×

NEPAL TIMES UPDATES

Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026
Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026
Playing
बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य || Nepal Times
Apr 15, 2026
Playing
Top 15 Afternoon News || April-15-2026 || Nepal Times
Apr 15, 2026
Playing
गृहमन्त्रीले निर्देशनपछि कार्यक्षमताका आधारमा डिआइजीको बढुवा || Nepal Times
Apr 15, 2026
Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026

देउवालाई प्रधानमन्त्री बन्न नदिने प्रस्तावले कांग्रेसमा हलचल

११ भाद्र २०८१

११ भदौ , काठमाण्डौ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति र महामन्त्रीसँग छलफल गरेका छन् । उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्नै निवास बुढानिलकण्ठमा बोलाएर छलफल गरेका हुन् । महामन्त्रीद्वय थापा र शर्माले केन्द्रीय समिति बैठकमा पेश गरेको प्रतिवेदनको विषयले कांग्रेसमा विवाद छ ।

Advertisement
Advertisement

महामन्त्री थापाको चुनावी गठबन्धन नगर्ने र शर्माको ‘एक्जिट पोलिसी’ प्रस्तावमाथि संस्थापन पक्षको चर्को विरोध छ । यो विषयलाई मध्यमार्गी बनाएर जानेबारे देउवाले पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । प्रतिवेदनलाई संशोधन गरेर मध्यमार्गी बनाउनबारे सभापतिले भोलि बैठकको निर्णय लेख्नुअघिसम्म छलफल गरेर निष्कर्षमा पु¥याउने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

साउन २३ गतेबाट सुरु भएको बैठक भोलि टुंग्याउने कांग्रेसको तयारी छ। बैठकमा अब सभापति, उपसभापति र महामन्त्रीले मात्रै बोल्न बाँकी छ । पार्टीका पाँच शीर्ष नेताहरूले बोलेपछि महासमिति बैठकमा आएको सुझावलाई समेटेर परिमार्जित भएर आएको प्रतिवेदन पारित गर्ने तयारी गरेको छ ।

पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरू एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा चर्चामा रहेको छ।

पार्टी केन्द्रीय समितिमा महामन्त्रीद्वयको प्रस्तावमा छलफल जारी रहेका बेला सभापति देउवाले यस प्रस्तावलाई परिमार्जित गर्न चाहेको बुझिएको छ। महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुने छ। सभापति देउवाले चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहेका छन्।

त्यस्तै देउवा पक्षले महामन्त्री शर्माले राखेको प्रस्ताव मान्य नहुने भन्दै सो प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्दै आएका छन्। देउवा २ वर्षपछि फेरि प्रधानमन्त्री बन्ने योजनामा छन् । प्रधानमन्त्री आलोपालो गर्ने सम्बन्धमा अहिलेको सत्तारुढ दल नेकपा एमालेसँग सहमति नै भइसकेको छ । यस्तो अवस्थामा गगन र विश्वप्रकाशको प्रस्ताव पारित भए देउवाको त्यो सपना अधुरै रहने छ । तर पार्टी केन्द्रीय समिति संस्थापन समूहको बहुमत रहेको अवस्थामा एक्जिट पोलिसी’ प्रस्ताव पारित हुने संभावना न्युन देखिन्छ ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top