प्रधानमन्त्री ओली : काम अरूको, जस आफ्नो !

२३ भदौ ८१, सोमबार

२४ भदौ, विराटनगर । 

प्रधानमन्त्री पदमा आसीन रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अरूको कामको जस लिन खप्पिस देखिन्छन् । अरूले अगाडि नै गरिसकेका कामलाई आफ्नो कार्यकालमा सम्भव भएकोजस्तो गर्छन्, ओली । पछिल्लो एउटा घटनाले यसको पुष्टि गर्छ ।

आइतबार बेलुका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत् घोषणा गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तस्बिर राखेर ओलीले सरकारी कार्यालयका कर्मचारीका लागि खाजाको समय कटौती गरिएको घोषणा गरे । उनले एक घण्टाको समयलाइ कटौती गरेर आधा घण्टामा सीमित बनाइएको भन्दै खाजाको समय दिउँसो १ः३० देखि २ बजेसम्म तोकिएको घोषणा गरेका थिए ।

Advertisement

सरकारी कार्यालयमा खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको भन्दै समय घटाइएको बताएका हुन् । सेवाग्राही सुविधाका लागि सरकारी कर्मचारीको खाजाको समय आफूले आधा घण्टा कटौती गरेको उनको दाबी छ । कर्मचारीले खाजाका लागि आधा घण्टाभन्दा बढी सेवा अवरूद्ध पारे हेल्लो सरकारमा गुनासो गर्न सर्वसाधारणसँग अनुरोधसमेत गरेका छन् ।

उनले लेखका छन्, ‘सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन । अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १.३० देखि २ बजेसम्म कायम गरिएको छ । कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ ।’

ओलीको पोस्टमा थुप्रै प्रयोगकर्ताको मिश्रित प्रतिक्रिया आयो । केहीले ओलीलाई राजनेताको प्रभावकारी कदम भन्दै प्रशंसासम्म गरे । धेरैलाई लाग्यो, ओलीले उनको कार्यकालमा गरेको तारिफयोग्य काम हो, यो । तर, होइन । सस्तो लोकप्रियताका लागि चिनिएका प्रधानमन्त्री ओलीले खाजाको समय कटौती गरिएको घोषणामात्र गरेका हुन् ।

यो निर्णय साता महिनाअघि नै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदले खाजाको समय आधा घण्टा तोकिसकेको थियो । मन्त्रिपरिषदको निर्णयका आधारमा २०८० माघ २९ गते नेपाल राजपत्र भाग ५ मा प्रकाशित २०८१ सालको चाडपर्व तथा बिदासम्बन्धी सूचनामा सरकारी कार्यालयका कर्मचारीको खाजा समय दिउँसो १ः३० देखि २ बजेसम्म निर्धारण गरिएको छ ।

त्यसबाहेक खाजा खाने समयबारे सेवाग्राहीले सूसुचित हुनेगरी हरेक कार्यालयको सूचना पार्टीमा टाँस गर्नुपर्ने र खाजा समयबाहेकको अन्य समयमा सेवा प्रवाह र कार्यालयको काम नरोक्ने व्यवस्थासँग सम्बन्धित कार्यालय प्रमुखले मिलाउनुपर्ने विषय उल्लेख गरिएको छ ।

निर्णय भएर राजपत्रमा प्रकाशित भएको सात महिनासम्म पनि सरकारी कार्यालयका कर्मचारीले जबरजस्ती एक घण्टा खाजा समयमा बिताउने गरेका थिए । यस्तो हुँदा यातायात व्यवस्था कार्यालय, मालपोत कार्यालय, राजश्व कार्यालय, अध्यागमन विभाग, अस्पताललगायतका सर्वसाधारणको अधिक भिड हुने कार्यालयका सेवाग्राहीलाई समस्या हुँदै आएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top