आज कोशी र गण्डकीमा ठूलो पानी

१४ भदौ ८१, शनिबार

१५ भदौ ,काठमाण्डौ।

आज कोशी र गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि कोशी प्रदेशका एक÷दुई ठाउँमा हल्का पानी परिरहेको छ । आज पूर्वी क्षेत्रमा अलि बढी मौसमी प्रभावदेखिएको छ भने भोलि पश्चिमी क्षेत्रमा मौसमी प्रभाव देखिने छ । यद्यपी देशभर नै मनसुनी वायुको प्रभाव छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षा हुने मौसमविद् गोबिन्द झाले जनाएका छन् । त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी प्रदेशको एक–दुई ठाउँमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् झोले बताएका छन् ।

Advertisement

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै ठाउँमा राति मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसैबीच खोटाङमा चट्याङ लागेर तीन जना गम्भीर घाइते भएका छन् । गएराति घरमै चट्याङ पर्दा ऐंसेलुखर्क पातेलका मोहन भुजेलका २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी घाइते भएका हुन् ।

Advertisement

नाताले काका भतिजी रहेका डेनिस र अनिसा आफ्नै घरमा बसिरहेको अवस्थामा र समीक्षालाई पनि आफ्नै घरमा चट्याङ लागेको हो । चट्याङ लागेका तीनै जनाको अवस्था गम्भीर छ । चट्याङले विद्युतीय सामग्रीमा पनि ठूलो क्षति गरेको छ । चट्याङबाट स्थानीय बासिन्दालाई जोगाउन यसअघि गाउँपालिकाले विभिन्न ठाउँमा अर्थिङसमेत गरेको थियो ।

अघिल्लो जनप्रतिनिधिका पालामा गाउँपालिकाको लगानीमा विभिन्न ठाउँमा अर्थिङ गरिए पनि यस वर्ष चट्याङले ठूलोमात्रामा क्षति गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top