×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

आमाःजन्माइन् हुकाईन् अनि आफै ज्यान लिइन्

१९ भाद्र २०८१

१९ भदौ , विराटनगर ।

आमा, कुनै शब्दमा वर्णन गर्न सकिदैन् । आमा शब्द आफैँमा यति बृहत छ कि, हामीले त्यसको महिमा र वर्णन गरेरै सक्दैनौँ । आमाले सन्तानका लागि दिने त्याग वर्णन गरेर सकिदैन् । हरेक आमाका लागि सन्तान मुटुका टुक्रा हुन् । जसलाई आफूभन्दा बढी माया र स्नेह दिएर हुर्काउँछन् ।

Advertisement
Advertisement

तर आज हामी  यस्ती आमाको खबर लिएर आएका छौं । जसले जन्म दिइन्, हुर्काइन् अनि हुकिदै गरेका कलिला अबोध दुई छोरीको आफै ज्यान लिइन् । मोरङको सुन्दरहरैँचामा मृत भेटिएका दुई नाबालिग दिदीबहिनीलाई आमाले नै विष खुवाएर हत्या गरेको पुष्टि भएको छ। अस्मिता कार्कीले आफ्ना दुई छोरीलाई आफूले नै मारेको स्वीकार गरेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय मोरङमा उनलाई सार्वजनिक गर्ने क्रममा संक्षिप्त प्रतिक्रिया लिँदा उनले यस्तो बताएकी हुन् । झापाको बिर्तामोडमा फेला परेकी अस्मिता कार्कीले आफूले नै छोरीहरूलाई विष खुवाएको प्रहरीसमक्ष स्वीकारेकी छन् । उनले पतिले आफूलाई मानसिक तनाव दिएको आरोप समेत लगाएकी छन् ।

उनले आफूले छोरीहरूलाई विष खुवाएर आफूले पनि खाएको बताएको प्रहरीले बताएको छ । बच्चालाई विष खुवाएर हिँडेकी आमा अस्मिताले सो दिन जंगलमै बिताएकी थिइन् । आफू विषले नमरेपछि उनी विक्षप्त भएर भौतारिँदो बिर्तामोड पुगेकी थिइन् । उनको शरीरमा अझै विषको असर रहेकाले कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सुन्दरहरैँचा–७ का स्थानीय नारायण न्यौपानेको केरा बगानमा १ वर्षीय आइका र ३ वर्षीय अर्पणा कार्की गत शनिबार दिउँसो मृत अवस्थामा भेटिएका थिए । घटनाको ५ दिनपछि झापा बिर्तामोडको सडकमा अस्मितालाई अस्वस्थ्य अवस्थामा प्रहरीले फेला पारेको थियो । उनको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

बन्दै गरेको घरमा पति अर्जुन कार्कीसँग विवाद हुँदा उनी २ छोरी लिएर घर छाडेर हिँडेकी थिइन् । प्रहरीले अस्मिता केही मानसिक समस्यामा रहेजस्तो पनि देखिएको जनाएको छ । मैले सुरुमा विष पिएँ । मलाई छाती पोल्न थाल्यो । म मरे भने छोरीहरू जङ्गलमै हुने भए बरु मसँगै लैजान्छु भनेर उनीहरूलाई पनि विष खुवाएँ, उनले भनिन्, श्रीमानले धेरै टर्चर गरेपछि मैले यसो गरेकी हुँ ।

अस्मितालाई प्रहरीले बुधबार बिहान झापाबाट पक्राउ गर्न सफल भएको थियो । उनलाई आजै प्रहरीले सार्वजनिक गरेको छ । मोरङ प्रहरी प्रमुख नवराज कार्कीले उनलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् । अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन् ।

अर्जुन पत्नी र २ छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । उनले नयाँ घर पनि बनाउँदै थिए । निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको थियो । विवादपछि २ जना नाबालिका छोरीलाई लिएर अस्मिता बेपत्ता भएकी थिइन् ।

Advertisement
Advertisement

दुवै नाबालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ । केरा बगानभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शव फेला परेको थियो । नाबालिकाहरुको शव भेटिएको स्थानमा कीटनाशक औषधिको बट्टा समेत फेला परेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top