पक्राउ पर्ने आशंकाप्रति एलन मस्क भन्छन् : शतप्रतिशत

८ भदौ ८१, आइतबार

९ भदौ, एजेन्सी ।

सामाजिक सञ्जाल टेलिग्रामका संस्थापक पाभेल दुरोभ फ्रान्सबाट पक्राउ परेसँगै अरू सोसल मिडिया सञ्चालकहरू पनि समातिन्छन् कि आशंका सबैतिर छ ।

निजी जहाजबाट फ्रान्स पुगेका पाभेल अवतरणलगत्तै पेरिसको उत्तरी भागमा पक्राउ परेका अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् ।

Advertisement

३९ वर्षीय रुसी नागरिक दुरोभ टेलिग्रामको बारेमा परेको उजुरीको आधारमा पक्राउ परेको बताइएको छ । रुसी सरकारलाई सूचना नदिँदा सन् २०१८ तिर बन्द गरिएको टेलिग्राम पछिल्लो समयमा भने सञ्चालनमा आएको थियो ।

अहिले टेलिग्रामको मुख्यालय संयुक्त अरब इमिरेट्स (युएई) मा छ । केही महिनाअगाडि अमेरिकी चर्चित पत्रकार टकर कार्ल्सनसँगको अन्तर्वार्तामा दुरोभले आफूलाई रुस तथा अमेरिका दुवैतर्फबाट असुरक्षा भएको बताएका थिए ।

Advertisement

रुसको युक्रेन हमलामा धेरै प्रयोग भएको सामाजिक सञ्जाल नै टेलिग्राम हो । दुरोभ पक्राउपछि अर्को सामाजिक सञ्जाल एक्सका सञ्चालक एलन मस्क पक्राउ पर्छन् किन भन्ने आशंका बढेको हो ।

दुरोको पक्राउपछि अमेरिकी रिपब्लिकन पार्टीका उम्मेदवार भएर अहिले डोनाल्ड ट्रम्पलाई साथ दिएका विवेक रामास्वामीले सामाजिक सञ्जाल एक्समा एलन मस्कलाई पनि भविष्यमा पक्राउ गर्न सक्ने भन्दै लेखेका छन्, ‘अहिले टेलिग्राम । पछि एक्स ।’ जवाफमा मस्कले भनेका छन्, ‘शत् प्रतिशत ।’

ट्रम्पले आफ्नो चुनावी सन्देश फैल्याउन सामाजिक सञ्जाल एक्समा प्रत्यक्ष दखल राखेका छन् । आफू राष्ट्रपतिमा निर्वाचित भए खर्बपति व्यापारी एलन मस्कलाई सल्लाहकार बनाउनेट्रम्पको योजना छ ।

पछिल्ला केही वर्षयता मस्कले रिपब्लिकन पार्टीलाई समर्थनमात्रै गरिरहेका छैनन्, बाइडेनप्रति लक्षित हुँदै आप्रवासन, विद्युतीय सवारी साधन र शुल्कलगायत विषयमा खुलेर आलोचना गरिरहेका छन् ।

ट्रम्पलाई चुनाव खर्चको जोहो समेत मस्कले नै गर्दै आएका छन् । सामाजिक सञ्जाल ‘एक्स’ मा दैनिक सक्रियकर्ताको संख्या २५० मिलियन छ, जसबाट ट्रम्पको चुनावी प्रचार–प्रसार व्यापक प्रभावकारी हुन सक्छ ।

त्यसबाहेक पाभेल पक्राउ परेपछि मस्कले उनलाई तत्काल रिहा गर्नुपर्छ भन्ने माग एक्समार्फत् राखिरहेका छन् । यसकारण मस्क पनि पक्राउ पर्छन् कि भन्ने आशंका सबैतिर बढेको बताइएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top