×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

नेपालले पनि अरब क्लासिक बेसबल खेल्ने

१६ भाद्र २०८१

१६ भदौ , काठमाण्डौ ।

कात्तिक २२ गतेदेखि दुबईमा हुने अरब क्लासिक बेसबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीले तयारी तिब्र बनाएको छ । बेसबल युनाइटेडको आयोजनामा आउँदो कात्तिक २२ गतेदेखि २५ गतेसम्म दुबईमा हुने अन्तर्राष्ट्रिय स्तरको बेसबल प्रतियोगिताको लागि तयारी तिब्र पारिएको हो । चार दिनसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, साउदी अरब, पाकिस्तान, युएई, अफगानिस्तान लगायतका मुलुकले सहभागीता जनाउनेछन् ।

Advertisement
Advertisement

उक्त प्रतियोगिता नेपालको बेसबल खेललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचत गराउन कोशेढुङ्गा सावित हुने भएकाले विभिन्न जिल्ला र प्रदेशबाट छनौट भएका खेलाडीलाई क्लोज क्यापमा राखि डेढ महिनादेखि प्रशिक्षण दिइएको राष्ट्रिय टोलीका प्रशिक्षक रोशन थापाले बताए । उनले दुबईमा हुने प्रतियोगिता लगत्तै वेस्ट एशिया बेसबल कप पनि ओयोजना हुन लागेको जानकारी गराउँदै उक्त प्रतियोगितालाई पनि ध्यानमा राखी प्रशिक्षण भइरहेको बताए ।

यता नेपाल बेसबल तथा सफ्टबल संघको अध्यक्षमा दीपक न्यौपानेले पनि दुवै प्रतियोगितालाई ध्यानमा राखि क्लोज क्यापमार्फत प्रशिक्षणलाई तिब्रता दिइएको जानकारी दिए । उनले नेपालमा बेसबल खेलको पनि प्रचुर सम्भावना रहेको भन्दै संघले तयार पारेको कार्ययोजनामा राज्य, निजी क्षेत्र लगायत सम्बन्धित सबै पक्षले सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले सबैको सहयोग भएको खण्डमा बेसबल खेलले पनि राष्ट्रका लागि पदक दिलाउन सक्ने सम्भावना रहेको भन्दै बेसबल खेलमा लगानी गर्न राज्यपक्ष, निजी क्षेत्र लगायत सबै पक्षसँग आह्वान पनि गरे । वेस्ट एशिया बेसबल कपलाई पश्चिम एशियाली बेसबल खेलाडीहरुले बेसबल खेलको कुम्भ मेलाको रुपमा लिने गरेका छन् ।

Advertisement

वेस्ट एशिया बेसबल कपको विजेता र उपविजेताले एशियाली बेसबल च्याम्पियनसिपमा सहभागीता जनाउन पाउनेछन् । दुबईमा मध्य पूर्व र दक्षिण एसियाका आठ राष्ट्रिय टोलीहरू अरब क्लासिकमा एकअर्कासँग भिड्दैछन्। दुबईले अरब क्लासिकको आयोजना गर्नेछ जसमा संयुक्त अरब इमिरेट्स,सहित नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, साउदी अरेबिया, अफगानिस्तान ले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। अरब क्लासिक यस क्षेत्रको इतिहासमा सबैभन्दा ठूलो बेसबल प्रतियोगिता हुनेछ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top