NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

ज्याक सुलिभान चीनमा,सुध्रेला चीन–अमेरिका सम्बन्ध ?

शुक्रबार भदौ १४ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
ज्याक सुलिभान चीनमा,सुध्रेला चीन–अमेरिका सम्बन्ध ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ भदौ , विराटनगर।

विश्वमा दुई चिन्ताजनक, रुस–युक्रेन युद्ध र गाजापट्टीमा हमासलगायतका समूहहरुसंग इजरेलले सुरु गरेको युद्धले विश्वलाई नै विभाजित गरिरहेका बेला दुई महाशक्ति अमेरिका र चीन भने आफ्नो तनावपूर्ण सम्बन्धलाई सुधार्ने प्रयासमा जुटेका छन् । यही प्रयास अन्तर्गत अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभान चीन पुगेका छन् । उनले विहीबार चीनका राष्ट्रपति सि जिनपिंगसंग भेटवार्ता गरेका छन् ।

यसलाई दुई देशबीचको सम्बन्ध सुधारका निम्ती ठूलै कदम मानिएको छ । यद्यपी यसबीच के प्रश्न उठिरहेको छ भने, चीनले अमेरिकासंग मित्रताको हात त बढाएको छ तर ताइवान र दक्षिण चीन सागरका साथै ट्रेड विवादमा पनि दुई देशले अब कस्तो बाटो तय गर्लान् ? किनभने चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा मान्दछ, यता अमेरिका ताइवानलाई हतियारसहित अन्य सहयोगका लागि तम्तयार बसेको छ । उसले ताइवानको रक्षा गर्न कानून नै बनाएर बसेको छ ।

Advertisement

चीनले यसलाई लिएर अमेरिकालाई कयौं पटक चेतावनी पनि दिइसकेको छ । यता दक्षिण चीन सागरमा पनि टकराव कै स्थिति छ । साथै व्यापार सम्बन्धी मुद्दाहरुमा पनि दुवै महाशक्तिहरुको टकराव पहिलादेखिनै जगजाहेर छ । यसबीच चीनका राष्ट्रपति सि जिनपिंगले ज्याक सुलिभानसंगको भेटपछि विहीबार निकै महत्वपूर्ण बयान दिएका छन् । उनले भने ‘दुवै देशको अवस्थामा परिवर्तन आउनुका साथै अमेरिका–चीनबीच को सम्बन्धमा पनि व्यापक बदलाव आइसकेको छ ।

यसको बावजूद दुवै देशको द्विपक्षीय सम्बन्धलाई स्थायी र बलियो बनाउनका लागि बेजिंगको लक्ष्यमा कुनै बदलाव आएको छैन ।’ यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि चिनियाँ राष्ट्रपतिसँग आगामी केही हप्तामा वार्ता गर्न आतुर रहेको सुलिभानले उनलाई सुनाएका थिए । सन् २०१६ पछि चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानले बेइजिङमा तीन दिनसम्म चलेको वार्तापछि सीसँग भेटवार्ता गरेका हुन् ।

अमेरिकी सहयोगी जापान, फिलिपिन्ससँग चीनको सुरक्षासम्बन्धी विवाद बढेका समय सुलिभानले बेइजिङको भ्रमण गरेका हुन् । बेइजिङको अलङ्कृत ‘ग्रेट हल अफ द पिपुल’मा बिहीबार सीसँगको भेटमा उनले भने, ’राष्ट्रपति बाइडेन आगामी हप्ताहरूमा तपाईंसँग फेरि संवाद गर्न उत्सुक हुनुहुन्छ ।’ उनले अगाडि भने, ’राष्ट्रपति बाइडेन साउथ चाइना सी क्षेत्रमा देखिएको समस्यालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न र यसका कारण प्रतिस्पर्धा द्वन्द्व वा मुठभेड नहोस् भन्नेमा प्रतिबद्ध हुनुहुन्छ ।

राष्ट्रपति बाइडेनले जहाँ आफूहरूको हित मिल्छ त्यहाँ मिलेर काम गर्न सकियोस् भन्नेमा दृढ हुनुहुन्छ ।’ चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चीन र अमेरिकाबीच वैचारिक भिन्नताका रहेपनि यसलाई वार्ता र छलफलका माध्यमबाट समाधान गर्दै अघि बढ्न सकिनेमा चीन विश्वस्त रहेको भेटमा चिनियाँ राष्ट्रपति सीले सुलिभानसँग बताएका छन् ।’

चीन–अमेरिका सम्बन्धको स्थिर, स्वस्थ र दिगो विकासको लक्ष्यप्रति चीनको प्रतिबद्धतामा कुनै परिवर्तन आएको छैन,’ भेटमा सीले भने । ’हामीलाई विश्वास छ अमेरिका र चीनले मिलेर अघि बढ्नेछन्,’ चिनियाँ राष्ट्रपति सीलाई उद्धृत गर्दै सुलिभानले भने । ज्याक सुलिभानले चीनका राष्ट्रपतिका साथै विदेश मन्त्री वांग यी र सेंट्रल मिलिट्री कमिशनका उपाध्यक्षसंग पनि भेटवार्ता गरेका छन् ।

बुधबार सुलिभान र उच्च कूटनीतिज्ञ वाङले आफ्ना नेताहरूले आगामी हप्ताहरूमा वार्ता गर्ने योजनाबारे छलफल गरेका थिए । भेटवार्ता पछि दुवै पक्षले भनेको छ कि उनीहरु सम्बन्धलाई थप बलियो बनाउने पक्षमा छन् । यद्यपी पछिल्लो समय विवादित सामुद्रिक क्षेत्रमा चीनको बढ्दो आक्रामक दृष्टिकोणलाई लिएर उनीहरूबीच तनाव बढेको देखिन्छ ।

सन २०१८ पछि चीन र अमेरिकाबीचको सम्बन्ध थप तितो भएको छ । रणनीतिक र रक्षाका साथै व्यापारका मुद्याहरुमा पनि दुवै देशहरु टकरावको स्थितिमा छन् । सुरक्षासंग जोडिएका विषयबाहेक अटोमोबिल र सोलर प्यानल उत्पादनलाई लिएर पनि गहिरो मतभेद रहेको छ। वाशिंगटन र बेजिंगबीच तनावको मुख्य कारण चाहीँ ताइवान र दक्षिण चीन सागरकै विषय हो ।

ताइवानपछि दक्षिण चीन सागरको मुद्याहरुमा बेजिंगको अन्य कयौं देशहरुसंग पनि गहिरो मतभेद छ । चीन साउथ चाइना सीको अधिकांश क्षेत्रमा आफ्नो अधिकार दाबी गर्छ । यस क्षेत्रमा फिलीपीन्ससंग चीन टकरावको स्थितिमा पुगिसकेको छ । यो विवादमा अमेरिका पनि सामेल भएको छ । वाशिंगटन साउथ चाइना सीलाई अंतर्राष्ट्रिय व्यापारका लागि स्वतन्त्र क्षेत्र मान्दछ ।

साथै अन्य देशहरुको दाबीलाई पनि समर्थन गर्दछ । चीनलाई भने अमेरिकाको यो रुप मन परेको छैन । चीन यस क्षेत्रमा कुनै पनि अन्य देशको हस्तक्षेपलाई स्वीकार गर्दैन । यस्ता धेरै विवादीत विषयहरु त छदैछन्, साथै इलेक्ट्रिक भेहिकल (इभी)लाई लिएर पनि दुवै देशहरुबीच विवाद गहिरो बन्दै गएको छ । यस्तोमा अब अमेरिका र चीनले आफ्नो सम्बन्धलाई कसरी अगाडी बढाउँलान् भन्ने गम्भीर प्रश्न छ ।

यसबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #चीन-अमेरिका#ज्याक सुलिभान चीनमा#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

World News: Israelले फेरि ढाल्यो Iranका वरिष्ठ कमान्डर, आ*क्र*म*ण र वार्ता संगै नहुने इरानी अडान

00:16:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

आइतवार भदौ १६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.