प्रदेश सरकार भंग गर्न राप्रपा सांसदको माग

१७ भदौ ८१, मंगलबार

१८ भदौ, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले प्रदेश संरचना भंग गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्ने क्रममा राप्रपाकी सांसद कार्कीले गण्डकी प्रदेश सरकारमा मन्त्री पद नै लिलामीमा चढेको टिप्पणी गर्दै यस्तो माग गरेकी हुन् ।

प्रदेश सरकारमा भद्रगोल देखिएको बताउँदै उनले भनिन्, ‘गण्डकीमा मन्त्री पद नै लिलामीमा छ । यो के हो ? त्यसैले राप्रपाले यो प्रदेशलाई भंग गरौं, सेतो हात्ती नपालौं भनेको छ, यस्तो खालको गाईजात्रा हेर्न नपरोस्, मन्त्रीले तीतेपाती र वनमारा हेर्न म वन मन्त्रालयमा जान्न भन्नुभएछ । के वन मन्त्रालयमा तीतेपाती र वनमारामात्रै देखिन्छ ? यो मन्त्रिपरिषद्को पनि अपमान भएको छ ।’

Advertisement

गण्डकी प्रदेशमा मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वन तथा वातावरणमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिँदै वन मन्त्रालयको कामै नभएको टिप्पणी गरेका थिए ।

यसअघि गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधारमन्त्री समेत रहेका गुरुङले सोमबार राजीनामा दिएका थिए ।

Advertisement

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिजो मन्त्रिपरिषद्लाई पूर्णता दिँदै यसअघि भौतिक पूर्वाधारमन्त्री रहेका गुरुङको जिम्मेवारी हेरफेर गरेका थिए ।

जसमा उनलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, वन मन्त्रालय अन्य मन्त्रालयभन्दा सानो रहेको भन्दै उनी राजीनामा दिएर सरकारबाट बाहिरिए । त्यसपछि उनले मन्त्रालय बिक्रीमा रहेको बताएका थिए ।

गुरुङले कांग्रेसलाई भए डेढ करोड र एमालेलाई तीन करोडमा मन्त्रालय दिनेसमेत बताएका थिए ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top