रोनाल्डोलाई पूर्वसहकर्मी बेन्जेमाको ‘च्यालेन्ज’

रोनाल्डोलाई पूर्वसहकर्मी बेन्जेमाको ‘च्यालेन्ज’

१४ भदौ, विराटनगर ।

फ्रेन्च स्टार करिम बेन्जेमाको गोलप्रेरित अल इत्तिहादले नयाँ सिजनको साउदी प्रो लिगमा दोस्रो जित आत्मसात् गरेको छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा इत्तिहादले अल तावनलाई २–१ गोलले हराएको हो ।

इत्तिहादको जितमा बेन्जेमा र हुसेम औरले गोल गरे भने तावनका लागि मुसा बारोले एक गोल गरे । ५९औं मिनेटमा बारोको गोलमा पाहुना टोलीले अग्रता बनाएको थियो ।

खेलको ७०औं मिनेटमा बेन्जेमाले बराबरी गोल फर्काए । ९०औं मिनेटमा अन अल सालुलीले रातो कार्ड पाउँदा तावन १० खेलाडीमा सीमित बनेको थियो । इन्जुरी समयमा हुसेमले गोल गर्दै इत्तिहादलाई जित निकालेका हुन् ।

जितसँगै इत्तिहाद दुई खेलबाट ६ अंक जोड्दै तेस्रो स्थानमा उक्लियो । साथै, बेन्जेमाले उनकै साउदी प्रो लिगको उपाधि जित्ने अभियानमा रहेका पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डोलाई पनि चुनौती सिर्जना गरे ।

रोनाल्डो आबद्ध अल नासर भने तीन अंकका साथ पाँचौं स्थामा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.