पार्टीको जिम्मेवारी ह्यारिसलाई दिँदै बाइडेनले भने : मेरो कार्यकालमा राम्रो काम गरेँ

३ भदौ ८१, मंगलबार

४ भदौ, विराटनगर । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पार्टीको जिम्मेवारी हस्तान्तरण गरेका छन् ।

सोमबार सिकागोमा भएको पार्टीको अधिवेशनमा आफूले सकेजति देशका लागि सबै थोक दिएको भन्दै उनले पार्टीको जिम्मेवारी कमला ह्यारिसलाई हस्तान्तरण गरेका हुन् ।

बिदाइको क्षणमा ८१ वर्षीय बाइडेनले उपराष्ट्रपति ह्यारिसलाई नोभेम्बरमा हुन लागेको निर्वाचनका लागि शुभेक्षासमेत प्रकट गरेका छन् ।

‘अमेरिका, अमेरिका, मैले तिम्रा लागि सक्दो योगदान गरेँ,’ उनले करिब एक घण्टा लामो सम्बोधनका क्रममा देशभक्तिपूर्ण एक कवितांश उद्धृत गर्दै भने ।

उनले नोभेम्बरमा डोनाल्ड ट्रम्पविरुद्ध उपराष्ट्रपतिलाई व्यापक समर्थन गर्न मतदातासँग आग्रह पनि गरे ।

सन् २०२४ को ह्वाइट हाउसको दौडबाट बाहिरिने बाइडेनको निर्णयलाई सम्मेलनमा भेला भएका शुभचिन्तकको भीडले तालीको गडगडाहतसहित भव्य स्वागत गरेको थियो ।

बाइडेनले डोनाल्ड ट्रम्पलाई संकेत गर्दै ‘आफूलाई पद छोड्ने कुराले कुनै समस्या नपारेको’ बताएका छन् । सन् २०२० मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा तत्कालीन राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै पदबाट जाने समयमा देखाएको व्यवहारलाई लिएर कतिपय अमेरिकी रिपब्लिकन पार्टीका नेताहरू पनि खुशी थिएनन् ।

बाइडेनको कमजोर प्रस्तुतीका कारण डेमोक्र्याटिक पार्टीको निर्वाचनप्रति चिन्ता व्यक्त गरेका डेमोक्र्याटहरूको चासोलाई सम्बोधन गर्न र पार्टीलाई पुनः सक्रिय पार्न ह्यारिस सफल भएकी छन् ।

पाँच दशकलामो राजनीतिक जीवनको आसन्न अन्त्यबारे सोचिरहेका बेला उनले ट्रम्प प्रशासन ओभल अफिसमा नफर्कियोस् भनेर आफूले जे सोचेका थिएँ, त्यही गरेको बताए ।

प्रथम महिला जिल बाइडेन र छोरी एश्लेको परिचयपछि बाइडेन र ह्यारिस मञ्चमा प्रवेश गर्दा चार मिनेटको लामो तालीको गडगडाहटले स्वागत गरिएको थियो भने प्रतिक्रियामा बाइडेन र ह्यारिस दुवैले आँसु पुछेका थिए ।

‘हायर लभ’ बोलको गीतमा स्टेजबाट बाहिरिनुअघि बाइडेनले बिदाइ भाषण गर्दा दर्शक दिर्घामा रहेका धेरै जनाको गहभरी आँशु भरिएको देखिन्थ्यो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top