युक्रेनी शहर रुसको कब्जामा, युक्रेनको अन्न भण्डार नजिक रुस

२३ भदौ ,एजेन्सी ।

३ वर्षदेखि जारी रुस युक्रेन युद्ध अन्त्य गर्नका लागि लामो समयदेखि पहल भइरहेको छ । तर पटक पटकका युद्ध विरामका प्रयास समेत सफल हुन् नसकेको अवस्थामा पछिल्लो समय छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको रुस र युक्रेनको भ्रमणपछि अमेरिका युरोपसहित यस युद्धमा जोडिएका युक्रेन र रुसले समेत भारतले नै युद्ध अन्त्य गर्न सक्ने बताएका छन् ।

पछिल्लो समय इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले रुस र युक्रेनबीचको द्वन्द्व समाधान गर्न भारतले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएकी छन् । मेलोनीका टिप्पणीहरू शनिबार सर्नोबियामा एम्ब्रोसिटी फोरममा एक सम्बोधनका क्रममा आएका हुन् । यसअघि उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गरेकी थिइन ।

मेलोनीका भारतीय प्रधानमन्त्री मोदीसँग समेत निकट सम्बन्ध रहेको मान्निछ । उनीहरु अन्तराष्ट्रिय फोरमहरुमा भेट हुँदा खुला रुपमा गफिने गरेका छन् । जेलेन्स्की पनि सोही फोरममा उपस्थित थिए। मेलोनीले भनेकी छन्, ’मलाई लाग्छ कि चीन र भारत जस्ता देशहरूले युक्रेनको द्वन्द्व समाधान गर्न भूमिका खेल्न सक्छन् र गर्नुपर्छ।’

उनले थप भनेकी छन् ’एउटा कुरा जुन कहिल्यै गर्न सकिँदैन त्यो हो कि युक्रेन छोड्दैमा द्वन्द्व समाधान हुन्छ।’ मेलोनीको टिप्पणी यसकारण महत्त्वपूर्ण छ कि इटालीले रूस विरुद्धको युद्धमा युक्रेनलाई कडा समर्थन गरेको छ। यसले किभलाई रुसी सेनासँग लड्नका लागि हतियार उपलब्ध गराएको छ । यद्यपि, त्यहाँ एक शर्त छ कि यी हतियारहरू युक्रेनी भूमिमा मात्र प्रयोग गरिनेछ।

मेलोनीको यो टिप्पणी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको टिप्पणी पछि आएको हो । जसमा पुटिनले युक्रेनमा सम्भावित शान्ति वार्तामा भारत, चीन र ब्राजिलले मध्यस्थकर्ताको भूमिका खेल्न सक्ने सुझाव दिएका थिए। रुसको सरकारी समाचार एजेन्सी टासका अनुसार पुटिनले युक्रेन युद्धमा भनेका थिए, ’हामी हाम्रा साथी र साझेदारहरूलाई सम्मान गर्छौं जसले इमानदारीपूर्वक यो द्वन्द्व समाधान गर्न खोजिरहेका छन्।

विशेष गरी चीन, ब्राजिल र भारत। यस विषयमा हामी हाम्रा साथीहरूसँग निरन्तर सम्पर्कमा छौं। पुटिनले युद्धको प्रारम्भिक हप्ताहरूमा इस्तानबुलमा वार्ताका क्रममा रूसी र युक्रेनी वार्ताकारहरू बीच भएको प्रारम्भिक सम्झौतालाई पनि उल्लेख गरेका छन् । यो सम्झौता कहिल्यै कार्यान्वयन भएन । उनले यो प्रस्तावले आगामी दिनमा हुने छलफलको आधार बन्न सक्ने समेत बताएका छन् ।

भारतको स्वार्थका कारण नयाँ दिल्लीले रुस–युक्रेन युद्धमा औपचारिक तटस्थता कायम राखेको छ। युक्रेनमा रुसको आक्रमणको निन्दा गर्ने राष्ट्रसंघीय सुरक्षा परिषद्, महासभा र मानवअधिकार परिषद्को प्रमुख मतमा भारत अनुपस्थित रहदै आएको छ । नयाँ दिल्लीले मस्को र पुटिनको खुलेर आलोचना गर्नबाट पनि बच्दै आएको छ। गत महिना मात्रै मोदीले रुस र युक्रेनको भ्रमण गरी दुवै देशका राष्ट्र प्रमुखसँग भेट गरेका थिए ।

यता युद्ध अन्त्यको बहस भइरहेका बेला रुस भने आक्रमक रुपमा प्रस्तुत भएको छ । रुसी सेनाले आइतबार पूर्वी युक्रेनको एक नगर कब्जामा लिएको जनाएको छ । रुसी सेना रणनीतिक सहर पोक्रोभ्स्कलाई आफ्नो नियन्त्रणमा लिन अघि बढिरहेको छ । सेनाले पोक्रोभ्स्क सहरबाट करिब २० किलोमिटर टाढा रहेको डोनेट्स्क क्षेत्रमा पर्ने ‘नोवोरोडिभ्का क्षेत्रलाई ‘मुक्त गराएको’ रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०२२ को फेब्रुअरीमा रुसी आक्रमण सुरु हुनुअघि यस नगरका १४ हजारभन्दा बढी बासिन्दा रहेको सरकारी तथ्याङ्कले देखाएको छ । रुसी सैनिकहरू अब रसदका लागि महत्त्वपूर्ण मानिने पोक्रोभ्स्कको नजिकै अघि बढिरहेका छन् । अगष्ट ६ मा कुस्र्क क्षेत्रमा युक्रेनले अचानक सीमापार आक्रमण गरे तापनि मस्कोले डोनेट्स्कमा निरन्तर आफ्नो पकड जमाइराखेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० महिना लामो युद्धपछि आफ्नो मुख्य उद्देश्य डोनेट्स्कसहित पूर्वी डोनबास क्षेत्र कब्जा गर्नु रहेको बताएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top