×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

दिल्लीमा आरजुको पावर,ब्यस्त मोदीले पनि समय निकाले

४ भाद्र २०८१

४ भदौ ,विराटनगर।

नेपालको राजनीतिमा छिमेकी मुलुकभारतको प्रभाव र चासो कसैका लागि नलुकेको विषय हो । राजनीति समीकरणदेखि सरकार बनाउने र भत्काउने अपवाद बाहेकका घटनामा भारतको हस्तक्षेप रहेको छ भन्दा अत्युक्ति नहोला ! यहाँसम्मकी देशमा दूरगामी असर गर्ने निर्णय गर्दा समेत भारतको पक्षमा उभिएर कतिपय निर्णयहरु हुने गरेका छन् ।

Advertisement
Advertisement

यसैले भनिन्छ , नेपालको जलस्रोतमा भारतको एकाधिकार जत्तिकै छ। अधिकांश आयोजना कि त नेपाल विद्युत प्राधिकरण कि त भारतको मातहत रहेका छन् । नेपालमा भारतको दबदबा कति छ भन्ने पुस्ट्याइँ चाँही गत वर्षको असारमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको अभिव्यक्ति सुन्दा पुग्छ ।

प्रचण्डले एक सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय व्यापारी प्रितम सिंहले दिल्लीसमेत धाएर धेरै मिहिनेत गरेको बताएका थिए ।नेपालका लागि भारतका राजदूत सहभागी कार्यक्रममा उनले भनेका थिए, ‘उहाँ (प्रितम सिंह)ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटी दिल्ली जानु पनि भयो । काठमाडौंमा नेता साथीहरूसँग लगातार छलफल गर्नुभयो ।’

दाहालको यस्तो अभिव्यक्ति आइरहँदा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत कार्यक्रममै सहभागी हुनुहुन्थ्यो ।’ यो अभिब्यक्तिपछि उनी चौतर्फी रुपमा आलोचनाको शिकार बने, उनलाई आफ्नो पद जोगाउन नै धौधौ परेको थियो । पछिल्लोपटक भने भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा नेतृत्वको टोलीलाई हेर्दा नेपाली राजनीति र राजनीतिकर्मीमाथि भारतको प्रभावबारे स्पष्ट खाका कोर्न सकिन्छ ।

पाँचदिने भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाले सोमबार साँझभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरिन् । हैदरावाद हाउसमा मोदी र राणाबीचको भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको थियो । भेटपछि परराष्ट्रमन्त्री राणाले नेपालको परराष्ट्रमन्त्रीका रूपमा आफ्नो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा गरिन् ।

मोदीले पनि लगत्तै सामाजिक सञ्जाल ‘एक्स’ मा लेखे, ‘नेपालकी परराष्ट्रमन्त्रीलाई स्वागत पाउँदा खुसी लाग्यो । भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध र प्रगतिशील र बहुआयामिक साझेदारी छ । विकास साझेदारीमा निरन्तर गतिका लागि हामी तत्पर छौं ।’ कूटनीतिक मामिलाका जानकारहरू पनि परराष्ट्रमन्त्री र भारतीय प्रधानमन्त्री मोदीबीचको भेटवार्ताले ठूलो अर्थ राख्ने औंल्याउँछन् ।

यसमा सम्भवत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मोदीबीचको ‘दोस्ताना’ ले गर्दा पनि यो भेट सफल भएको हो कि ! भन्ने चर्चा राजनीतिक वृत्तमा छ । परराष्ट्रमन्त्रीको हैसियतमा भारत जाँदा प्रधानमन्त्रीलाई भेट्न सफल हुनुले पनि राणाको चर्चा चौतर्फी छ । विशेषगरी दुई वर्षअघि प्रधानमन्त्रीको हैसियतमा भारत पुगेका प्रचण्डलाई मोदीले नभेटेका कारण पनि यो चर्चाले व्यापकता पाएको होला !

२०७९ को असारतिर भारत भ्रमणका लागि दिल्ली प्रस्थान हुँदैगर्दा तत्कालीन प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीसँग भेट्ने तय भएको थियो । अझ, भनौं मोदीसँग भेट हुने आश्वासन प्रचण्डलाई दिइएको थियो । प्रचण्डलाई दिल्ली भ्रमणका लागि प्रस्ताव आएपछि उनले मोदीसँग भेट हुने सुनिश्चितता खोजेका थिए । किनकी, प्रचण्डले त्यस्तो बेला भारत भ्रमणमा जानै परेको थियो, जुन बेला अर्को छिमेकी मुलुक चीनको कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले नेपाल भ्रमण गरेको २४ घण्टा पनि बितिसकेको थिएन ।

त्यसमाथि आम चुनावको पूवार्धमा भारत भ्रमण गर्दा राजनीतिक रूपमा जाने सन्देश पनि त्यस्तै थियो । तीनदिने भ्रमणका क्रममा भारत पुगेका प्रचण्डलाई भारतकी तत्कालीन विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत् गरेकी थिइन् भने उनले विदेशमन्त्री, सुरक्षा सल्लाहकार र भारतीय जनता पार्टीका अध्यक्षसँगभेट गरेका थिए । तर, अन्तिम समयमा आएर मोदीले प्रचण्डलाई भेटेनन् ।

Advertisement

भारतबाट फर्किएपछि मोदीसँग भेट हुन नसक्नुमा प्रचण्डले अनभिज्ञता जाहेर गरेका थिए । त्यसबेला प्रचण्ड–मोदीबीच भेटघाट हुन नसक्नुमा अनेक कारण थिए होलान् । तर, प्रधानमन्त्रीको हैसियतमा आफ्नो देश आउने समकक्षीलाई मोदीले भेट नदिएपछि धैरै दृष्टिकोणबाट व्याख्या–विश्लेषण भयो । विदेश पाहुनालाई अन्तिम समयमा आएर नभेट्नुको ठूलो अर्थ राख्छ । जुन सन्देश मोदीले दिएका थिए ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top