NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा मङ्लबार असार १७ , २०८२
देउवाले राजनीतिक विश्राम लिनेमा शंका  मङ्लबार असार १७ , २०८२
रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित मङ्लबार असार १७ , २०८२
इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन मङ्लबार असार १७ , २०८२
पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

ट्रम्पको चुनाव प्रचार इरानले किन गर्याे ह्याकिंग ?

मङ्लबार भदौ ४ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
एलन मस्कलाई सल्लाहकार बनाउने बारे के भन्छन् ट्रम्प ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ भदौ , विराटनगर ।
आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनको घनिभूत प्रचार प्रसार चलिरहदा विश्वको ध्यान पनि त्यसैले खिचिरहेको छ । चुनावी प्रचारकै बीच आफूले निर्वाचन जिते टेस्लाका सीईओ एलन मस्कलाई मन्त्रीपरिषद्मा ठाउँ दिने अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् ।

आफूले दोस्रो कार्यकाल जितेमा मस्कलाई मन्त्रीपरिषद्मा ठाउँ वा आफ्नो प्रशासनका लागि सल्लाहकारको भूमिका दिइने ट्रम्पको योजना रहेकोमा नयाँ विद्युतीय कारलाई दिँदै आएको ७ हजार ५०० डलरको कर कर्जा भने खारेज गरिने बताइएको छ । यसले टेस्लाको व्यवसायलाई प्रभावित बनाउने विश्लेषण गरिएको छ । अर्कातिर ट्रम्पको चुनाव प्रचार–प्रसार अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको अमेरिकी गुप्तचर अधिकारीहरूले दाबी सहित खुलासा गरेका छन्।

इरानले अमेरिकी चुनावमा लोकतान्त्रिक संस्थाहरूमा कलह बढाउने र विश्वास कम गर्न हस्तक्षेप गर्ने निर्णय गरेको अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र अन्य अनुसन्धान एजेन्सीहरूद्धारा विज्ञप्तिमा उल्लेख गरिएको छ । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव प्रचार–प्रसार अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको खुलासा अमेरिकी गुप्तचर अधिकारीहरूले दाबी सहित गरेका छन्। अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र अन्य अनुसन्धान एजेन्सीहरूले यसबारे बयान जारी गरेका छन् ।

Advertisement

‘इरानले अमेरिकी चुनावमा लोकतान्त्रिक संस्थाहरूमा कलह बढाउने र विश्वास कम गर्न हस्तक्षेप गर्ने निर्णय गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ । इरानले सामाजिक इन्जिनियरिङ र अन्य प्रयासको माध्यमबाट दुवै राजनीतिक दलको राष्ट्रपति अभियानको साथमा यस्तो गर्ने प्रयास गरेको विज्ञप्तिमा भनिएको छ । आफ्नो आन्तरिक सञ्चार ह्याक गर्नु पछाडि इरानी ह्याकरहरूको हात रहेको हालै मात्र ट्रम्पको चुनावी अभियानले पनि बताएको थियो ।

तर ट्रम्पको चुनावी अभियानको यो दाबीलाई इरानी अधिकारीहरूले अस्वीकार गरेका थिए । एफबीआई र अन्य सङ्घीय निकायहरूले संयुक्त विज्ञप्ति निकाल्दै इरानले अमेरिकी चुनावमा हस्तक्षेप गर्ने निर्णय लिएर ‘वैमनस्य उत्पन्न गराउन र लोकतान्त्रिक संस्थाहरूप्रतिको विश्वासलाई अवमूल्यन गर्न खोजेको’ बताइएको छ। ट्रम्पको अभियानले आफ्नो आन्तरिक सन्देशहरूलाई इरानले ह्याक गरेको आरोप डेढ साताअघि लगाएको थियो।

तर इरानी अधिकारीहरूले भने त्यसलाई अस्वीकार गर्दै आएका छन्।उक्त अनुसन्धानबारे जानकार स्रोतहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई बताए अनुसार इरानी ह्याकरहरूले डोमोक्र्याटिक दलकी प्रत्याशी कमला ह्यारिसको अभियानलाई पनि निशाना बनाएको आशङ्का गरिएको छ।

“(गुप्तचरहरूको समुदाय) विश्वस्त छ कि इरानीहरूले भित्रसम्म सामाजिक इन्जिनियरिङ र अन्य प्रयासबाट दुवै राजनीतिक दलको चुनावी अभियानसम्म प्रत्यक्ष पहुँच भएका व्यक्तिसम्म पुग्ने प्रयास गरेका छन्,यस्ता गतिविधि जसमा चोरी र भण्डाफोर गर्नु पर्छन्, तिनको उद्देश्य अमेरिकी चुनावलाई प्रभावित तुल्याउनु हो।” एउटा विज्ञप्तिमा अमेरिकी गुप्तचर अधिकारीहरूले भनेका छन्।

ट्रम्प अभियानलाई सक्कली जस्तो देखिने र क्लिक गर्न भरोसा दिलाउने प्रकारको फिशिङ इमेल आएको विवरणहरूमा जनाइएको छ।ह्यारिसको अभियानले अघिल्लो हप्ता आफूमाथि पनि त्यस्तो फिशिङ आक्रमण भएको तर त्यो विफल भएको जनाएको थियो।सोमवार त्यसरी वक्तव्य दिने निकायहरूमध्ये एफबीआई, राष्ट्रिय गुप्तचर निकायको निर्देशकको कार्यालय, साइबर सुरक्षा र पूर्वाधार सुरक्षा एजेन्सीले यस्तो रणनीति ‘नयाँ नभएको’ र विगतका चुनावमा रुस तथा इरानले यस्तै उपायहरूको प्रयोग गरेको जनाएका छन् ।

तरअहिलेसम्म कुन वा के कस्ता सूचना चोरिए भन्ने प्रस्ट भइसकेको छैन। सार्वजनिक रूपमा उपलब्ध जानकारीहरू मात्रै ह्याकरले प्राप्त गरेको ट्रम्पले जनाएका छन्।द न्यूयोर्क टाइम्स, पोलिटिको र द वाशिङटन पोस्टले ती गोप्य सूचनाहरू ट्रम्पको चुनावी अभियानभित्र उनका उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्सलाई छनोट गर्नेबारे भएको जनाएका छन्। तर उनीहरूले हालसम्म विस्तृतमा जानकारीहरू प्रस्तुत गरिसकेका छैनन्।

ह्यारिसको अभियानले अघिल्लो हप्ता आफूमाथि पनि त्यस्तो फिशिङ आक्रमण भएको जनाएको थियो। यहिबिच अर्कातर्फ भने बाइडेनले आफ्नो बिदाइको भाषण दिन नचाहेका खबरहरु बाहिरिएका वेला । सोमबार बाइडेनले बिदाइ भाषण दिएका थिए । स्टेजमा आएपछि निकै भावुक बनेका बाईडेनले सबैभन्दा पहिले आफ्नी छोरी एश्ले बाइडेनलाई अँगालो हालेका थिए ।

आफ्नो पूरै भाषणमा आफ्नो हरेक काममा उपराष्ट्रपति कमला ह्यारिसको नाम जोडे उनले भाषणका क्रममा पनिपटक पटक ह्यारिसको प्रशंसा पनि गरे। उपस्थित भीडलाई धन्यवाद दिँदै उनले भनेका थिए, ‘अमेरिका, म तिमीलाई माया गर्छु ।’ त्यसपछि उनले भीडलाई ‘के तपाईँहरू कमला ह्यारिस र टिम वाल्जलाई चुन्न तयार हुनुहुन्छ ?’ भनेर पनि सोधेका थिए ।

यसैक्रममा आफ्ना उपलब्धिहरू समेत सुनाएका बाइडेनले ट्रम्पलाई भने लोकतन्त्रका लागि खतरा भन्दै भाषणका क्रममासन् २०२१ को जनवरी ६ मा क्यापिटल हिलमा भएको हिंसाको पनि उल्लेख गरेका छन। उनले भनेका छन, ‘अमेरिकामा राजनीतिक हिंसाको कुनै ठाउँ छैन’। ट्रम्पले हारे भने रक्तपात हुन्छ भनेर खाएको कसमलाई उद्धृत गर्दै बाइडेनले क्यापिटल हिलमा भएको जस्तै हिंसाको खतरा अझै रहेको बताएका हुन ।

ट्रम्पको चुनाव प्रचार–प्रसार अभियान ह्याकिंगमा इरानको हात रहेको खबर बाहिरिरहेको वेलामा इरानले चुनावको परिणामलाई प्रभावित तुल्याउन चाहेको र उसका राष्ट्रिय सुरक्षा चासोमा पर्न सक्ने उल्लेखनीय प्रभावलाई उसले ध्यान दिइरहेको अमेरिकी अधिकारीहरूको भनाई छ । अमेरिकी गुप्तचर निकायहरूले ‘चुनावी समयमा आफूहरूले इरानको गतिविधि थप आक्रामक बन्दै गएको देखिरहेको’ भनेकाले सन्दिग्ध इरानी ह्याकरहरूलाई लिएर चिन्ताहरू पनि बढ्दै गएको छ ।

ह्वाइट हाउसको दौडबाट अघिल्लो महिना राष्ट्रपति बाइडेनले आफूलाई अलग गर्नुअघि इरानी ह्याकरहरूले उनी र ट्रम्प दुवैको अभियानलाई निशाना बनाएको गुगलले जनाएको छ भने हालै केही दिन अघि मात्रै माइक्रोसफ्टले इरानसँग सम्बन्धित समूहबाट ‘प्रभाव पार्ने खालका उल्लेखनीय गतिविधि सुरु भएको’ आफूले देखेको बताएको थियो। तपाईले भने ट्रम्पको चुनाव प्रचार–प्रसार अभियान ह्याकिंगमा इरानको हात रहेको तथा ट्रम्पले मस्कलाई मन्त्री बनाउने अनि बाइडेनको अन्तिम बदिाइ भाषणलाई कसरी नियालरहनु भएको छ ? आफना विचारहरु अवश्य व्यक्त गर्नुहोला ।

Tags: #ट्रम्पले मस्कलाई मन्त्री बनाउने#बाइडेन बिदाइमा भावुक

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

देउवाले राजनीतिक विश्राम लिनेमा शंका 

मङ्लबार असार १७ , २०८२
रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

मङ्लबार असार १७ , २०८२

विचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

देउवाले राजनीतिक विश्राम लिनेमा शंका 

मङ्लबार असार १७ , २०८२
रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

मङ्लबार असार १७ , २०८२

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
अपराध

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट
ताजा समाचार

देउवाले राजनीतिक विश्राम लिनेमा शंका 

मङ्लबार असार १७ , २०८२
रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित
खेलकुद

रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

मङ्लबार असार १७ , २०८२
इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन
खेलकुद

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

देउवाले राजनीतिक विश्राम लिनेमा शंका 

मङ्लबार असार १७ , २०८२
रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.