×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुपर ४ चरणमा पाकिस्तानको विजयी सुरुवात,अफगानिस्तानलाई अन्तिम ओभरमा हरायो

६ आश्विन २०७५

एजेन्सी, असोज ६
एसिया कप क्रिकेट अन्तर्गत शुक्रबार सम्पन्न सुपर ४ चरणमा पाकिस्तानले विजयी सुरुआत गरेको छ ।

अन्तिम ओभरसम्म चलेको रोमान्चक खेलमा अफगानिस्तानलाई ३ विकेटले हराउन पाकिस्तान सफल भएको हो । यो सँगै पाकिस्तानले महत्त्वपूर्ण अंक जोडेको छ ।

Advertisement

पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५७ रन जोडेको थियो । अफगानिस्तानका लागि ओपनर महमद सहजादले २० र इहसनुल्लाहले १० रनको योगदान दिए ।

तेस्रो नम्बरमा ब्याटिङ गरेका रहमत साहले पनि ५१ बलमा ३६ रन बनाए । चौथो विकेटका लागि अस्गर अफ्घानी र हस्मतुल्लाह शाहिदीले ९४ रनको साझेदारी गरे । कप्तान अस्गर ५६ बलमा २ चौका र ५ छक्कासहित ६७ रन जोड्दै शाहिन अफ्रिदीको बलमा बोल्ड भएका थिए ।

त्यस्तै हस्मतुल्लाह १ सय १८ बलको सामना गर्दै ७ चौकाको मद्दतबाट ९७ रनमा नटआउट रहे । शाहिदीले अन्तिम ओभरमा ३ ओटा चौका प्रहार गरेका थिए । गुल्बदीन नाइबले ७ बलमा नटआउट १० रन जोडे । पाकिस्तानका लागि मोअहमद नवाजले ३ विकेट लिए । युवा बलर शाहिन अफ्रिदीले २ विकेट तथा हसन अलीले १ विकेट हात पारे ।

प्रतिस्पर्धाताम्क लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ओपनर फखर जमानलाई पहिलो ओभरमा खाता नखोली मुजिबको बलमा गुमाएको थियो । त्यसपछि इमाम उल हक र बाबर आजमले १ सय ५४ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए ।

इमामले १ सय ४ बलमा ५ चौका र १ छक्कासहित ८० रन जोडे । बाबर भने ९४ बलमा ४ चौका र १ छक्कसहित ६६ रन जोड्दै स्टम्पिङ आउट भए । हरिस सोहेल ९१३०, सरफराज अहमद ९८० र आसिफ अलि ९७० ले पनि आक्रामक गतिमा खेल्ने प्रयास गरे ।

Advertisement

शोएब मलिकले ४३ बलमा नटआउट ५१ रन बनाएका थिए । ३ चौका र १ छक्का प्रहार गरेका मलिकले ५ बलमा १० रन आवश्यक पर्दा छक्का र चौका प्रहार गर्दै जित दिलाएका थिए । अफगानिस्तानका रशिद खानले ३ विकेट लिंदा मुजिब उर रहमानले २ तथा गुल्बदीनले १ विकेट हात पारे ।खेलको म्यान अफ द म्याच बलियो प्रदर्शन गरेका शोएब मलिक भए ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top