×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मानव तस्करको चंगुलमा नेपाली, अमेरिकी प्रहरीले समात्यो

२३ भाद्र २०८१

२२ भदौ  ,एजेन्सी ।

नेपालीमात्रै होइन, संसारकै लागि अमेरिका एक सपनाको देश हो । अमेरिका जानु पनि एउटा सफलताको मानक बन्दै आएको छ । नेपालीहरुका लागि पनि त्यहाँ गएपछि काम र दाम दुवै हुने, जीवन सुरक्षित हुने जस्ता अमेरिकी सपना बग्रेल्ती छन् ।

Advertisement
Advertisement

यसैले लाखौं नेपालीको अमेरिका जाने सपना असरल्ल छन् । त्यसमा पनि अझ नयाँ पुस्ताको अमेरिका मोह उच्च छ । यसका लागि उनीहरुले वैध मात्रै होइन अवैध बाटोबाट समेत तस्करको विश्वासमा परेर सपनाको देश पुग्ने योजना बुन्ने गर्दछन् ।

तर त्यो योजना उनीहरुका लागि निक्कै पीडादायी हुने गरेको छ । त्यसरी अमेरिकाको सपना बुनेकाहरु अनकन्टार जङल,खोलानाला हुँदै भोकभोकै अमेरिकी सीमामा पुगेपनि प्रहरीको फन्दामा पुग्दछन् भने त्यहा पुग्नु अघि बीच बाटोमै ज्यान गुमाएका थुप्रै घटनाहरु समेत सार्वजनिक हुँदै आएका छन् ।

पछिल्लो समय त्यसैगरी अवैध बाटोबाट अमेरिकी सीमामा पुगेका झन्डै २७ सय नेपाली पक्राउ परेका छन् । चालु आर्थिक बर्षको ८ महिनामा २६६० जना नेपालीहरु पक्राउ परेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

उनीहरु अमेरिकी राष्ट्रपति जो बाइडेनको एसाएलम प्रतिबन्ध अगाडि पक्राउ परेका हुन् । नेपालीलाई मानव तस्करमार्फत विनाभिसा मेक्सिकोहुँदै अमेरिका प्रवेश गर्ने क्रममा अमेरिकी सिमा सुरक्षा गस्तीले पक्राउ गरेको हो ।

२०२४ को जनवरीमा २०० जना, फेब्रुअरीमा २३० जना, मार्चमा १६०, अप्रिलमा ३१० र मे महिनामा १८० जना नेपालीहरु मेक्सिकोको सिमाक्षेत्रबाट विनाभिसा अमेरिका प्रवेश गरेका छन् ।

सन् २०२३ को डिसेम्बरमा ४२० जना, नोभेम्बरमा ५५० जना र अक्टोबरमा ६१० जना गरी चालु आर्थिक बर्षको ८ महिनामा २६६० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका छन् । यो संख्या बाइडेनले सिमाक्षेत्रमा एसाइलममा प्रतिबन्धहरु लगाउनुभन्दा ठीक अगाडिको हो ।

बाइडेन प्रशासनले जुनको पहिलोसातादेखि प्रतिबन्धहरु लागु गरेको थियो । उक्त प्रतिबन्ध अगाडि आर्थिक बर्ष २०२३ को १२ महिना र २०२४ को ८ महिनाको यो तथ्यांक विगतका बर्षहरुको तुलनामा निकै उच्च रहेको छ ।

विना भिसा अमेरिका प्रवेश गर्नेहरुको विगतको सूची भने अहिलेको तुलनामा केही कम रहेको छ । सन् २०१४ देखि २०२२ सम्म ९ बर्षको अवधिमा जम्मा ५१८० जना नेपालीहरु मेक्सिकोको सिमाक्षेत्रबाट विनाभिसा अमेरिका प्रवेश गरेका थिए ।

तर त्यसको तुलनामा २०२२ को अक्टोबरदेखिको २० महिनामा धेरै नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ । जुन संख्या ५८ सय रहेको छ ।

यो संख्या केबल अमेरिका प्रवेशका क्रममा सिमा सुरक्षा गस्तीसँग जम्काभेट हुनेहरुको मात्र हो । अघिल्लो आर्थिक बर्ष २०२३ मा अहिलेसम्मकै इतिहासमा सबैभन्दा धेरै ३१४० जना नेपालीहरु विनाभिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गरेका थिए ।

उक्त आर्थिक बर्षको पहिलो महिना २०२२ को अक्टोबरमा १७०, नोभेम्बरमा २२०, डिसेम्बरमा ३२०, २०२३ को जनवरीमा १४०, फरबरीमा १००, मार्चमा १३०, अप्रिलमा २६०, मेमा ४६०, जुनमा ४८०, जुलाईमा ३१०, अगस्तमा २४०, सेप्टेम्बरमा ३३० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए ।

आर्थिक बर्ष २०२२ मा यसरी अमेरिका प्रवेश गर्ने नेपालीहरुको संख्या १४९० थियो भने २०२१ मा ४२० जना नेपालीहरुमात्र विनाभिसा अमेरिका प्रवेश गरेका थिए । बाइडेन प्रशासनमा ७ हजार २ सय १० नेपालीहरु विनाभिसा प्रवेश गरेका छन् ।

जबकी ट्रम्प प्रशासनको ४ बर्षमा १८५० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए । अर्थात् आर्थिक बर्ष २०१७ मा ६५०, २०१८ मा ७२०, २०१९ मा ३४० र २०२० मा १४० जना नेपालीहरु मेक्सिकोबाट विनाभिसा अमेरिका प्रवेश गरेका थिए ।

त्यस अगाडि २०१४ मा ४६०, २०१५ मा ४१०, २०१६ मा ५५० जना नेपालीहरु मेक्सिकोबाट विनाभिसा अमेरिका प्रवेश गरेका थिए । उनीहरु दलाललाई हजारौं डलर तिरेर विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा सिमा सुरक्षा गस्तीको जम्काभेटमा परेका हुन् ।

तीमध्ये कतिपय तत्काल अमेरिकामा रिहा भएका थिए भने कतिपयलाई अध्यागमन हिराशतमा राखिएको थियो । त्यसमध्ये केही अमेरिकाबाट देशनिकालामा समेत परेका छन् । केही दिन अघि मात्रै पनि दलाल मार्फत अमेरिका हिँडेका १ सय ७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका थिए ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top