×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026

अल नासरबाटै रोनाल्डोले सन्न्यास लिने, फुटबल छोडेपछि के गर्छन् ?

११ भाद्र २०८१

११ भदौ, विराटनगर ।

उमेरले ३९ वर्ष पुग्दासम्म फुटबलमा सक्रिय रहेका क्रिस्टियानो रोनाल्डोले कहिले सन्न्यास लेलान् भन्ने अड्कल काट्न गाह्रै छ । १८ वर्षको उमेदेखि पोर्चुगलका लागि अनवरत रूपमा खेलिरहेका रोनाल्डो सर्वाधिक खेल खेलेर सबैभन्दा धेरै गोल गरेका छन् ।

फुटबल इतिहासमा अनेकौं शीर्षकमा कीर्तिमान बनाएका रोनाल्डोले जित्न बाँकी भनेको फिफा विश्वकपको उपाधिमात्र हो । विश्वकपमा पनि उनको व्यक्तिगत उपलब्धि थुप्रै छन् । सन् २००६ मा २१ वर्षको उमेरमा विश्वकपमा पहिलो गोल गरेका रोनाल्डोले ३७ वर्षको उमेरमा सन् २०२२ मा गोल गरेका थिए । यस्तो रेकर्ड बनाउने अरू खेलाडी छैनन् ।

विश्वकपका विभिन्न पाँच संस्करण खेलेका रोनाल्डोले आफ्नो राष्ट्र पोर्चुगललाई युरोकप र युइएफए नेसन्स लिगको उपाधि जिताएका छन् । पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डो मैदानमा यतिधेरै मिहिनेत गर्छन्, २० सिजन त उनी शीर्ष गोलकर्ता नै बने ।

हुँदहुँदै दुई वर्षअघि युरोपियन लिगबाट बाहिर निस्किएर साउदी अरेबियन क्लब अल नासर पुगेका रोनाल्डोले डेब्यु सिजनमा १९ खेलमा १४ गोल गरे । तर, २०२३–२४ को सिजनमा उनी सर्वाधिक गोलकर्ता बने । साउदी प्रो लिगमा अघिल्लो सिजन ३५ गोल गर्दै ‘गोल्डेन बुट’ जितेका रोनाल्डोले अघिल्लो सिजन अल नासरले खेल्ने सबै प्रतियोगितामा ४५ खेल खेल्दा ४४ गोल गरे ।

युरोपका शीर्ष लिगहरूमा सनसनी मच्चाएर साउदी आएका रोनाल्डोले नयाँ सिजनको पहिलो खेलमै गोल गरे । अब, यस सिजन पनि उनी अल नासरलाई उपाधि जिताएर व्यक्तिगत उपलब्धिको फेहरिस्त लगाउने दाउमा छन् । सँगसँगै पोर्चुगलका लागि उपाधि जित्ने उनको योजना कायमै छ । तर, यसबीचमा उनीमाथि सन्न्यास कहिले लिने भन्ने प्रश्न तेर्सिने गरेकै छन् ।

हालै पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डोलाई ‘एनओडब्यु’ मिडियाले सन्न्यास कहिले भन्ने प्रश्न सोधेको थियो । जसको जबाफमा उनले भनेका छन्, ‘मैले कहिले सन्न्यास लिन्छु भन्नेबारे म आफैंलाई थाहा छैन । मैले चाँडै सन्न्यास लिनुप¥यो भने आगामी दुई वा तीन वर्षमा लिन्छु । तर सम्भवतः म अल नासरबाटै सन्यास लिन्छु ।’

अल नासरमा आफू एकदमै खुसी रहेको बताउँदै रोनाल्डोले निरन्तर साउदीबाटै फुटबल खेल्ने आफ्नो चाहाना रहेको सुनाए । त्यसबाहेक आफ्नो राष्ट्रका लागि खेलिरहँदा गर्व अनुभूति गरेको रोनाल्डोको भनाइ छ ।

त्यसबीचमा उनलाई सन्न्यासपछि प्रशिक्षक बन्ने हो ? भन्ने प्रश्न सोधिएको थियो । जबाफमा रोनाल्डोले फुटबलभन्दा बाहिर रहेर रमाउने बताए । ‘म प्रशिक्षक बन्छु भनेर सोच्न पनि गाह्रो छ । म कुनै फुटबल टोलीको प्रशिक्षक बन्ने मनसायमा छैन । यसबारे त सोच्दिनँ पनि । हुन सक्छ, मैले मेरो भविष्य फुटबलबाहेक अरू केहीमा देखेको छु ।’

हालै रोनाल्डोले युट्युब च्यानल बनाएका छन् । जसमा झन्डै पाँच करोड सब्स्क्राइब पुग्न आँटेका छन् । यसतर्फ उनी खुबै रमाएका कारण युट्युबमै रोनाल्डो सक्रिय बन्छन् कि भन्ने अड्कलबाजी भइरहेको छ । उसै पनि रोनाल्डो ‘सोसल मिडिया लभर’ हुन् । सबै सामाजिक सञ्जालमा उत्तिकै सक्रिय रहने रोनाल्डोको एक्स (पूर्वट्वीटर) मा ११ करोड २६ लाख फलोअर्स रहेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पनि उनले १७ करोड फलोअर्स छन् । यसका अतिरिक्त इन्स्टाग्राममा पनि उनको कीर्तिमानी ६३ करोड ६० लाख फलोअर्स रहेका छन् । युरोपका शीर्ष तीन लिगमा आबद्ध क्लबहरूबाट व्यवसायिक फुटबलको अनुभव संगालिसकेका रोनाल्डो विश्वकै सबैभन्दा धनी फुटबलर हुन् ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top