NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

कांग्रेस भित्र रविलाई थुन्नु पर्छ भन्ने को हो ? गच्छदारले मागे सभापति

शुक्रबार भदौ ७ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ भदौ , विराटनगर ।

देशको सबैभन्दा ठूलो प्रमुख सत्तारुढ दल नेपाली कांगे्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । बैठकमा नेताहरुले धारणा राखिरहेका छन् । आजको बैठकमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुन्नेदेखि शेरबहादुर देउवाको राजीनामा माग्ने, एमालेलाई प्रमुख प्रतिस्पर्धी ठान्ने र आरजुको ५ दिने भारत भ्रमणका विषय उठेका छन् ।

बैठकमा महामन्त्रीले सरकारमा जाने प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीहरुको समयावधि तोक्ने प्रस्तावको भने आलोचना गरिएको छ । राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक हुन पाउने पद्धति बसाल्नुपर्छ भन्ने प्रस्ताव पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न रोक्नेगरी ल्याइएको भनेर चर्को विरोध भएको छ।

Advertisement

परराष्ट्रमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले आफ्नो भारत भ्रमणबारे केन्द्रीय समिति बैठकलाई ब्रिफिङ गरेकी छन् । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनले आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गरेकी हुन् ।

उनले भारत भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएको र सो क्रममा आफूले प्रधानमन्त्री केपी शर्माओलीले पठाएको नेपाल भ्रमणको निम्तापत्र हस्तान्तरण गरेको जानकारी दिइन् । उनले मोदीले नेपाल आउने जवाफ दिएको तर कहिले भन्नेबारे चाहिँ निश्चित नभएको बताइन् ।

‘आउने कुरा भएको छ । तर डेटचाहिँ तोकिएको छैन’, उनले भनिन् । उनले दुई ठूला दल मिलेर सरकार बनेकामा त्यसलाई भारतले लालमोहर लगाइदिएको धारणा समेत राखिन् ।

‘लक्किली मोदीजीसँग पनि भेट भयो’ उनले अगाडि भनिन्, ‘सबभन्दा राम्रो कुरा चाहिँ के भयो भने दुइटा ठूला पार्टी मिलेर बनेको सरकारप्रति उहाँहरुको कस्तो रेस्पोन्स हुन्छ भन्दा रेस्पोन्स राम्रो भएको यहाँ अवगत गराउन चाहन्छु ।’ दुई ओटा ठूला पार्टी मिलेर बनेको सरकारप्रति भारतीय पक्षको सकारात्मक प्रतिक्रिया पाएको उनले बताइन् ।

यस्तै भारतीय पक्षसँग टीआरसीका लागि सहयोग मागेको पनि उनले जानकारी दिइन् । आफ्नो भ्रमणको सकारात्मक प्रभाव देखिन थालेको भन्दै उनले डुबान समस्याबारे अध्ययन गर्ने संयुक्त बैठक बस्ने खबर शुक्रबार मात्र आएको सुनाइन् ।

नेपाल भ्रमणमा रहेका चिनियाँ मन्त्रीसँग शुक्रबार भेट भएको पनि उनले जानकारी गराइन् । ‘बीआरआईको मोडालिटीबारे कुरा गर्न खोज्नु भएको रहेछ, मैले हाम्रो पार्टीको यस्तो–यस्तो छ । हामीले पास गरेर दिइसकेका छौं । मोडलिटी के हुनसक्छ भन्छौं भनेको छु,’ परराष्ट्रमन्त्री देउवाले केन्द्रीय कार्यसमिति बैठकमा भनिन् ।

यस्तै बैठकमा चौथो ठूलो दल प्रतिपक्ष रास्वपाका सभापति लामिछानेलाई थुन्नु पर्ने समेत आवाज उठेको छ । केन्द्रीय समिति सदस्य जितजंग बस्नेत सहकारी ठगी र दोहोरो पासपोर्टमा मुछिएका लामिछाने र अर्का नेता स्वर्णिम वाग्लेमाथि खनिएका छन् ।

बस्नेतले लामिछानेलाई तत्काल पक्राउ गरी थुन्न गृहमन्त्रीलाई सुझाव समेत दिएका छन् । ‘रबि लामिछानेलाई थुन्न किन ढिला गरिएको हो ? सरकार र गृहमन्त्री हाम्रै छ । लामिछानेको दोहोरो पार्सपोर्ट र नागरिकता भएपछि थुन्न के को ढिलाई ? सहकारी ठगी उनको थप अपराध हो, उनलाई तुरुन्त थुनौं’, बस्नेतको भनाइ उधृत गर्दै एक नेताले भनेका छन् ।

बस्नेतले लामिछानेलाई पक्राउ नगर्ने हो भने राज्यले प्रत्येक नेपाली नागरिकलाई दोहोरो पार्सपोर्ट र नागरिकता दिनसक्नुपर्ने बताएका थिए । त्यस्तै उनले अर्का नेता स्वर्णिम वाग्लेले देशहित विपरीत मनरो डक्ट्रीनबारे बोल्दा पार्टी चुप बसेकोमा पनि असन्तुष्टि जनाए ।

‘वाग्लेले मनरो डक्ट्रीनबारे बोल्दा पार्टी किन चुप ? के कांग्रेस जे हुँदा चुप लागेर बस्ने हो ?’, बस्नेतले प्रश्न गरेका छन् । कांग्रेस बैठकमा रविलाई थुन्नु पर्ने भन्ने माग भइरहदा उनी भने सहकारी प्रकरणमा संसदीय विशेष छानविन समितिमा बयान दिन पुगेका थिए ।

लामिछाने राजनीतिमा आउनु पूर्व ग्यालेक्सी टिभी संचालन गरेको गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशकका रुपमा बयान दिन पुगेका हुन् ।यसैगरी कांग्रेस बैठकमा आजपनि हिन्दु राष्ट्रको आवाज पनि उठेको छ ।

केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दु राष्ट्रका लागि संकलित एक हजारभन्दा बढि महासमिति सदस्यहरुको हस्ताक्षरबारे के निर्णय भयो ? भन्दै प्रश्न गरेका छन् । ‘महासमिति सदस्यबाट भएको कुरालाई इग्नोर गर्न मिल्दैन’, भण्डारीको भनाइ छ ।

यस्तै नेता शशांक कोइरालाले भने सरकारबारे चिन्ता लिन नपर्ने भन्दै ८४ को निर्वाचनमा पार्टीको प्रतिद्वन्द्वी एमाले भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताएका छन् । ‘यो सरकार चल्छ । अब हाम्रो उद्देश्य के अब हुनुपर्छ भने ८४ को चुनाव हुनुपर्छ’, कोइरालाले भने, ‘जहाँ हाम्रो मुख्य प्रतिद्वन्द्वी हुन्छ एमाले । त्यसका लागि हामी कडाइका साथ उभिएर सङ्गठनतर्फ उभिनुपर्छ ।’

बैठकमा नेपालको वर्तमान राजनीतिमा निष्क्रिय जत्तिकै देखिएका नेता विजयकुमार गच्छदारले भने पार्टी सभापति शेरबहादुर देउवालाई नै निशाना बनाएका छन् । उनले देउवालाई अभिभावक भएर बस्न सुझाव दिएका छन् ।

‘सभापति ज्यु अब तपाई अभिभावक भएर बस्नुहोस् र तपाईसँगै पार्टीमा लडेर दुःख गरेको बलबहादुर केसी, बिमलेन्द्र निधि, प्रकाशमान सिंह वा पूर्णबहादुर खडकालाई सभापति बनाउनुहोस्’, गच्छदारको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भनेका छन् , ‘तपाईंले बनाउनुहुन्छ भने म पनि तयार नै छु ।’

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तावको भने चर्को आलोचना भएको छ । बैठकमा नेता ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री शर्माको ‘एक्जिट पोलिसी’ अपरिपक्व भएको टिप्पणी गरे । उनले शर्माको प्रस्तावको आलोचना गर्दै जनताले चाहेसम्म जो जति पटक पनि चुनाव लड्न र जिम्मेवारीमा पुग्नसक्ने तर्क गरे ।

महामन्त्री शर्माको परिमार्जित प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्नुपर्ने उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक हुन पाउने पद्धति बसाल्नुपर्छ ।

कांग्रेसले यो पद्धतिको अनुशरण गर्नुपर्छ, संवैधानिक बस्दोबस्तका लागि पनि कांग्रेसले यो प्रस्ताव पारित गर्नुपर्छ ।’ प्रदेशको हकमा पनि मुख्यमन्त्री बढीमा दुई पटक, मन्त्री तीन र प्रदेश सांसद चार पटकभन्दा बढी हुन नपाउने पद्धति अवलम्बन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

संस्थापन पक्षका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न रोक्नेगरी प्रस्ताव ल्याइएको भनेर चर्को विरोध जनाइरहेका छन् ।महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाशले प्रस्तुत गरेको प्रतिवेदनमा देखिएको विवाद समाधान भएको छैन ।

सभापति देउवा महामन्त्रीद्वयले केन्द्रीय समिति बैठकमा पेस गरेको प्रतिवेदन परिमार्जन गरेर पास गराउने तयारीमा छन् । महामन्त्रीद्वयले साउन अन्तिम साता बसेको केन्द्रीय समिति बैठकमा प्रतिवेदन प्रस्तुत गरेका थिए । महामन्त्रीद्वयको प्रतिवेदनमा विवाद भएपछि साउन २३ देखि २८ गते सम्म बसेर केन्द्रीय समिति बैठक स्थगन भएको थियो ।

महामन्त्री थापाले चुनावी गठबन्धन गर्न नहुने भन्दै ‘कांग्रेसलाई रूखमा भोट हाल्न पाउनुपर्ने’ भन्दै प्रतिवेदन पेस गरेका थिए । यस्तै शर्माले ‘एक्जिट पोलिसी’को प्रस्ताव सहितको प्रतिवेदन केन्द्रीय समिति बैठकमा राखेका छन् ।

२०८० फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकले राय सहितको प्रतिवेदन पास गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो । सोही कारण साउन २३ देखि २८ सम्म बसेको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयको प्रस्ताव प्रस्तुत भएको हो ।

तर‚ महामन्त्रीद्वयको प्रस्ताव परिमार्जन गर्नुपर्ने अडानमा सभापति देउवा सहित संस्थापन पक्ष छ । चुनावी गठबन्धन रणनीतिक भएको र एक्जीट पोलिसि विधानमा समावेश गर्न नहुने जिकिर संस्थापन पक्षको छ ।

सोही विवादका कारण केन्द्रीय समितिले निर्णय गर्न नसकी बैठक भदौ ७ गते सम्मलाई स्थगन भएको थियो । अब यो प्रस्तावको छिनोफानो यही बैठकले लगाउने छ । कांग्रेस केन्द्रीय समिति बैठकमा उठेका यी अनेक विषय माथि तपाईका विचार आवश्य ब्यक्त गर्नुहोला ।

Tags: #कांग्रेस–एमाले सरकार#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

World News: Israelले फेरि ढाल्यो Iranका वरिष्ठ कमान्डर, आ*क्र*म*ण र वार्ता संगै नहुने इरानी अडान

00:16:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

आइतवार भदौ १६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.