×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

विश्वकप छनोटमा ब्राजिललाई अर्को झट्का, खेलाडी अभावबीच मिलिटाओले ‘क्याम्प’ छोडे

२१ भाद्र २०८१

२१ भदौ, विराटनगर । 

आगामी दुई वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट खेल खेल्न आँटेको ब्राजिललाई अर्को झट्का लागेको छ ।

Advertisement
Advertisement

विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिलले शनिबार बिहान इक्वाडरलाई आफ्नो मैदानमा निम्त्याउँदै छ ।

ब्राजिलका लागि विश्वकप छनोटको खेलमा मात्र नभई कोपा अमेरिका पनि निराशाजनक रह्यो । नौ पटकको कोपा विजेता ब्राजिल यसपालि क्वार्टरफाइनलबाटै बाहिरियो । यता, विश्वकपमा पनि ऊ छैटौं स्थानमा सीमित छ ।

कोपा अमेरिकामा इक्वाडर पनि अर्जेन्टिनासँग पेनाल्टीमा पराजित भएर क्वार्टरफाइनलबाटै बाहिरियो । विश्वकप छनोटमा भने इक्वाडर ब्राजिलभन्दा अगाडि देखिएको छ । यसपालिको विश्वकपमा छनोट हुने लक्ष्यका साथ अगाडि बढेको इक्वाडरले ब्राजिललाई उसैको घरमा हार चखाउने लक्ष्य लिएको छ ।

यसबीचमा सबैसँग हार्दै गएको ब्राजिललाई हराउन इक्वाडरलाई पनि सहज देखिएको छ । किनकि, खेलाडी अभावले थलिएको ब्राजिलका सेन्टर-ब्याक इडर मिलिटाओले ‘क्याम्प’ छोडेका छन् ।

रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आएका मिलिटाओले चोटका कारण ब्राजिलको प्रशिक्षण क्याम्प छोडेका हुन् । ब्राजिल फुटबल संघले मिलिटाओ चोटका कारण आगामी दुई खेल खेल्न असमर्थ भएको जनाएको हो ।

बुधबार प्रशिक्षणकै क्रममा चोट बोकेका उनी मेडिकल चेकजाँच गराएपछि बिहीबारको प्रशिक्षणमा समेत आउन सकेनन् ।

दक्षिण अमेरिकाका १० वटा टोलीले विश्वकपमा छनोट हुन प्रतिस्पर्धा गरिरहेका छन् । आगामी विश्वकपमा साउथ अमेरिकाबाट ६ टोली सीधै छनोट हुँदा एउटा टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।

Advertisement

७ सेप्टेम्बर २०२३ बाट दक्षिण अमेरिकाका १० राष्ट्रहरूले २०२६ को विश्वकपमा छनोट हुनेगरी खेलहरू खेलिरहेका छन् । सेप्टेम्बर २०२५ सम्ममा यहाँबाट ६ टोली छानिने छन् भने एउटा टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top