NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स शनिबार भदौ २८ , २०८२
रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ? शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ? शनिबार भदौ २८ , २०८२
सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद् शनिबार भदौ २८ , २०८२
धेरै क्षेत्रमा हट्यो कफ्र्यु–निषेधाज्ञा,जनजीवन लयमा, अब सबै सच्चिऔं शनिबार भदौ २८ , २०८२
Next
Prev

समाचार

मस्कले गरे AI को दूरुपयोग,बनाए ट्रम्प र ह्यारिसको रोमान्स भिडियो

मङ्लबार भदौ ४ , २०८१
Reading Time: 1 min read
A A
मस्कले गरे AI को दूरुपयोग,बनाए ट्रम्प र ह्यारिसको रोमान्स भिडियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ भदौ ,काठमाण्डौ ।
यतिबेला महाशक्ति राष्ट्र अमेरिका २ महिनापछि हुने नयाँ राष्ट्रपतिको चटारोमा छ। आगामी राष्ट्रपतिका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस चुनावी मैदानमा छन् । चुनावी पोलहरुले अहिलेको अवस्थामा ट्रम्प भन्दा ह्यारिसलाई अग्रस्थानमा रहेको देखाइरहेका छन् । फेरि ट्रम्पको चुनावी अभियानलाई इरानले ह्याक गरेको अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले दाबी गरेपछि यी विषय ट्रम्पको टाउको दुखाई बनिरहेका छन् ।

चुनावी सरगर्मीकै बीच ट्रम्पले दिएको केही दिन अघि मात्रै एक चुनावी सभामा आफू हमला ह्यारिस भन्दा कयौं गुणा सुन्दर रहेको भन्ने अभिब्यक्तिको चर्चाकै बीच ट्रम्पलाई ह्यारिससँग रोमान्स गर्दै गरेको अवस्थामा देखाइएको छ । तर यो भिडियो भने अरु कसैले नभएर अमेरिकी अर्बपति तथा ट्रम्पकै समर्थक एलोन मस्कको कम्पनीले बनाएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगबाट बनाइएको यो भिडियो अहिले भाइरल बनेको छ ।

एआईको आगमनले संसारमा नयाँ परिवर्तन ल्याएको छ। यसले धेरै कार्यहरू सजिलो बनाएको छ र आज यो हरेक क्षेत्रमा व्यापक रूपमा प्रयोग भइरहेको छ। धेरै सकारात्मक उपयोगका साथसाथै यसको नकारात्मक प्रभाव पनि छ। चुनावकै बीचमा ट्रम्प र ह्यारिसको एआई जेनेरेट गरिएको भिडियो सामाजिक सञ्जाल साइटहरूमा सेयर भइरहेको छ। यो भिडियो एक्स मालिक एलोन मस्कको एआई फर्म XAI द्वारा बनाईएको हो ।

LS Auto

मस्क भने ट्रम्पलाई चुनाव जिताउने अभियानमा छन् । चुनावी अभियानकै क्रममा उनले लाखौं डलर सहयोग गर्दै आएका छन् भने ट्रम्पले पनि मस्कलाई मन्त्री बनाउने सम्मको आश्वासन दिएका छन् । केही दिन अघि मात्रै उनले ट्रम्पको अन्तर्वाता समेत लिएका थिए । यता दुई राष्ट्रपतिका उम्मेदवारको रोमान्ससहितको भिडियो बनाउने उपकरण Grok–2  भने अहिले विवादको केन्द्र बनेको छ।

यो भिडियो सार्वजनिक भएपछि मानिसहरुले विभिन्न किसिमका प्रतिक्रिया दिइरहेका छन् । वास्तवमा, २०२४ को राष्ट्रपतीय चुनावमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिस एकअर्काका प्रतिद्वन्द्वी हुन् तर एआई भिडियोमा दुवैलाई प्रेमीका रूपमा देखाइएको छ। एआई भिडियोमा कमला ह्यारिस र ट्रम्प रोमान्स गर्दै देखिएका छन् ।

कतै उनीहरु एकअर्कालाई चुम्बन गरिरहेका छन् त कतै समुद्र तटमा एकअर्कासँग सुन्दर पलहरु बिताइरहेका छन् । भिडियोमा ट्रम्प र कमलाका छोरालाई पनि देखाइएको छ, जसलाई दुवैले खुवाउँदैछन् । यो क्लिपमा मानिसहरूले आ–आफ्नो प्रतिक्रिया दिइरहेका छन्। क्लिपमा ट्रम्पलाई हातमा नेल पालिस लगाएको देखाइएको थियो, जसमा एक प्रयोगकर्ताले ट्रम्पलाई LGBTQ भनेका थिए।

यसबाहेक, धेरै प्रयोगकर्ताहरूले एआईको दुरुपयोग र यसले व्यक्तिको गोपनीयतामा खतराको बारेमा चिन्ता व्यक्त गरेका छन्। एलोन मस्कले आफ्नो  AI Grok–2 धेरै प्रचार गर्दै छन्। यसबाट विभिन्न प्रयोगकर्ताहरूले विभिन्न प्रकारका एआई भिडियो र चित्रहरू बनाउँदैछन्। एक प्रयोगकर्ताले एआईसँग डायपर लगाएको जो बाइडेनको तस्बिर बनाएर सार्वजनिक गरेका थिए ।

यस्ता भिडियो र तस्बिरहरूले मानिसको जीवनमा एआईको प्रयोगले पार्ने प्रभावलाई लिएर प्रश्न उठाइरहेका छन्। केही दिन अघि मात्रै एआईकै दूरुपयोग गरेको अभियोगमा नेपाल प्रहरीले साइबर ब्युरोले बाजुराका एक युवकलाई पक्राउ गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर विशिष्ट व्यक्तिहरुको फेक भिडिओ बनाउँदै आएका बाजुराका २२ वर्षीय रमेशबहादुर रावतलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ । हालैमात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोललाई जोडेर बनाइएको एआइ भिडिओ भाइरल भएको थियो । त्यसविरुद्ध सुनिताले साइबर ब्यूरोमा उजुरी समेत गरेकी थिइन् । उनले अरु पनि फेक भिडिओ बनाउने गरेको पाइएको छ ।

तीन पार्टीका प्रमुख नेताहरु डान्स गरेको भिडिओ पनि उनले बनाएका थिए । उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी अनुशन्धान भईरहेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थीले बताएका छन् ।

Tags: # ट्रम्प र ह्यारिस# ट्रम्प र ह्यारिसको रोमान्स भिडियो#AI को दूरुपयोग#भिडियो भाइरल

लोकप्रीय

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

शनिबार भदौ २८ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

शनिबार भदौ २८ , २०८२

विचार

थप समाचार

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स
ताजा समाचार

सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद्
ताजा समाचार

सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद्

शनिबार भदौ २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

हालका पोस्टहरू

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

शनिबार भदौ २८ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

शनिबार भदौ २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.