कांग्रेसका उपसभापति पनि सहकारी ठग ? सीआईबीमा जाहेरी

२४ भदौ , काठमाण्डौ ।

सहकारीको वचत अपचलन र ठगी गरेको आरोपसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि गम्भिर प्रश्न उठाउँदै आएको नेपाली कांग्रेसका उपसभापति नै सहकारी ठगी प्रकरणमा जोडिएका छन् ।

नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानून मन्त्री धनराज गुरुङविरुद्ध नै सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै सीआइबीमा उजुरी परेको छ । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र उनका पति धनराजले संस्थाको बचत रकम अपचलन गरेको आरोपमा सोही सहकारीका अध्यक्ष कुम्भराज गुरुङले जाहेरी दर्ता गराएका हुन् ।

ज्योति गुरुङ हाल फरार रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । धनराज गुरुङनिकट स्रोतका अनुसार सहकारी ठगीमा परेपछि सहमतिमै दुवै जनाले सम्बन्ध विच्छेदको कागज बनाएका छन् ।

ज्योति गुरुङ हाल नेपालमै नरहेको स्रोतले जनाएको छ । स्याङ्जा जिल्ला अर्जुन चौपारी लामिडाँडा घर भएका कांग्रेस नेता गुरुङ र पत्नी ज्योतिमाथि करिब १५ करोड रुपैयाँ आर्थिक ठगी गरेको आरोपमा अनुसन्धानको माग गरिएको छ ।

सहकारी ठगी छानबिनका लागि गठित सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिमा समेत यो उजुरी परेको छ । सहकारी अपचनमा कांग्रेस उपसभापति जोडिएपछि रास्वपाले यो विषयमा आज संसदमा गम्भिर रुपमा उठाएको छ ।

रास्वपाले गुरुङको सहकारी ठगी र नक्कली डिभोर्सबारे छानविन गर्न माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गणेश पराजुलीले अब उपसभापति गुरुङमाथि छानबिन हुन्छ कि हुँदैन ? भन्दै कांग्रेस सांसदहरूलाई प्रश्न गरे ।

उनले भने, ‘सहकारीको रकम अपचलनको विषयमा छानबिनको माग गर्न संसदीय समिति बनाउनुपर्छ भनेर नाराबाजी गर्ने एक माननीयविरुद्ध प्रहरीमा उजुरी परेको छ । उजुरी त अन्तिम सत्य होइन उजुरी नै नपर्दा प्रमाण नै नहुँदा रास्वपाका सभापतिलाई सदनमा के–के सम्म गरियो संसारले देखेको छ । तर, मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको १५ करोड हिनामिना गरेकोमा धनराज गुरुङ र ज्योति गुरुङविरुद्ध ठगीको उजुरी दर्ता गराउनुभएको छ ।’

सहकारी ठगीलाई लुकाउनको लागि नक्कली सम्बन्ध विच्छेद गरेको कुरालाई पनि छानबिन गर्न उनले माग गरे । उनले अब पार्टी उपसभापतिको विषयमा दोहोरो मापदण्ड बनाउने हो ? भन्दै कांग्रेसलाई प्रश्न गरे ।

सांसद पराजुलीले एपीवान टीभी चलाउन पनि जीवी राईले लगानी गरेको कुरा आएको बताए । उनले भने, ‘त्यो लगानी सहकारीबाट लगिएको थियो कि थिएन भनेर छानबिन गर्ने कि नगर्ने ? सरकार बनाउन भूमिका खेल्ने त्यो टीभीका मालिकलाई सरकारले छानबिन गर्ने हिम्मत राख्छ कि राख्दैन ? गृहमन्त्रीको जवाफ चाहन्छु ।’

ब्रिटिस गोर्खा सैनिकबाट अवकाश पाएका ८२ वर्षीय कुम्भराज गुरुङले भने गत साता सहकारी वचत अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिमा गएर बयान दिएका थिए ।

मितेरी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गुरुङले आफ्नो संस्थाको करिब १५ करोड रकम धनराज गुरुङ र ज्योति गुरुङमार्फत ज्योति भण्डारीले ठगी गरेको बताएका छन् ।

कांग्रेस उपसभापति तथा पूर्वमन्त्री धनराज र उनकी पत्नी ज्योति अहिले कानूनीरूपमा सम्बन्ध बिच्छेद गरेको अवस्था देखिए पनि सम्बन्ध बिच्छेदको २ वर्षपछि ज्योतिको नाममा ऋणसमेत धनराजले सहकारीमा पुगेर तिरेको देखिएको छ ।

मितेरी सेभिङ एण्ड क्रेडि को अपरेटिभ महालक्ष्मी स्थान ललितपुरमा कार्यालय रहेको संस्था हो । यो सहकारीको हाल अध्यक्ष कुम्भराज गुरुङ , बोध विक्रम थापा सचिव, हरिबहादुर रोक्का मगर, मन गुरुङ लगायत सञ्चालक रहेको देखिएको छ ।

बागमती प्रदेश सहकारी विभागका सूचना अधिकारी लीलानाथ मिश्रका अनुसार यसले बागमती प्रदेश सहकारी विभागमा २०७७÷७८ को लेखा परीक्षण विवरण बुझाएको छ । त्यसयता कुनै पनि विवरण बुझाएको छैन ।

पछिल्लो विवरण अनुसार यसले वार्षिक २५ करोडको कारोबार गरेको देखिन्छ । यसको बचत १९ करोड छ । बर्सेनि वार्षिक साधारण सभा नगरेका अर्थात् वार्षिक लेखा परीक्षण विवरण नबुझाएका अधिकांश सहकारी समस्यामा छन् ।

मितेरीले पनि विगत दुई आर्थिक वर्षको लेखा परीक्षण विवरण बुझाएको छैन । यो संस्थाको २०७० सालसम्मको विवरणमा ज्योति गुरुङ कोषाध्यक्ष तथा वरिष्ठ लेखा अधिकृत रहेको देखिन्छ । ज्योति गुरुङ धनराजकी पत्नी हुन् ।

उनले निकालेको करिब १५ करोड रुपैयाँमा धनराज व्यक्तिगत जमानी बसेको पाइएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top