×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

बंगलादेशलाई हराउँदै नौ वर्षअघिको इतिहास दोहोर्‍याउने नेपालको लक्ष्य

१२ भाद्र २०८१

१२ भदौ, विराटनगर ।

काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनल खेल बुधबार (आज) हुँदै छ । उपाधिका लागि घरेलु टोली नेपालले साविकको उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

Advertisement
Advertisement

नेपाल र बंगलादेशबीचको खेल सातदोबाटोस्थित एन्फा मैदानमा दिउँसो २ः३० बजेदेखि सुरु हुने छ । फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

किनकि, तीन पटकको विजेता भारतलाई हराएको बंगलादेश यस खेलमा उच्च मनोबलका साथ मैदान उत्रिने छ भने समूह चरणमै बंगलादेशलाई हराएका कारण नेपाल पुनः फाइनलमा स्तब्ध बनाउने दाउमा हुने छ ।

त्यसबाहेक नेपाल लामो समयदेखिको उपाधि खडेरी तोड्ने योजनामा हुने छ ।

तथापि, उपाधि भिडन्त भएका कारण पनि गोल हुनबाट जोगिएर गोल गर्नतिर लाग्ने योजनाका साथ दुवै टोली लागिपर्ने छन् ।सेमिफाइनलमा दुवै टोलीले टाइब्रेकरमा बाजी मारेर फाइनल यात्रा तय गरेका हुन् ।

सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोल र बंगलादेशले साबिक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले हराएको थियो । पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको थियो ।

कुशल देउवा कप्तानीमा रहेको नेपालले समूहको पहिलो खेलमा श्रीलंकालाई १–० गोलले हराएको थियो भने दोस्रो खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराएर समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।

समूह ‘बी’ बाट भारत, माल्दिभ्स र भुटानले प्रतिस्पर्धा गरेका थिए ।

फाइनलअघि मंगलबार आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनलका लागि आफूहरू तयार भएको बताएका थिए ।

नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले फाइनल पुग्दे दुवै टोली राम्रो भएकोले खेल प्रतिस्पर्धात्मक हुने बताए । तर, दशरथ रंगशाला खेल्नयोग्य नभएकोले गर्दा एन्फा कम्प्लेक्समा घरेलु समर्थकको अभाव हुने देखिएको छ ।

यसअघि दशरथ रंगशालामै फाइनल खेल हुने तय भएको थियो । नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ मैदान हिलाम्मे भएकाले खेल्न निमल्ने हुँदा नेपाली टोलीलाई दर्शक अभाव खड्किने छ ।

यता, बंगलादेशका प्रशिक्षक मरुफुल हकले फाइनल यात्रासम्म आइपुग्दा उतारचढाव बेहोरेको बताएका छन् । तर, भारतलाई हराउन सफल भएका खेलाडीहरू उच्च मनोबलका साथ मैदान उत्रिने भएका कारण उपाधि यात्रा सहज देखेको उनको भनाइ छ ।

नेपाल सन् २०१७ पछि साफको उमेरसमूहको प्रतियोगिताको उपाधिनजिक पुगेको हो । यसअघि सन् २०१५ र २०१७ गरी दुईपटक फाइनल पुगेको नेपालले ती दुवै प्रतियोगिताको उपाधि जितेको थियो । तर, त्यसयताका तीन संस्करणमा भने नेपाल च्याम्पियन बन्न सकेको छैन ।

नेपालले ९ वर्षअघि सन् २०१५ मा उमेरसमूहको साफको पहिलो संस्करण आयोजना हुँदा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो ।उक्त प्रतियोगिता पनि एन्फा कम्प्लेक्समै भएको थियो । र, आज एन्फा कम्प्लेक्समै बंगलादेशमाथि जित दर्ता गरेर नेपालले ट्रफी उचाल्ने लक्ष्य लिएको छ ।

सन् २०१७ मा भुटानको थिम्पुमा सिंगल राउन्ड रोबिनमा भएको साफ यु–१८ नेपालले बंगलादेशलाई गोल संख्यामा पछि पार्दै दोस्रोपटक उपाधि जितेको थियो ।

Advertisement

नेपाल चार पटक साफअन्तर्गतका उमेर समूहका प्रतियोगिता आयोजना गर्दा एकपटक सन् २०१५ मा उपाधि घरमै राख्न सफल भएको छ । सन् २०१९ र २०२३ मा भने नेपालमा प्रतियोगिता हुने तर च्याम्पियनचाहिँ भारत हुने सिलसिला बढेको थियो । तर, भारतलाई जित्दै नेपालसँगको भेट पक्का गरेको बंगलादेशलाई हराउँदै उपाधि बाहिर लैजान नदिने योजनामा घरेलु टिम छ ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top