×

NEPAL TIMES UPDATES

Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026
Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026
Playing
एकदिवसीय मान्यता जोगाउन आज नेपालले जित्नैपर्ने || Nepal Times
May 18, 2026
Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026
Playing
UFO बाट ४ एलियन निकालिएको अनुसन्धानकर्ताको दाबी, कति सत्यता ?|| Nepal Times
May 17, 2026
Playing
विश्व कीर्तिमानधारी कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्रीको सम्मान || Nepal Times
May 17, 2026

मेसी र रोनाल्डोको मात्र होइन नेयमारको पनि छ ‘रेकर्ड’

२१ भाद्र २०८१

२१ भदौ, विराटनगर ।

समकालीन फुटबलका महान् हस्तीहरू भन्नेबित्तिकै हामी अर्जेन्टिनाका लियोनल मेसी अनि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई मात्रै सम्झन्छौं । सर्वाधिक प्रतिष्ठित अवार्डका विषयमा हाेस् वा विभिन्न कीर्तिमानमा हाेस्, ३८ वर्षीय मेसी अनि ३९ वर्षका रोनाल्डोले नै एकछत्र राज गरेका छन् । यसैले पनि उनीहरूलाई दिग्गज खेलाडीका रूपमा सम्झनु स्वभाविक हो ।

Advertisement
Advertisement

तर, एक समय उनीहरूझैं उत्कृष्ट प्रदर्शन गर्ने ब्राजिलका नेयमारलाई भने हामीले करिब-करिब बिर्सिइसकेको अवस्था छ । किनकि, ३२ वर्षीय नेयमारको अधिकांश समय मैदानमा भन्दा बढी ‘रिकभरी’ मै बित्ने गरेको छ । एकताका स्पेनिस महारथी बार्सिलोनाबाट मेसी र लुइस स्वारेजसँग एकसाथ मैदान उत्रिन्थे, नेयमार ।

मैदानमा उनको प्रदर्शन र कौशलताले लठ्ठ पर्ने फुटबलप्रेमीहरूले नेयमारलाई बिर्सिनै लागे भन्दा फरक नपर्ला ! बार्सिलोनाबाट सर्वाधिक धेरै सरुवा रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका नेयमार हाल साउदी अरेबियन हल हिलालसँग छन् । तर, अल हिलालका पछिल्ला ४५ खेलमा भने उनले खेल्न पाएका छैनन् ।

त्यसअघि पिएसजीमा हुँदा पनि उनले धेरै खेल चोटकै कारण गुमाउनुपर्‍यो । बार्सिलोनाका लागि पनि उनले अपेक्षानुरूप खेलहरू खेल्न पाएनन् । अहिले ब्राजिलले सन् २०२६ को विश्वकपमा छनोट हुनका लागि गरिरहेको संघर्षमा साथ दिन पनि पाएका छैनन्, नेयमारले ।

चोटका कारण मैदानबाहिर रहेका नेयमारले आगामी कति खेल गुमाउने हुन्, त्यसको अनुमान पनि छैन । किनकि, झन्डै एक वर्षयता उनले खेल्न त के प्रशिक्षणसमेत गर्न सकेका छैनन् ।

आफ्नो करिअरको अधिकांश समय चोटबाट उन्मुक्त हुन नै बिताउनुपर्ने बाध्यताका कारण पनि उनलाई फुटबल समर्थकले बिर्सिने अवस्थामा पुगेका हुन् । तर, नेयमारलाई सम्झिने केही आधारहरू पनि छन् । किनकि, आठ पटकका मेसीलाई सर्वाधिक गोलकर्ता बनाउन पनि नेयमारले अथक भूमिका निभाएका थिए, ‘असिस्ट’ गरेर ।

गोलमा पास मिलाउन सिपालु नेयमार आफ्ना देशका लागि सर्वाधिक धेरै असिस्ट गर्ने खेलाडी पनि हुन् । त्यसबाहेक नेयमार २१औं शताब्दीमा राष्ट्रिय टोलीहरूमा सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडी पनि हुन् । यो मामलामा नेयमारले पूर्वसहकर्मी मेसी अनि रोनाल्डोलाई पनि उछिनेका छन् ।

नेयमारले हालसम्म राष्ट्रका लागि एक सय २८ खेल खेल्दा ५९ गोलमा पास मिलाएका छन् । जबकि, विश्वकप विजेता मेसीले एक सय ८७ खेल खेल्दा ५८ असिस्ट गरेका छन् ।

अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक असिस्ट गर्ने खेलाडीको सूचिको तेस्रो स्थानमा छन्, बेल्जियमका केभिन डी ब्रुयन । उनले एक सय पाँच खलमा ४९ असिस्ट गरेका छन् । पोर्चुगलका कप्ता रोनाल्डोले दुई सय १२ खेलमा ४५ असिस्ट गरेका छन् भने इंग्ल्यान्डका डेभिड बेकह्यामले एक सय १५ खेलमा ४२ गोल गरेका छन् ।

Advertisement
Advertisement

सन् २०१० मा १८ वर्षको उमेरमा ब्राजिलका लागि डेब्यु गरेका नेयमारले ७९ गोलसमेत गरेका छन् । उनी ब्राजिलका सर्वाधिक गोलकर्ता पनि हुन् । ब्राजिलका लागि ७७ गोल गरेका पेलेजस्तो खेलाडीलाई उनले उछिनेका छन् । सन् २०१६ मा भएको रियो ओलम्पिकमा घरेलु राष्ट्र ब्राजिललाई स्वर्ण पदक दिलाएका छन्, नेयमारले ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top