NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

उम्किने बाटो खोज्दै नरेश,ग्रान्ड जुरी खारेज भए के हुन्छ ?

बुधबार भदौ १९ , २०८१
Reading Time: 1 min read
A A
ममता बेपत्ता प्रकरण : बलियो प्रमाण भेट्टाएको प्रहरीको दाबी, के–के छन् त ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१९ भदौ , एजेन्सी ।

काभ्रेको पनौती घर भई अमेरिकाको भर्जिनिया बस्दै आएकी २८ वर्षीया ममता काफ्ले हराएको एक महिना बितिसकेको छ । अहिलेसम्म शव फेला पार्न नसकेको अमेरिकी प्रहरीले नेपाली नर्स ममता बेपत्ता प्रकरणमा अनुसन्धान गरिरहेको छ । सँगसँगै विभिन्न स्थानमा उनको शव खोजतलास गर्ने कामलाई पनि निरन्तरता दिएको छ ।

गत अगस्ट १ तारिखदेखि हराएकी ममताको न्यायका लागि अझै पनि उनका साथी र समर्थकले शान्तिपूर्वक प्रदर्शन गरिरहेका छन् । उनीहरू मनासस पार्क प्रहरी स्टेसनमा नियमित भेला भएर ‘ममतालाई न्याय दिइनुपर्छ’भन्ने होडिङ बोर्ड साथमा पनि उभिन्छन् । नेपाली समुदाय र ममताका साथीहरूले कि, सास कि त लास फेला पार्न प्रहरीलाई दबाब दिइरहन्छन् ।

‘हामी ममता बेपत्ता प्रकरणको अपडेटका लागि आतुर छौं,’ मंगलबार नेपाली समुदायकी प्रभा भट्टराई देउजा भनेकी छन्, ‘हामीलाई थाहा छ, प्रहरी अधिकारीले कडा मेहनत गरिरहेका छन् । तर, जेसुकै होस्, हामी ममतालाई घरमा फिर्ता ल्याउन चाहन्छौं ।’ ममताकी पूर्वसहकर्मी होली वर्थ भन्छिन्, ‘ममताको खोजीकार्य नरोकियोस् भन्नका लागि हामी परिवारका सदस्यहरूका साथ भेला भएका हौं । ममता भेटिइनुपर्छ, उनका परिवारले न्याय पाउनुपर्छ ।’

डिएमभी नेपाली समूहका नेतृत्वकर्ता ज्याक तिवारीले भने ममताको खोजीका लागि प्रहरी अधिकारीहरूलाई निरन्तर दबाब दिइरहेको सुनाए । एक साताअघि नेपालबाट अमेरिका पुगेका ममताकी आमा र ममताका भाइ त्यहाँका नेपालीको शरणमा बसिरहेका छन् । तर, अंग्रेजी बोल्न नआउँदा उनीहरूले स्थानीय पत्रकारहरूसँग कुरा गर्न नपाएको तिवारी बताउँछन् ।

एक वर्षीया ममताकी छोरीले हजुरआमाको हेरचाह पाएकी छन् । ‘मिनी ममता’ नाम दिइएकी ती नाबालिकालाई आर्थिक रूपमा सहयोग गर्न ‘गो फन्ड मी’ मार्फत दुई लाख ३८ हजार २३७ अमेरिकी डलर (तीन करोड १९ लाख) रुपैयाँ संकलन गरिएको तिवारीले जानकारी दिए। जसमध्ये ३३ लाख रुपैयाँ भने ममताको परिवारका सदस्यहरूको यातायात, बसाइ र अमेरिकी अदालतमा खर्च गरिने बताइएको छ ।

मनासस पार्क र प्रिन्सि विलियम काउन्टी प्रहरीले गत शुक्रबार सिग्नल हिल पार्कमा केही घण्टा लगाएर प्रमाण खोजी गरेको थियो । मनासस पार्क प्रहरीका प्रमुख मारियो लुगोका अनुसार ममताको हत्या भएको बलियो प्रमाण कोर्टमा पेस गरिएको भए पनि शव भने अझै फेला पार्न सकिएको छैन ।

यता, प्रहरीले ममताको शव लुकाएको आरोपमा पक्राउ परेका श्रीमान् नरेशदत्त भट्टलाई बिहीबार पुनः अदालत पेस गर्दैै छ । ग्रान्ड जुरीसमेत रद्द गर्न न्यायाधीशसमक्ष अनुरोध गर्दै नरेशका वकिलबाट दायर गरिएको मोसनका सन्दर्भमा बिहीबार सुनुवाइ हुन लागेको हो । ३७ वर्षीय नरेशलाई बिहीबार बिहान स्थानीय समयअनुसार १० बजेका लागि सुनुवाइमा उपस्थित गराइने भएको हो।

अक्टोबर २४ का लागि तोकिएको प्रारम्भिक सुनुवाइ रद्द गर्न नरेश पक्षबाट दायर गरिएको मोसन गत अगस्ट २९ मा अदालतले स्वीकार गरेपछि अक्टोबर ७ का लागि ग्रान्ड जुरी तोकिएको छ। प्रिन्स विलियम काउन्टी जुडिसियल सेन्टरको कोर्टरुम २ मा त्यस दिन बिहान पौने ९ बजेका लागि ग्रान्ड जुरी तय भएको हो।यसपछि अक्टोबर ८ का लागि कोर्टरुम ४ मा अर्को सुनुवाइ तोकिएको छ।

तर ग्रान्ड जुरी रद्दको माग गरिएको मोसन पनि अदालतले स्वीकार गरेको खण्डमा मुद्दा अझ छिटो प्रक्रियामा जानेछ। यो भनेको नरेशको उम्किने बाटो रहेको त्याहा रहेका नेपालीहरु बताउँछन् । प्रहरीले हत्या नै नरेशले गरेको यथेष्ठ ठोस प्रमाण नभेटाएको अवस्थामा छोटो प्रक्रियामा लगेर सुनुवाइ गरे नरेशलाई निकाल्न सकिने योजनामा उनका वकिलहरु रहेका छन् ।

गत अगस्ट २९ को सुनुवाइमा पनि नरेशलाई अदालत उपस्थित गराइएको थियो। त्यस दिन नरेश पक्षले अदालती प्रक्रियालाई गति दिन प्रारम्भिक सुनुवाइ रद्द गर्न प्रस्ताव गरेको थियो। यसलाई अदालतले स्वीकार गरेपछि मुद्दा सीधै अर्को चरण अर्थात् ग्रान्ड जुरी सुनुवाइमा प्रवेश गरेको हो। नरेश पक्षको सुनुवाइलाई गति दिने प्रस्तावको भने ममतापक्षका सरकारवादी अधिवक्ताहरुले विरोध गरेका थिएनन् ।

Tags: #ममता काफ्ले बेपत्ता प्रकरण

लोकप्रीय

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु

मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२

विचार

थप समाचार

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु
अन्तर्राष्ट्रिय

 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु

मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि
ताजा समाचार

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए
ताजा समाचार

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश
अन्तर्राष्ट्रिय

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: प्रहरीकै ह*त्या, एप्पल र ओपनएआइविरुद्ध Muskले हाले मुद्दा || Nepal Times

World News: प्रहरीकै ह*त्या, एप्पल र ओपनएआइविरुद्ध Muskले हाले मुद्दा || Nepal Times

00:15:07

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

00:19:31

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु

मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.