विराटनगर,असोज ५
मोरङको कटहरीमा रहेको जीवन विकास समाजले २१ औं बार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरी आज मनाएको छ ।
पूर्वका ७ जिल्लामा वित्तिय सेवा प्रवाह गरिरहेको समाजले १ लाख ४५ हजारलाई रोजगारी दिएको जीवन विकास समाजका केन्द्रीय कोषाध्यक्ष संजय कुमारले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जीवन विकास समाजले गरीबी उत्थानका लागि गरेको कामको प्रशंसा गरे । कार्यक्रममा जीवन विकास समाजले सामूदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
यस्तै बार्षिकोत्सवका अवसरमा जीवन विकास समाजलाई सहयोग गर्ने विभिन्न संघसंस्था ,विद्यालयका शिक्षिक लगायतलाई सम्मान गरेको छ ।
समाजले लघुवित्त योजना, रेमिटयान्स, बालीविमा , सामाजिक विकास, स्वास्थ्य, कृषि, शिक्षा, रोजगारी लगायतका विविध क्षेत्रमा काम गर्दे आएको छ ।