पोखरामा रविलाई कालो झन्डा, सडकमा उत्रिए सहकारीका पीडित बचतकर्ता

२४ भदौ ८१, मंगलबार

२५ भदौ, पोखरा ।

Advertisement

पोखरा सहकारीका पीडित बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कालो झन्डा देखाएका छन् ।

रास्वपा गण्डकी प्रदेश विस्तारित बैठकमा सहभागी हुन मंगलबार पोखरा आएका पूर्वगृहमन्त्री लामिछानेलाई सहकारी बचतकर्ताले कालो झन्डासहित नाराबाजी गरेका हुन् ।

Advertisement

लामिछाने पोखरा आउने तयारी भएपछि नै सहकारी पीडित आन्दोलनमा उत्रिएका थिए । उनी पुगेलगत्तै पोखराको सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ताहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले सहकारी ठगी गरेको भन्दै लामिछानेविरुद्ध नाराबाजी गरिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top