाटै खेल्न बार्सिलोना छोडे ।

गत वर्ष नै ब्राजिलका स्टार खेलाडी नेयमार पिएसजी छोडेर साउदीकै क्लब अल हिलाल हानिए । लिभरपुलबाट चम्किएका सेनेगलका खेलाडी साडियो मानेले पनि बायर्न म्युनिख छोडेर साउदीकै अल नासर रोजे । यस्तै फ्रान्सका विश्वकप विजेता करिम बेन्जेमाले रियल मड्रिड छोडेर साउदीको अल इतिहादबाट व्यवसायिक फुटबल खेल्ने निर्णयमा पुगे । रोबर्टो फिर्मिन्हो, फाबिन्हो, एनगोलो कान्टेले पनि युरोपियन लिग छोडेर साउदीका विभिन्न क्लबहरूमा आबद्ध भए ।

यसरी, स्टार खेलाडीहरू पारिश्रमिकको लोभमा अरू देशका क्लबहरूमा आबद्ध भइहरँदा उनीहरूसँगै समर्थकको चासोसमेत कम भएपछि युरोपियन शीर्ष डिभिजनका लिगको रौनकतामा गिरावट आएको छ ।

विश्वभरिका फुटबल समर्थकले निकै चासोका साथ हेर्ने युरोपियन लिगप्रति चर्चा क्रमश घटिरहेको छ । स्टार खेलाडीहरु आवद्ध हुनुअघि अन्तराष्ट्रिय चर्चा पाउन नसकेका साउदीका लिगहरू अहिले प्रमुख प्राथमितामा परेका छन् ।

युरोपियन राष्ट्रहरूमा आयोजना हुने पाँचवटा लिगमा इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’, जर्मन बुन्डेस लिगा र फ्रेन्च लिग ‘वान’ मा पछिल्लो समय केही स्टार युवा फुटबलरहरू नभएको भने होइन ।

हालै सम्पन्न युरोकपबाट चर्चामा आएका १७ वर्षीय लेमिन यमलले बार्सिलोनाआबद्ध भएर ला लिगा खेलिरहेका छन् । हालैमात्र विश्वकप विजेता किलियन एम्बाप्पे पिएसजी छोडेर रियल मड्रिड आए ।

भेट्रान फुटबलर रोबर्ट लेवान्डोस्कीले अझै बार्सिलोनाका लागि खेलिरहेका छन् । नर्वेका इयर्लिङ हालान्डले म्यानचेस्टर सिटीबाट प्रिमियर लिगमा तहल्कै पिटिरहेका छन् ।

प्रिमियर लिगमै मोहम्मद सालाह, ह्यारी केन, केभिन डी ब्रुयनलगायत खेलाडीहरू पनि छन् । तथापि, यी लिगहरूमा पहिलेको तुलनामा रोमाञ्चकता खस्किएको आभास पाउन सकिन्छ ।

फ्रेन्च लिग वान क्लब पिएजीकै कुरा गर्नुपर्दा कुनै बेला ब्राजिलियन नेयमार, फ्रान्सका किलियन एम्बाप्पे, अर्जेन्टिनाका लियोनल मेसी, स्पेनका सर्जियो रामोसलगायत खेलाडीलाई एकसाथ मैदान उतार्ने सामर्थ्य राख्थ्यो ।

‘ड्रिम प्रोजेक्ट’ भन्दै कतारको लगानीबाट सञ्चालित फ्रान्सेली क्लब पिएसजीका मालिक नासर अल खिलाइफीले युरोपियन शीर्ष पाँच लिग खेल्ने स्टार खेलाडी थुपारेका थिए । मैदानमा त्यसबेला स्टार खेलाडीले भरिपूर्ण हुन्थ्यो पिएसजी ।

फरवार्ड लाइनमा मेस्सी, नेयमार र एम्बाप्पे अथवा डी मारिया अनि डिफेन्सिङ लाइनमा रामोस, अच्राफ हाकिमीलगायत । तर, विस्तारै पिएसजी अहिले स्टार खेलाडीविहीन बन्दै गइरहेको छ ।

सर्वाधिक धेरै २५६ गोल गरेका एम्बाप्पेको बहिर्गमनपछि त झन् पिएसजीमा शून्यताकै अवस्था नै ल्याएको छ । स्टार खेलाडीहरु पलायन भएपछि पिएसजीको ‘सान’ त ढल्यो नै फ्रेन्च लिगकै रोमाञ्चकता खस्किने अनुमान छ ।

Tags: #प्रिमियर लिग#फ्रेन्च लिग वान#बुन्डेस लिगा#युरोपियन फुटबल लिग#सिरी ए#स्पेनिस ला लिगा

लोकप्रीय

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

सोमवार कार्तिक १७ , २०८२
खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ?

खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ?

सोमवार कार्तिक १७ , २०८२

विचार

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

सोमवार कार्तिक १७ , २०८२
खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ?

खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ?

सोमवार कार्तिक १७ , २०८२

थप समाचार

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा
खेलकुद

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने
ताजा समाचार

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

सोमवार कार्तिक १७ , २०८२
खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ?
ताजा समाचार

खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ?

सोमवार कार्तिक १७ , २०८२
अफगानिस्तानमा मध्यरातमा शक्तिशाली भूकम्प, ४ देशमा कम्पन
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा मध्यरातमा शक्तिशाली भूकम्प, ४ देशमा कम्पन

सोमवार कार्तिक १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय

आइतवार कार्तिक १६ , २०८२

हालका पोस्टहरू

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

सोमवार कार्तिक १७ , २०८२
खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ?

खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ?

सोमवार कार्तिक १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.