प्रिमियर लिगमा लिभरपुलको लगातार दोस्रो जित

९ भदौ ८१, सोमबार

१० भदौ, विराटनगर ।

Advertisement

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुललाई जिताउन लुइस डियाज र मोहम्मद सालाहले गोल गरे । खेलको १३औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

Advertisement

सालाहले खेल सकिन २० मिनेट बाँकी छँदा दोस्रो गोल गर्दै लिभरपुललाई २-० गोलको जित दिलाएका हुन् । सालाहले प्रिमियर लिगमा १२८ गोल गरेका छन् ।

जितसँगै तालिकाको चौथो स्थामा रहेको लिभरपुलले ६ अंक जोडेको छ । लिभरपुलसँग पराजित ब्रेन्टफोर्ड भने ३ अंकका साथ १३औं स्थामा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top