फिल्म चलाउन पूजा शर्माको ‘हर्कत’ : कहिल्यै रुन्छिन्, कहिले निको भइसकेको घाउ कोट्याउँछिन्

१७ भदौ ८१, मंगलबार

१८ भदौ, विराटनगर ।

Advertisement

आफ्नो फिल्म प्रदर्शनमा आएपछि नायिका पूजा शर्माले गर्ने तिकडमका बारेमा त सबैलाई अवगत भएकै हो । आफ्नो चलचित्र हलमा लागेपछि ‘रोनाधोना’ मा उत्रिएपछि आलोचित बनेकी पूजाले फेरि अर्को हर्कत गरेकी छन् ।

रुन्चे नायिका भनेर आलोचनाको शिकार भएपछि पूजाले अब रोएर चलचित्र चलाउँदिनँ भन्दै दाबी गरेकी थिइन् । तर, पछिल्लो पटक भने बलात्कारजस्तो जघन्य मुद्दाका विषयमा हल्का टिप्पणी दिएर पूजाले आफ्नो फिल्मप्रति दर्शकको आकर्षण बढाउने चेष्टा थालेकी हुन् ।

Advertisement

नायक पल शाहसँग एक पोडकास्टमा एकसाथ गएकी पूजाले पललाई कानुनले नै निर्दोष साबित गरेको बताएकी थिइन् । उनले भनेकी थिइन्- ‘भगवान छ सत्यको जित हुन्छ । कानुनले नै प्रुभ गरिसकेको कुरा हो । कानुनले बोलिसकेपछि सकियो के, यहाँ कसैले बोल्न जरुरत छैन । पललाई कसैले नाम ट्याग गर्न जरुरत छैन ।’

त्यसको जबाफमा गायिका समीक्षा अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार नगर्न पूजालाई चेतावनी दिएकी छन् ।मंगलबार सामाजिक सञ्जालमा लेख्दै समीक्षाले अभिनेत्री पूजाले एक पोडकास्टमा दिएको अन्तर्वार्ताको भिडियो राख्दै फिल्म चलाउनकै लागि आफूलाई बारम्बार प्रहार नगर्न यस्तो चेतावनी दिएकी हुन् ।

Advertisement

उनले भनेकी छन्,’ अदालत नै पोडकास्टहरू हुन् भने, न्यायाधीश नै यी र यस्ता कलाकारहरू हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि ! सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ ! के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ । र माफी दिएर सावित गरिदिएँ । त्यसयता सबै नर्मल नै चलिरहेका बेला आफैं छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ? यसरी पनि सिनेमा चलाउन खोज्नु सही हो र ? सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ । हिजो ‘तिमि मेरो बहिनी’ भनेर आउनुभयो, मैले दिदि भनेँ, माने । अहिले पनि मानेकी छु । मान्छु तर यसरी पीडा नदिनुस् प्लिज !’

अभिनेता पल र पुजा नयाँ फिल्म ‘रावायण’ मा एकसाथ आउदै छन् । यस फिल्ममा अभिनेत्री पूजा निर्मात्री पनि हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top