दशैंमा खसीबोका किन्दा सिङ हेरेर किन्नुहोस् ,नत्र फसिएला

दशैंमा खसीबोका किन्दा सिङ हेरेर किन्नुहोस् ,नत्र फसिएला

काठमाडौं : नेपालीको महान चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौं लगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

काठमाडौं महमनगरपालिकाले विशेष गरी राजधानी भित्रिने पशुपंक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिन लागेको हो ।

महानगरपालिकाले राजधानी भित्रिने खसी, बोका, राँगो, भैंसी स्वस्थ छन् कि छैनन् भनेर परीक्षण गर्ने र यसरी परीक्षण गरेका खसी बोका राँगा भैंसीको सिङमा दुई प्रकारका रंग लगाउने भएको छ ।

महानगरपालिकाले हरियो चिह्न लगाए स्वस्थ र रातो चिह्न लगाए अस्वस्थ हुने भएकाले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.