१९ भदौ, विराटनगर ।
काठमाडौं महानगरपालिकाले फ्रान्सको राजधानी पेरिसमा जारी पेरिस पारा ओलम्पिक खेलकुद-२०२४ मा नेपालका लागि ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
बुधबार महानगरका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले तेक्वान्दो खेलाडी कास्यपदक जितेकी २१ वर्षीय पलेशालाई नगद पाँच लाख पुरस्कारसहित सम्मान गरेका हुन् ।
त्यस्तै प्रशिक्षक कविराज नेगीलाई पनि महानगरले नगदसहित सम्मान गरेको छ । महानगरले नेगीलाई तीन लाख नगदसहित सम्मान गरेको हो ।
फ्रान्सको राजधानी पेरिसमा जारी १७औँ पारा लिम्पिककी कास्य पदक विजेता पलेशा गोवर्धन बुधबार बिहान स्वदेश फर्किएकी हुन् ।
पलेशा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् । उनीसँगै गएका दुई खेलाडी भने पहिलो चरणबाट बाहिरिएका थिए । पौडीका भीमबहादुर कुमाल र तेक्वान्दोका भरतसिंह महरा पहिलो चरणबाटै बाहरिएका थिए ।