×

NEPAL TIMES UPDATES

Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026

पत्नी आरजु पुस्तक किन्ने, पति शेरबहादुर पुस्तक नफर्काउने

४ भाद्र २०८१

४ भदौ , विराटनगर ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा यतिबेला छिमेकी राष्ट्रको भ्रमणमा छिन् । भ्रमणका मुख्य उपलब्धि रहने त्याहाका प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी विदेश मन्त्री एस जयशंकरसँग उनको भेट भईसकेको छ । तर उनी अझै दिल्ली घुम्नेछिन् । भदौ ६ गतेमात्रै उनी स्वदेश फर्किने कार्यक्रम छ। फुर्सदिलो समय लिएर दिल्ली पुगेकी आरजु स्थानीय खान मार्केटमा पुगेर पुस्तक पढ्न र किन्न समेत भ्याएकी छिन् ।

Advertisement
Advertisement

भारतको महत्वपूर्ण भ्रमणका क्रममा पनि पुस्तकालयको भ्रमण गर्न पुगेको आरजुको तस्विर भारतस्थित नेपाली दूतावासले सार्वजनिक गरेपछि मिश्रित प्रतिक्रिया आइरहेका छन् । कतिपयले उनलाई अध्ययनशील भनेका छन् भने केहीले भारतका सचिवसम्मले नेपालमा २ दिन समय लिएर आउने र एकै दिनमा भेटवार्ता सक्ने भएपनि यताका मन्त्री समेत उता जादा फुर्सदिला भएर पुस्तकालय घुम्न जान भ्याएको भन्दै टिप्पणी गरेका छन् ।

सामाजिक संजालमा यसका विषयमा मिश्रित प्रतिक्रिया आएपनि सारमा बुझ्न सकिन्छ उनी अध्ययनशील छिन् र आफूलाई चाहिएको पुस्तक पढ्न र किन्न खान मार्केट पुगिन् । आरजुको पुस्तकमोहको चर्चा चलिरहेका बेला उनका पति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने पुस्तक लगेर पनि नदिएको भन्दै सार्वजनिक रुपमा आलोचित बनेका छन् । अभियन्ता भारती सिलवालले नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवालाई धेरै वर्षअघि लगेको आफ्नो एक पुस्तक फिर्ता गर्न आग्रह गरेकी छन् ।

मंगलबार काठमाडौँमा नेपाली कांग्रेसका स्व. नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै सिलवालले गिरीको योगदानको चर्चा गर्दै सभापति देउवालाई उक्त पुस्तक फिर्ता गरिदिन आग्रह गरेकी हुन् । ‘शेरबहादुरजीले मेरो लानुभएको त्यो कृष्णमुर्तिको किताब ।

उहाँ गृहमन्त्री पनि भइसक्नुभयो’, सिलवालले भनिन्, ‘पाँच चोटि प्रधानमन्त्री पनि भइसक्नुभयो । अझ छैटौँ पटक प्रधानमन्त्री हुने सम्भावना छ । तर, उहाँले मेरो किताब फर्काउनुभएको छैन । म त्यो किताबको प्रतीक्षामा छु ।’ सिलवालले १९९० तिर देउवाले आफ्नो कोठाबाट जयकृष्णमुर्तिको किताब लगेको बताइन् । तर सोही कार्यक्रमै देउवाले अभियन्ता भारती सिलवाललाई किताब लिएकोबारे आफूलाई जानकारी नै नभएको जवाफ दिएका छन् ।

स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै उनले किताब लगेको आफूलाई सम्झनामै नभएको बताएका हुन्। लगेको भए पनि किताबले आफूलाई फाइदै गरेको होला भन्दै उनले सिलवाललाई धन्यवाद दिए । ‘के किताब उहाँको मैले लगेँ भनेर मलाइ सम्झना छैन । किताबले मलाई फाइदा भएको होला । धन्यवाद दिन चाहन्छु‚’ देउवाले भने । पुस्तक लगेको तर फिर्ता नगरेको चर्चा यतिमै सिमित भएन । कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले शेरबहादुर देउवा पढ्ने व्यक्ति भएको सन्देश भारती गिरीले दिन खोजेको भन्दै व्यङ्ग्य गरे । उनले भने‚‘३२ वर्ष अघि प्रमुख अतिथिजीले उहाँबाट एक किताब लिएर जानुभए छ । ३२ वर्षपछि उहाँले किताबको अपेक्षा गरेर प्राप्त हुन्छ भनेर चर्चा गरेको जस्तो लागेन बढो जोडका साथ भन्नुभयो । तर पाइन्छ भनेर चर्चा गरेको ठानेको छैन । दुई सन्देश देखेको छु ।’

Advertisement

उनले नेपालका राजनीतिक दलका नेताहरूले पढ्दैनन् भन्ने भाष्यलाई चिर्ने सन्देश गएको भन्दै थपे‚‘ भारतीजीको मनमा के छ थाहा छैन । नेपालको नेता पढ्दैनन् भन्ने भाष्य छ शेरबहादुर देउवाजी पढ्ने मान्छे हो भन्ने सन्देश दिन खोज्नुभयो । दोस्रो कुरा राजनीति गर्ने मान्छे पढ्नु पर्दछ जे कृष्णमूर्ती जस्ता किताब सहभागीले पनि पढ्नुभयो भने समाजलाई बुझ्न सहज हुन्छ भन्ने सन्देश दिन खोज्नुभयो ।’

भर्खरको समाचार

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

सम्बन्धित खबरहरु

Scroll to Top