५ भदौ, विराटनगर ।
प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) ‘प्लेयर अफ द इयर’ को अवार्ड म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेनले जितेका छन् ।
सन् २०२३/२४ को सिजनमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएको भन्दै इंग्ल्यान्डका २४ वर्षीय फोडेनलाई मंगलबार प्लेयर अफ द इयरको अवार्ड प्रदान गरिएको हो ।
फोडेनले सिटीका इएर्लिङ हालान्ड तथा रोड्री, चेल्सीका कोल पामर, आर्सनलका मार्टिन ओडेगार्ड र एस्टन भिल्लाका ओली वाटकिन्सलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
फोडेनले गत सिजन सबै प्रतियोगिताका ५३ खेलमा २७ गोल गरेका थिए । पेप ग्वार्डिओला नेतृत्वको सिटीले गत सिजन प्रिमियर लिगका साथै युइएफए सुपर कप र क्लब विश्वकपको उपाधि उचालेको थियो । यस्तै, एफए कप उपविजेता पनि बनेको थियो ।