६ सातापछि मायामीको प्रशिक्षणमा फर्किए मेसी

१२ भदौ ८१, बिहीबार

१३ भदौ ,  काठमाण्डौ।

रोमेलु लुकाकु र एन्टोनियो कोन्टेको जोडीले इटालीयन फुटबलमा रोमाञ्चकता बढाएका छन् । अब यो जोडी नापोलीमा पनि देखिने भएको छ । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका फरवार्ड लुकाकु बुधबार नापोलीमा स्थानान्तरणको अन्तिम रूप दिन इटालियन सहर पुगेका थिए । आफ्नो मेडिकल पूरा गर्न क्लबको क्लिनिकमा पुगेका उनलाई १०० भन्दा समर्थकले स्वागत गरेका थिए ।

इटालियन सञ्चारमाध्यमका अनुसार लुकाकुले नापोलीसँग तीन वर्षका लागि सम्झौता गरेका छन् । जसमा सिरी ’ए’ क्लबले चेल्सीलाई ३० मिलियन युरो (३३ मिलियन अमेरिकी डलर) र भविष्यमा हुने स्थानान्तरण शुल्कको ३० प्रतिशत रकम तिर्नेछ । लुकाकुले कोन्टेको नेतृत्वमा इन्टर मिलानमा दुई फलदायी सिजन बिताएका थिए ।

३१ वर्षीय लुकाकुलाई सन् २०२१ मा १३ करोड ५० लाख अमेरिकी डलर खर्चेर चेल्सीले स्टामफोर्ड ब्रिजमा भित्र्याएको थियो । तर, उनी फ्लप भए । उनले सन् २०२२–२३ को सिजन इन्टर मिलान र पछिल्लो सिजन रोमामा लोनमा बिताए । चेल्सीले लुकाकुलाई इन्टरबाट किनेको थियो । २४ गोल गर्दै उनले इन्टरलाई सिरी ’ए’ को उपाधि दिलाए ।

त्यसबेला कोन्टे इन्टरको मुख्य प्रशिक्षक थिए । उनले लुकाकुसँगै क्लब छाडेका हुन् । कोन्टे दुई महिनाअघि इटाली फर्केका थिए र उनलाई गत वर्ष नापोलीमा भएको पराजयलाई उल्टाउने जिम्मा दिइएको थियो। नापोलीले कोन्टेसँग आफ्नो पहिलो लिग खेल ३–० ले गुमाएको थियो । तर, गत साता सोही स्कोरलाइनमा जित हासिल गरेको थियो ।

डिएगो म्याराडोना क्लबका लागि खेलेपछि २०२२÷२०२३ मा नापोलीले पहिलो पटक सिरी ’ए’ को उपाधि जितेको थियो । गत सिजन १०औं स्थानमा रहेर नापोली लिग अन्त्य गरेको थियो । यता अर्जेन्टिनाका कप्तान लिओनल मेसी कोपा अमेरिकाको फाइनल सकिएको ६ सातापछि इन्टर मायामीको समूह प्रशिक्षणमा फर्किएका छन् ।

आठ पटकका बालोन डी’ओर विजेता मेसी बुधबार प्रशिक्षणमा फर्किएका हुन् । तर, मायामीका लागि उनले कहिले खेल्नेछन् भन्ने अझै स्पष्ट छैन । मायामीले शनिबार शिकागो भ्रमण गर्दैछ । उनलाई अर्जेन्टिनाले सेप्टेम्बरको सुरुमा हुने विश्वकप छनोट खेल्न टोलीमा राखेको छैन ।

उनले यो सिजन मायामीका लागि १२ एमएलएस खेलमा १२ गोल र १३ असिस्ट गरेका छन् । मेसीले अन्तिम पटक जुलाई १४ मा कोपा अमेरिकाको फाइनलमा कोलम्बियाविरुद्ध खेलेका थिए । उनले त्यस प्रतियोगिताभर खुट्टाको समस्या सामना गरिरहेका थिए । फाइनलमा पनि उनी पूरा समय खेल्न सकेनन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top