×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बार्सिलोना भर्सेस् भालेकानो : डेनी ओल्मो र जेम्स रोड्रिग्वेजले खेल्छन् ?

११ भाद्र २०८१

११ भदौ, विराटनगर ।

स्पेनिस ला लिगाअन्तर्गत मंगलबार राति तेस्रो चरणको खेलमा बार्सिलोना र रायो भालेकानोले प्रतिस्पर्धा गर्दैछन् । मड्रिडस्थित भालेकानोको मैदानमा हुने उक्त खेलमा बार्सिलोना लगातार तेस्रो जितको खोजीमा हुँदा घरेलु टोली दोस्रो जित निकाल्ने दाउमा छ ।

Advertisement
Advertisement

उक्त खेलमा बार्सिलोनाका नयाँ खेलाडी डेनी ओल्मो र भालेकानोमा हालै अनुबन्धित जेम्स रोड्रिग्वेज हुन्छन् कि भन्ने उत्सुकता फुटबलप्रेमीहरूमा छ । के सोमबारमात्र भालेकानोमा अनुबन्धित रोड्रिग्वेज र अगस्ट महिनाको सुरुमा बार्सिलोना आएका ओल्मो आजको खेलमा हुन्छन् त ?

भालेकानोका प्रशिक्षक इनिगो पेरेजले बार्सिलोनाविरुद्ध रोड्रिग्वेज नहुने बताइसकेका छन् । यता, ओल्मोले भने भालेकानोसँग खेल्दै बार्सिलोनाका लागि डेब्यु गर्ने सम्भावना रहेको छ ।

बार्सिलोनाका प्रशिक्षक ह्यान्सी फ्लिकले ओल्मोलाई डिफेन्डर आन्द्रेस क्रिटेन्सनको स्थानमा  मौका दिने बताएका छन् । चोटका कारण क्रिस्टेन्सन आज उपलब्ध हुने छैनन् । तथापि, आधिकारिक रूपमा भने बार्सिलोनाले भालेकानोसँगको खेल खेल्ने खेलाडीहरूको सूची सार्वजनिक गरेको छैन ।

स्पेनका प्लेमेकर ओल्मोलाई बार्सिलोनाले जर्मन क्लब आरबी लाइपजिगबाट अनुबन्ध गरेको थियो । २६ वर्षीय ओल्मो र बार्सिलोनाबीच ६ वर्षे सम्झौता भएको छ ।

यता, कोलम्बियन स्टार फुटबलर रोड्रिग्वेज भने एक वर्षको सम्झौता गरी स्पेनको राजधानी मड्रिडमा रहेको भालेकानो आएका हुन् । केही समय क्लबविहीन रहेका रियल मड्रिडका पूर्वखेलाडी रोड्रिग्वेजलाई ला लिगा क्लब रायो भालेकानोले अनुबन्ध गरेको हो ।

Advertisement

भालेकानोले ३३ वर्षीय राेड्रिग्वेजसँग एक वर्षका लागि सम्झौता गरेको छ भने जहाँ थप एक वर्ष लम्ब्याउन सक्ने प्रावधान पनि उल्लेख छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top