×

NEPAL TIMES UPDATES

Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026
Playing
शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्रा उ || Nepal Times
Apr 04, 2026
Playing
इरानले विमान खसालेका कारण वार्तामा असर पर्ला? के भन्छन् ट्रम्प ? || Nepal Times
Apr 04, 2026
Playing
’अपरे शन सेफ्टी काठमाडौं’ः काठमाडौंबाट १९५ जना पक्रा उ#arrest #nepal #police|| Nepal Times
Apr 04, 2026
Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026

भारतको ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण

२२ भाद्र २०८१

२२ भदौ , एजेन्सी ।

भारतले मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण गरेको छ । रक्षा मन्त्रालयको बयानका अनुसार यसलाई ओडिशाको चंडीपुरको एकीकृत परीक्षण दायराबाट शुक्रबार प्रक्षेपण गरिएको थियो । यो प्रक्षेपणले यसको परिचालन र प्राविधिक मापदण्डहरू पूरा गरेको जानकारी दिइएको छ । अग्नि–४ मिसाइल स्ट्रेटजिक फोर्सेज कमान्ड अन्तर्गत प्रक्षेपण गरिएको थियो ।

Advertisement

अग्नि–४ को सफल परीक्षणलाई भारतका लागि निकै महत्त्वपूर्ण मानिएको छ किनभने यो भारतको परमाणु प्रतिरोध कार्यक्रमको हिस्सा हो । अग्नि–४ मिसाइलको दायरा ४ हजार किलोमिटरभन्दा बढी छ । यसअघि भारतले यो वर्षको अप्रिलमा ओडिशाको तटमा रहेको अब्दुल कलाम टापुबाट १ हजार देखि २ हजार किलोमिटरसम्म मार हान्न सक्ने नयाँ पुस्ताको परमाणु सक्षम अग्नि प्राइम ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।

अग्नी ४ निकै नै शक्तिशाली मिसाइल बताइएको छ । यसले भारतीय सेनाको मार हान्ने क्षमता निकै बढाउँने छ । यो मिसाइल दुश्मन देशहरुका लागि चुनौती बनेको भारतीय मिडियाहरुले जनाएका छन् । भारतको रक्षा एवं अनुसन्धान विकास संगठनले दुई वर्षअघि ६ जुन २०२२ मा पनि यसको परीक्षण गरेको थियो ।

सामरिक बल कमान (एसएफसी)ले रक्षा अनुसंधान एवं विकास संगठन (डीआरडीओ)संग मिलेर यसको सफल उडान परीक्षण गरेको थियो । अग्नि मिसाइल भारतद्वारा विकसित एक ब्यालेस्टिक मिसाइल हो । यो लामो दूरीको परमाणु हतियार लैजान सक्षम छ । यो जमिनदेखि जमिनसम्म मार हान्ने ब्यालेस्टिक मिसाइल हो ।

अग्नि–४ अधिकतम ९०० किलोमीटरको उचाईसम्म सिधा उडान भर्न सक्छ । यसको सटिकता १०० मीटर छ । अर्थात हमलाको समयमा यसले १०० मीटरको दायरमा आउने कुनै पनि टारगेटलाई निशाना बनाउन सक्छ । अग्नि–४ को नेविगेशन डिजिटल गरिएको छ । यसलाई ८ बाई ८ ट्रांसपोर्टर इरेक्टर लन्चरबाट प्रहार गरिन्छ ।

Advertisement

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top