स्विट्जरल्यान्ड नौ खेलाडीमा सीमित बनेको फाइदा उठाउँदै डेनमार्क विजयी

स्विट्जरल्यान्ड नौ खेलाडीमा सीमित बनेको फाइदा उठाउँदै डेनमार्क विजयी

२१ भदौ, विराटनगर ।

चौथौ संस्करणको युरोपियन नेसन्स लिगमा डेनमार्कले स्विट्जरल्यान्डमाथि जित दर्ता गरेको छ । बिहीबार नेसन्स लिगअन्तर्गत समूह चरणको पहिलो खेलमा डेनमार्कले स्विट्जरल्यान्डलाई २-० गोलले हराएको हो ।

डेनमार्कको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली स्विट्जरल्यान्ड नौ खेलाडीमा सीमित बनेका थिए । जसको फाइदा उठाउँदै घरेलु टोली डेनमार्क विजयको झन्डा फहराउन सफल भएको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५२औं मिनेटमा निको एल्भेडीले रातो कार्ड पाएसँगै पाहुना टोली १० खेलाडीमा सीमित बनेको थियो ।

जसको फाइदा उठाउँदै प्याट्रिच डोर्चुगले ८२औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए । ८७औं मिनेटमा ग्रान्ड हाकाले पहेँलो कार्डसहित रातो कार्ड पाएपछि स्विट्जरल्यान्ड नौ खेलाडीमा सीमित हुन पुग्यो ।

खेलको इन्ज्युरी समयमा पिएरे इमाइल हब्जर्गले गोल गर्दै डेनमार्कलाई २-० गोलको जित दिलाएका हुन् ।

युरोपियन फुटबल महासंघको आयोजना जारी प्रतियोगिताको पहिलो चरणको पहिलो खेलमा जित निकालेको उसले ३ अंक जोडेको छ । अब, दोस्रो खेलमा उसले सर्बियासँग खेल्ने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.