×

NEPAL TIMES UPDATES

Playing
World News:रुसमा विषाक्त वर्षा,युक्रेनलाई ९० अर्ब ऋण, मेटामा ८ हजार कर्मचारी कटौती || Nepal Times
Apr 24, 2026
Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026
Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026

आफ्नो दल नै नरहने डर प्रचण्डलाई किन लाग्यो ?

१९ भाद्र २०८१

१९ भदौ , काठमाण्डौ।

एमाले र कांग्रेसको पछिल्लो नयाँ सत्ता समीकरण बन्नुअघि नै एमालेका महासचिव शंकर पोखरेललगायतले अब नेपालमा राजनीतिक ध्रुवीकरण अपरिहार्य रहेको धारणा व्यापक रुपमा उठाए । अहिले एमाले र कांग्रेस मिलेर सरकार चलाईरहँदा पनि उनी मुलुक अब दुई पार्टी सिस्टममा जानु पर्नेमा जोड दिइरहेका छन् ।

Advertisement
Advertisement

गठबन्धनले संकटको व्यवस्थापन मात्र गर्न सक्ने तर राष्ट्रको समृद्धि हासिल हुन नसक्ने बताउँदै उनले राजनीति ध्रुवीकरण अपरिहार्य भएको बताएका हुन् । एमाले महासचिवले खुलेरै मुलुकमा अब धेरै राजनीतिक दल आवस्यक नरहेको बताइरहँदा यता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि त्यसैको डर आफूलाई लागेको बताएका छन् ।

उनले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्नेमा पनि जोड दिएका छन् । आज पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशलाई दुई दलीय शासनतिर लान खोजिएको बताएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनले पार्टी कार्यकर्ता र जनतालाई प्रशिक्षित गर्दै पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता सापकोटाले अध्यक्ष प्रचण्डले सबै प्रतिपक्षलाई समाहित गर्दै अघि बढ्नुपर्ने बताएको जानकारी दिए । त्यस्तै संसदमा माओवादी केन्द्रको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा पनि प्रचण्डले जोड दिएको उनको भनाई छ ।

प्रवक्ता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेले जनयुद्धलाई हिंसा भन्नु संविधान विपरीत भएको बताए । अध्यक्षसहित सिंगो माओवादीले दुई दलिय पार्टी सिस्टममा लैजान अहिलेको सरकार खासगरी एमाले र काँग्रेस लागि परेको र जनयुद्धलाई समेत हिंसा भन्दै आफूहरुमाथि कानूनी डण्डा चलाउन सक्ने आशंका गरिरहँदा यता एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्यसैलाई संकेत गर्दै माओवादी केन्द्रमाथि टिप्पणी गरेका छन् ।

खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अस्थिरता निम्त्याउन चलखेल बढाएको आरोप लगाएका छन् । मंगलबार दिउँसो केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्यूरो बैठकमा समसामयिक विषयमा ब्रिफिङ गर्दै ओलीले प्रचण्डमा कुनै बदलाव नआएको बताएका हुन् । ‘प्रचण्डको जहिलेपनि खेल्ने, खेलैखेल खेलेर कहिले को सँग कहिले कोसँग मिलेर सत्ता हत्याउने चरित्रमा कहिल्यै बदलाव आएन,’ प्रधानमन्त्री ओलीले बैठकमा भने ।

उनले प्रचण्डले पनि आफूहरूलाई धोका दिन लागेको थाहा पाएपछि सत्ता परिवर्तन गर्नपरेको पार्टी बैठकमा बताएका थिए । प्रचण्डको चरित्रबारे बोल्दै अध्यक्ष ओलीले अस्थिर, गैरजिम्मेवार, चिन्तन र सोचमा परिवर्तन नआएको लगायतका टिप्पणी गरे । ‘अस्थिर, गैरजिम्मेवार, चिन्तनमा परिवर्तन नआएको, सोचमा परिवर्तन नआएको, लोकतान्त्रिक बन्न नसकेको पात्र हुन्, प्रचण्ड’, बैठकमा ओलीले भनेका थिए ।

प्रचण्डले केही दिनअघि श्रीलंका र बंगलादेशमा जस्तै नेपालमा पनि जनता जाग्ने बेला भएको भन्दै सत्तारुढ दलहरुलाई सचेत रहन चेतावनी दिएका थिए । उनको यो चेतावनीलाई लिएर पनि ओलीले आक्रोस पोखे । नेपाल कहिले पनि श्रीलंका र बंगलादेश हुन नसक्ने बताए । यस्तै काँग्रेसका महामन्त्री गगन थापाले पनि प्रचण्डको सो अभिब्यक्ति उनीतर्फ पनि लागु हुने भन्दै यस्ता गैरजिम्मेवारपूर्ण अभिब्यक्ति नदिन र यसबारे सोच्न सुझाएका थिए ।

यस्तै ओलीले गत भदौ १० गते टुँडिखेलमा आयोजित गौरा पर्व कार्यक्रममा आफू र कांग्रेस सभापति शेरबहादुर देउवाविरूद्ध भएको नाराबाजीमा पनि माओवादीको हात रहेको आशंका गरे । त्यस घटनामा तीन जनालाई पक्राउ गरिएको थियो । पक्राउको विरोध हुन थालेपछि उनीहरूलाई जनही ९ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको थियो ।

यस्तै प्रकारका अरू अराजक र अनुशासनहीन गतिविधि अन्य ठाउँमा पनि हुन सक्ने ओलीले संकेत गरे । यसको प्रतिवादका लागि तयार रहन पनि उनले निर्देशन दिए । अध्यक्ष ओलीले प्रचण्डलाई लक्षित गर्दै सत्ताबाट हट्नुपरेको पीडा विभिन्न रूपमा प्रकट गर्न थालेको बताएका थिए । ओलीले प्रचण्ड र माओवादीका बारेमा यस्ता टिप्पणी गरिरहँदा यता माओवादीले भने सरकारविरुद्ध संघर्ष गर्ने तयारी भइरहेको बताएको छ ।

अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रण, लोकतन्त्र र जनजीविकाको सवालमा आफ्नो पार्टी नेतृत्वको सरकारले चालेका कदम उल्ट्याउने काममा सरकार लागि परेको जिकिर गर्दै त्यसका विरुद्ध सदन र संघर्ष दुवै संघर्ष चर्काउने तयारीमा आफूहरु रहेको बताएका हुन् । सापकोटाले सरकार र सत्तारुढ दलका नेताहरुविरुद्ध जनमत उर्लेको भन्दै आफ्नो पार्टीले प्रतिरोध गरेर अघि बढ्ने बताए ।

Advertisement

उनले संविधान संशोधनको नाममा दुई दल सम्मिलित सरकारले जनताको अधिकार खोज्ने चेष्टा गरेकाले त्यसको विरुद्ध जमेर प्रतिवाद गर्ने नीति पार्टीले लिएको पनि बताए । कांग्रेस एमाले नेतृत्वको सरकार इमान्दार नभएकाले विभिन्न कार्यक्रममा प्रधानमन्त्री र सत्ता साझेदार नेताका विरुद्धमा जनमत उर्लिन थालेको उनको दाबी थियो ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top