×

NEPAL TIMES UPDATES

Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026
Playing
६ अध्यादेशमा सहकारी अध्यादेश जारी, ५ वटा होल्ड,रोके सरकारसँग टकराव || Nepal Times
Apr 30, 2026
Playing
सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु || Nepal Times
Apr 30, 2026

कैद सजाय रकममा परिणत गरेका कांग्रेस सांसद हेलिकप्टर चार्डर गरी काठमाडौं उडे

२४ भाद्र २०८१

२४ भदौ, दाङ । 

धन हुनेलाई चैन भनेको यहीँ हो । धन नहुनेहरू क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी भएको कारागारमा बसेर मृत्यु वरण गर्न बाध्य छन् । कोही भने कैद सजाय रकममा परिणत गरी हेलिकप्टर चार्डर गरेर संघीय राजधानी काठमाडौं उड्छन् ।

Advertisement
Advertisement

मोटरसाइकल चोरी आरोपमा पक्राउ परेर एक लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा पुर्पक्षका लागि कारागार चलान भएका एक कैदीबन्दीको मृत्यु भएको घटना ताजै छ । मोरङ कारागारमा रहेर कैदभुक्तान गरिरहेका ३४ वर्षीय मनीकुमार तामाङको आइतबार (हिजो) विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

तामाङविरुद्ध चोरी कसुरमा दुईवटा मुद्दा चलेका थिए । एउटा मुद्दामा मोरङ अदालतले चार महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो भने अर्को मुद्दामा १ लाख रुपैयाँ धरौटी माग गरेको थियो । तर, धरौटीबापतको रकम बुझाउन नसकेपछि पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको थियो ।

तीन सय क्षमताको कारागारमा एक हजारभन्दा बढी कैदीबन्दीसामु च्यापिएर बस्नुपर्दा बिरामी भएका तामाङको उपचारको क्रममा मृत्यु भएको थियो ।

यता, कीर्ते मुद्दामा दोषी ठहर भई एक वर्ष कैद सजाय तोकिएका लुम्बिनी प्रदेशका नेपाली कांग्रेसका सांसद धनबहादुर केसी (डिबी) कैद सजाय रकममा परिणत गरी एक दिनमै छुटे । एक दिनको कैद भुक्तान पनि उनले कारगारभित्र होइन, जेलरको कार्यालयमा रहेको कोठामा बिताएका थिए ।

तर, भोलिपल्टै रुकुम पूर्वी जिल्ला अदालतका न्यायाधीश लोकबहादुर हमालको इजलासले सांसद केसीलाई एक लाख ९ हजार दुई सय रुपैयाँ बुझाएर सजाय भुक्तान गर्न मिल्ने सुविधासहितको आदेश दिएका थिए । अदालतले तोकेको रकम बुझाएपछि एक दिनमै छुटेका सांसद केसी हेलिकोप्टर चार्टर गरी काठमाडौं उडेका छन् ।

केसीविरूद्ध २०४८ साल असार ९ गते कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । श्रीमतीसँगको अंश मुद्दामा तत्कालीन समय केसीले र्कीर्ते गरेको अभियोग प्रमाणित भएपछि अदालतले दोषी फैसला गरेको थियो । त्यसयता उनी फरारको सूचीमा रहँदै आएका थिए ।

२०७५ साल वैशाख ३१ गते रूकुम पश्चिम जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वलाई सजाय भुक्तान गर्न बाँकी व्यक्तिहरूको विवरण पठाएपछि केसीको कुरा सार्वजनिक भएको थियो । त्यस्तो लगत हरेक वर्ष साउनमा अदालतले आवश्यक कारबाहीका लागि प्रहरीलाई पठाउने गर्छ । २०७५ सालयता हरेक वर्ष साउन महिनामा जिल्ला प्रहरी कार्यालयको नाममा अदालतबाट केसीबारे लगत पठाउँदै आइएको थियो ।

Advertisement

राजनीतिमा आउनुभन्दा पहिले सांसद केसी म्यानपावर व्यवसायी थिए । उनी गएको चुनावमा रुकुम पूर्व जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ (२) बाट निर्वाचित भएका थिए ।

भर्खरको समाचार

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सम्बन्धित खबरहरु

Scroll to Top